Thursday, May 24, 2012

संविधान

नेपालीहरुमा खुशिको सिमा थिएन । जताततै हर्सोल्लासको नारावाजी र उत्साह थियो । कोही 'भट्टराई' जिन्दावाद भन्थे, कोही 'मने' जिन्दावाद त कोहि 'काले', 'गोरे', 'शेर' जिन्दावाद !! शहरको चोक, चोक, गल्ली, गल्ली जताततै मानिसहरुको हुल थियो । हुलहरुमा उपस्थित सम्पुर्णले एक आपसमा खुशि साटासाट गर्दै थिए । भावनात्मक सम्बन्धलाइ अझ प्रगाढ बनाउँन एक आपसमा चुम्बन गर्दै, हाम्रो कुनै 'जात' छैन, विमती र झगडाको 'गुट' छैन । हामी नेपाल राष्ट्र आमाको पुत्र-पुत्री 'नेपाली' हौँ । संसारले चिन्ने वीर 'नेपाली' हौँ । हामी सबै 'नेपाली' हौँ । हाम्रो स्वतन्त्र सिंगो अखण्ड राष्ट्र 'नेपाल' हो- भन्दै ठुला ठुला आवाज घन्किरहेको थियो ।  

कोही भन्दै थिए-"हामी 'जात' लाई हतियार बनाई 'रक्तपात'" गराउन चाहान्थ्यौँ । भाईचारा, बन्धुत्वमा फाट ल्याउँन चाहान्थ्यौँ । हाम्लाई एकता र समताबाट भाज्य गर्ने जातीय राज्य, जातीय संघियता चाहिन्न, हाम्लाई केवल एक सुत्रमा आवद्ध गराउने, नेपालीपन, नेपाली वहादुर, वीर गोर्खाली साथै सिंगो राष्ट्र 'नेपाल' र नेपालीहरुको भलो हुने, विकास हुने, समृद्धि र सम्पन्नतातिर लम्काउँने, आपसी सद्भाव र समन्वय हुने, विखण्डन  होइन सिंगो राष्ट्रलाई सम्बोधन गर्ने 'संविधान' चाहिएको थियो, जुन आज हाम्ले प्राप्त गर्यौ । झण्डै, झण्डै राष्ट्र अगुवाईहरुले यति सुन्दर राष्ट्र नेपाल र हामी नेपालीहरुलाई युगाण्डा र ईथियोपियाको आलो रगत चाट्ने रणभूमि बनाउँनै थालेका थिए तर व्यक्तिगत स्वार्थ, दलिय स्वार्थ र राजनीतिक स्वार्थ भन्दा माथि रहेर नेपाली भावनालाई समेट्ने जन "संविधान", जनताको संविधान बनाए । संवाभित मार, काटको बन्द गरे । नेपाली दाजुभाइदिदीवहिनीहरु ! यिनीहरु पनि त नेपाल राष्ट्रको सन्तान हुन् । अन्तिम घडिमै भए पनि अन्तत्वगोत्वा राष्ट्रप्रेम र देशभक्ति देखाए । नेपालीजनताप्रति झल्काएको प्रतिवद्धता पुरा गरे । इतिहासको पानामा ६०१ को नाम सझिनेछँ । राष्ट्रको लागि, नेपाली जनताकालागि यिन्ले तिर्नै नसक्ने गुण लगाए । भन साथिहरु ! "हाम्रो नेता, हाम्रो देश" प्राण भन्दा प्यारो छ । "नयाँ संविधान" जिन्दावाद !, "नयाँ संविधानलाई" स्वागत छ । "जय नेपाल" जिन्दावाद ! "जय नेपाली" जिन्दावाद ! 

हुनपनि नेपाली राजनीतिको लामो संक्रमण कालपछि नेपाली जनताले चाहे जस्तो, देशको विकासमा तीव्ररुप छाँउने खालको, नेपाली जनताले गर्वको साथ "सय थरि फुलका हामी एउटै माला नेपाली" व्यक्त गर्ने स्वतन्त्र आवास को त्यो अविष्मरणीय दिन, ऐतिहासिक दिन, इतिहासले भुल्न नसक्ने दिन २०६९ जेष्ठ १४ गते बेलुकी ८:३० मा समग्र नेपाली जनता (४ वर्ण, ३६ जात, १४ अञ्चल, ७५ जिल्ला, ५ विकास क्षेत्र, हिमाल, पहाड, तराई) लाइ समेट्ने "संविधान" बनेको थियो । त्यो हर्सोल्लासमय दिनको बारेमा म संग पनि व्यक्त गर्ने कुनै शब्द थिएन,  केवल अपार खुशिको समुन्द्र थियो । म डुब्दै त्यो समुन्द्रको गहिराइमा मेरो भविष्य, सम्पुर्ण नेपालीहरुको भविष्य, उनीहरुको आर्थिक उन्नतीको स्तर, एकआपसको सदभाव, प्रेम, विकास र सुन्दर देश "नेपाल" र "नेपाली" खोज्दै थिए । अचानक कसैको थप्पडमा विउझिँदा केवल त्यो त वानेश्वरको पिपलको रुखमा अढेस लाग्दा देखिएको सपना पो रै'छ । 

