Monday, March 3, 2014
Sunday, January 26, 2014
उचाई
एउटा उचाई- 'अग्लो'
अर्को उचाई- 'होचो'
यहाँ,
उचाईपिच्छे किन?
फरक छ 'जिन्दगी'
कैलेकाई,
आँखाको सगरमाथाबाट
'देश नियाल'
अनि, सबै मान्छे
न उचाई देख्छौँ
न 'जिन्दगी'
अर्को उचाई- 'होचो'
यहाँ,
उचाईपिच्छे किन?
फरक छ 'जिन्दगी'
कैलेकाई,
आँखाको सगरमाथाबाट
'देश नियाल'
अनि, सबै मान्छे
न उचाई देख्छौँ
न 'जिन्दगी'
Wednesday, January 8, 2014
केवल
रित्तिन
बाँकी छु
रुदैभन्दै छ— 'मन'
जिन्दगीबाट
चुहिइसके
धेरै कुरा
केवल ऊनकै
लागि
टालेर
बाच्दैछु
समय अनि एक
मुठ्ठि
साँस
जेनतेन
कुद्दाउँदैछु— थोत्रो जिन्दगी
ऊ भन्छे—
के थ्यो
तिमीसँग
र, रित्तिनु
दुनियाँ
भन्छ—
के गरेथिस्
तैले
र, रित्तिनु
मन भन्छ—
आफैलाई भुलेर
उमारेथे
माया
केवल उसकै लागि
बिर्सेर सबथोक—
नियाल्दै
थिए— 'बोझिलो दुनियाँ'
उचाल्दै थिए— 'बोझीलो प्रेम'
बेगम के था ?
उसलाई र
दुनियाँलाई
अनेक कष्ट र
दु:खहरू
मैले
बुझाउनुछ
दुनियालाई एकपटक
जोत्नु छ
समय
र, मलजल गर्नुछ जिन्दगी
फेरि
आफुभित्र उमार्नुछ— त्यस्तै माया
र, देखाउनुछ— त्यस्तै प्रेम
एकपटक
भुल्नुछ— 'बोझिलो दुनियाँ'
र, उचाल्नुछ— 'उसकै बोझिलो प्रेम'
अनि, चिच्याउदै भन्नुछ-
रित्तिएथ्यो उनकै प्रेममा सबथोक
Tuesday, December 31, 2013
२०१४
मान्छेका 'मन'
साना आकाश हुन
'रहर' बतास
खुल्ला आकाश मुनि
अटाउन नसकेका कैयन
- सपनाहरू
- खुशीहरू
छन भने
२०१४ मा सँगैसँगै
आऊ उडाउ
यहि मनबाट टाढा टाढासम्म…!
साना आकाश हुन
'रहर' बतास
खुल्ला आकाश मुनि
अटाउन नसकेका कैयन
- सपनाहरू
- खुशीहरू
छन भने
२०१४ मा सँगैसँगै
आऊ उडाउ
यहि मनबाट टाढा टाढासम्म…!
Thursday, December 26, 2013
अशीर्षक
मान्छेहरूको चाप सुक्दै गएका बाटाहरू
जति उदास देखिन्थे ?
त्यो भन्दा बढी- 'ऊ'
किनकी
ऊ कसैको मनको बाटो
हिड्न सकेन ।
जति उदास देखिन्थे ?
त्यो भन्दा बढी- 'ऊ'
किनकी
ऊ कसैको मनको बाटो
हिड्न सकेन ।
Thursday, December 12, 2013
--अशीर्षक--
'मन'
नमिलेपछि-नमानेपछि..!
- क्षण धमिलिदै जान्छ
- धुनहरू नमिठा लाग्छन्
- डाँडाहरू एकोहोरिए घुर्न थाल्छ
- चराहरू गिज्याउन थाल्छन्
- झर्नाहरूले सुसेल्न छाड्छ
- वतास उघ्न थाल्छ
- घाम सन्किदै, फन्फनिएर डाँडामुनि लुक्छ
अनि, पस्छन् कोठाभित्र
हुलका हुल काला स-साना धब्बाहरू
पटक-पटक
अँध्यारो (अन्धकार)मा आतिन्छ मान्छे…
र, बिर्सिन्छ बाच्दै गरेको दुनियाँ ‼
नमिलेपछि-नमानेपछि..!
- क्षण धमिलिदै जान्छ
- धुनहरू नमिठा लाग्छन्
- डाँडाहरू एकोहोरिए घुर्न थाल्छ
- चराहरू गिज्याउन थाल्छन्
- झर्नाहरूले सुसेल्न छाड्छ
- वतास उघ्न थाल्छ
- घाम सन्किदै, फन्फनिएर डाँडामुनि लुक्छ
अनि, पस्छन् कोठाभित्र
हुलका हुल काला स-साना धब्बाहरू
पटक-पटक
अँध्यारो (अन्धकार)मा आतिन्छ मान्छे…
र, बिर्सिन्छ बाच्दै गरेको दुनियाँ ‼
Monday, December 2, 2013
---अ-शीर्षक---
फुरफुर,
मन्द-मुस्कानमा
बेमतलवी दौडिएका सिरौटे हावाहरू
माथि, कतै !
रिसाएर धुम्म परेकी
बेली बादलहरू
छटपटाउदै
खस्न तम्तयार रहेका
स-साना संकुल थोपाहरू
सपना झै लाग्छ- 'दुनियाँको दैलो उघारी हेर्दा'
कतै एकान्ततिर
केहिबेर घोत्लिएर, एक्लै तपतपाउदाँ
अदृश्य दुर्दम ओठहरू
चुम्दै, कायल बनाउछन्
प्रत्येक अंगहरू
प्रकृतिका सैयौँ अवयवहरूसँग
घण्टौ घुलिदै भुलिन्छन्
बाच्दै गरेको क्षणिक जिन्दगी
विस्तीर्ण सन्तुष्टी पोख्खिएर
खहरे बग्छ आँखाका चेपबाट
र, छिनमै उमार्छ छुट्टै दुनिया
भुक्तस्से (दु:खका) जिन्दगी
जिउनेहरूका लागि
सस्तो सरस आत्मीयता
यो भन्दा बढी; के ?
कहाँ मिल्न सक्छ ?
सम्भवत: छैन उनीसँग पनि
ती विसासय आलिंगनका स्पर्शहरूमा…!
Subscribe to:
Posts (Atom)
.jpg)
