Tuesday, July 16, 2013

आउ मिलेर फोडिदिउ पृथ्वी

मृत्युको नजिक निसास्सिएका एकाध मकै हाँडिबाट उछिट्टिएर संसार नियाल्न आइपुग्छ ।
- अर्कै दुनिया
- भुलेर पीडा
- मृत्युको स्वाद
- अनि, क्रान्ति गर्छ । डडेर मरेका निम्ति ।
- सिकाउछ मृत्युको पाठ
- बिकाउछ बोलि
कति दिनसम्म पृथ्वीको हाँडिभित्र भुटिएर बस्न सक्लान् मान्छे ? हाँडिबाट उछिट्टिएर आएका मकै जस्ताले हाकेको दुनियाँमा जीन्दगी सुकाएर । थाहा छ सबैलाई ।
अब, उछिट्टिन चाहँदैन ती मान्छे ।
- फोडेर भ्रम ।
- फोडेर भैभव ।
- फोडेर अन्याय ।
- फोडेर हरथोक अनि पृथ्वी ।
ऊ चाहदैन नयाँ घाम र नयाँ प्रकाश । नयाँ दनियाँ । नयाँ देश । नयाँ शहर । नयाँ गाउ र बस्ती ।   
फेर्न चाहदैन अरूको हैसियत र सान;
- भुलिसक्यो उसले आफ्नो औकात
- भुलिसक्यो उसले आफ्नो धर्म
- भुलिसक्यो उसले आफ्नो कर्म
- भलिसक्यो उसले सबथोक र बनाउँछ उसको छुट्टै रंगिन दुनिया र रंगिन जीन्दगी ।
- अनि गर्छ ठुला कुरा ।
- पुर्न पृथ्वी ।
- पुर्न तिमी र म जस्ता ।
आऊ नपर्खौँ - 'तीनले देखेका त्यो दिन'
आऊ नकुरौँ - 'अब तीनले सजाउने दिन'
आऊ नदेखौँ  - 'तीनले बुनेका सपना'
एकदिन;
तिमी र म मिल्नै पर्छ
मेरा लागि र तिम्रा लागि
आउ मिलेर
बन्द गरिदिउ ढकनी
उछिट्टिन नपाउन् ठेट्ना
आउ मिलेर फोडिदिउ
अनि 'यो पृथ्वी'
@ सन्तोष पौडेल - सन्तु

Sunday, July 14, 2013

कस्ती बेरूप भइछे धर्ती?

बर्षोँपछि
बादलको घुम्टो उघारी
आकाशले धर्तिको मुहार हेर्यो-
'कस्ती बेरूप भइछे ?'   

आत्तिदै आकाशले सोध्यो-
कसले बलत्कारी महिला जस्तै बनायो तिमीलाइ?

रुदै धर्ति बोलि-
दिनहुँ
डाँडा छिचल्दै
लुछ्न आउछ घाम
घाम लुकेपछि
सिनो टिप्ने शहर
पुछ्न आउछ अनेक बहानामा बगेका आँशु
र, लुट्छ उल्टै 
बँचेका पालुवा पवनहरू  

जगतको एक्लो अर्धाङ्गिनीले
सजाउन कति दिनसम्म सक्छे आफुलाइ?
बादल जुधेर झरेका आँशुका थोपामा

बरू लुछुन यी उजाडिएका छातिहरू
मिलेर,
'सिनो टिप्ने शहर र घाम'
@ सन्तोष पौडेल - सन्तु

Friday, July 12, 2013

हाइकु

शीतका थोपा
नदेखी यो दुनियाँ
सुकेरै मरे
@ सन्तोष पौडेल - सन्तु

Wednesday, July 10, 2013

बिचल्ली शहर

सिरौटे हावाले
हैसियत उठायो मझेरीबाट
र, लेराइ छाड्दियो
'बीच शहरमा'
...............................................................................................................................................................
देख्दैछु
बुद्ध र आनी
वन्न सक्ने नानीहरू
टुहुरा भइ
गल्लितिर भौतारिएका
...............................................................................................................................................................
वागमतिसँगै
रहर बगे तराइतिर
शहर कहिल्यै नफर्किने गरि
...............................................................................................................................................................
उद्देश्य छुन
उड्नु अघि
बारिका कान्ला नाघ्दै
अक्षरका कक्षा छाडि
कुद्देका क्षण र ल्याकत सम्झिदैछु
...............................................................................................................................................................
आफै;
आर्जित ल्याकतको महत्व
हैसियत बिर्सिनेलाइ के'था ?
टुप्पो चुम्नेले  
कहिल्य
छाड्दैन धरातल 
@ सन्तोष पौडेल - सन्तु

Tuesday, July 9, 2013

अदुरदृष्टि उचाइ

एउटा उचाइ बोल्छ-
अग्लिएको छु
अर्को उचाइ बोल्छ-
होच्चिएको छु
यहाँ
उचाइपिच्छे फरक छ जिन्दगी
र, पनि
सगरमाथा र धरहराको टुप्पोबाट
देश-दुनियाँ नियाल्नेहरू
हरेकमा
स-साना उचाइ देख्छन्
ठुला दुर्गम पहाड देख्दैनन्
@ सन्तोष पौडेल - सन्तु

Monday, July 8, 2013

कालो दिन

आत्तिन्छन्
यहाँ
पाइला पिच्छे
शहरका प्रत्येक
गल्लि र चोकहरू
किनकि; 
यहाँ रात जस्तै कालो छ दिन  
@ सन्तोष पौडेल - सन्तु

Saturday, July 6, 2013

भु-लोक काँप्दै छ

भन्थे-
उबेला
भु-लोक काँप्दै छ, थररररर--
हृदय नभएका दानव उफ्रेर !
अचेल
भु-लोक काँप्दै छ, थररररर--
हात-खुट्टा भएका मानव उफ्रेर !
भन्थे-
उबेला
भु-लोक काँप्दै छ
थररररर, थररररर--
@ सन्तोष पौडेल - सन्तु