Sunday, May 13, 2012

नयाँ सुधारको आवश्यकता


अर्न्तराष्ट्रिय बिमान स्थल भित्रको पसाइ मेरो लागि पहिलो पल्ट थियो । यो भन्दा पहिल्यै म छिरेकै थिइन । भित्रि वातावरणको दृश्यावलोकन रोमाञ्चकपूर्ण तथा उत्साहपुर्ण होला भन्ने मेरो मनसपटलले आंकलन गरेको थियो तर दृश्यावलोकन अघि मैले सोचेको विमानस्थल र पछिको प्रत्यक्ष दृश्यावलोकनबाट प्रत्याभुत भएको विमानस्थल निकै फरक थियो । जब ती अव्यवस्थित अवस्थाका दृश्यहरु देखे मेरो मन धमिलो भयो । पोखरामा सामान पठाउनु पर्ने भएकाले नै अर्न्तराष्ट्रिय विमान स्थलको प्रत्यक्ष साक्षात्कार गर्ने मौका जुरेको थियो ।  

विशाल प्रवेश द्धार देख्दा साच्चै हामीमा यो स्तम्भ झै विशाल कला र कौशलको निपूण व्यक्तिहरु धेरै छन्, हामी कला र कौशलले धनी छौँ भन्ने भान जो कसैलाई हुन्छ । श्री ५ वीरेन्द्र स्वर्ण प्रवेश द्धार अंकित उक्त स्तम्भले केही पल मेरो पनि ध्यान तेतैतिर खिच्यो । दायाँ वायाँ नियाल्दै फेरि म गन्तव्य तिर लम्के । जाँदै गर्दा वाया पट्टी गल्फ खेल्न बनाइएको सुन्दर मैदान, सँगै जोडिएको बगैचा सहितको सानो घर देख्दा पश्चिमेली शहर झै लाग्यो तर बाटोको जीर्ण अवस्था, अलि परको स्थानमा सुकेका घाँसको चाङ्, फोहोरको डंगुर देख्दा कतै गल्ली पो छिरे जस्तो लाग्यो । शायद केहि महिना अगाडि त्यसरीनै चाङ् लागेका घाँसमा आगलागि भएको हुनुपर्छ, धन्न ठुलो कुनै क्षति तथा जोखिम मोल्नु परेन । त्यो भन्दा पनि बेजोडको रमिता त ट्यक्सी राखेको मैदानमा देखे जहाँ आगमन यात्रुलाई यो र त्यो ट्यक्सी भन्दै तानातान गर्दै थिए ।

एक मात्र अर्न्तराष्ट्रिय विमान स्थलको अवस्था त यस्तो छ भने बाहिर रहेको मार्ग, जीर्ण पुल, पुलेसा, पार्क र निर्माणाधिन आयोजनाहरु अव्यवस्थित हुनु स्वभाविक हो । यहि बाटो भएर प्रधानमन्त्री देखि सरकारी निकायका पदाधिकारीहरु यात्रा गर्छन् तर यस्को व्यवस्थापन तथा मर्मत तिर भने कसैको ध्यान केन्द्रीत नरहेको प्रष्टै हुनजान्छ । न त अनुगमन तथा निरीक्षण गर्ने संस्थाले नै यसतर्फ ध्यान केन्द्रीत गरेको छ । विमानस्थल जस्तो महत्वपूर्ण स्थानमा प्रणालीगत नियमन नहुनु, जिम्मेवारी तथा व्यवहारिक प्रयत्न नदेखिनु सम्बद्ध निकायको जटिल समस्या हो । तसर्थ थुप्रै आर्थिक संकलन तथा आवातजावत गर्ने स्थानको सुरक्षित व्यवस्था र मर्मत संभारका लागि विमानस्थलका पदाधिकारी तथा सम्बन्धीत निकायले धेरै सुधारात्मक कार्य गर्नुपर्ने देखिन्छ । 

Sunday, April 29, 2012

क्रान्ति एक, संघर्ष अनेक 'आमा'


साथिको Happy Birthday मा हात परेको माक्सीम गोर्खीको चर्चित पुस्तक 'आमा' पढेर सके । यस पुस्तकका बारेमा व्यक्तिगत समीक्षा भन्दा पनि पृष्ठमा उदृत भएका मजदुर क्रान्तिका वाक्यांश तथा टुक्का मन छुने थिए । मजदुर सर्वहारावर्गको ऐतिहासिक महत्व बोकेको पुस्तकले त्यस समयका रुसी मजदुरहरुको यथार्थता उजागर गरेको छ । त्यस समयका उपल्लो दर्जाका रुसी तानाशाही व्यक्तिहरुले मजदुरवर्गहरुलाई गर्ने शोषण, उत्पीडन र कठोर जीवनयापनलाई पुस्तकमा गोर्खीले कलात्मक ढंगले प्रस्तुत गरेका छन् ।
'पेलागेया निलोभ्ना' साधारण मजदुर नारी जो यस पुस्तकको मूख्य नायिका अर्थात 'आमा' । उपन्यासको शुरुमा निलोभ्नाको दैनिकी जीवन हजारौँ रुसी मजदुर नारीको भन्दा फरक थिएन । कारखानामा कठोर परिश्रम, बेलुका रक्सीवाज पतिको गालिगलौज र पिटाई हुन्थ्यो । यस्ता कृयाकलाप देखिरहेका उनको छोरा 'पाभेल' समयको कालान्तरपछि हजारौ मजदुरहरुलाई यस तानाशाही बन्दनबाट मुक्त गराउन क्रान्तिकारी बन्न पुग्छ, आमा पनि छोराको यस अभियानलाई सफल बनाउन साथ दिन तयार हुन्छिन् । यसरी पुस्तकमा गोर्खीले मानिसले कसरी बाँच्नुपर्छ? मान्छेका लागि स्वतन्त्रता चाहिन्छ? न्याय चाहिन्छ? परिश्रमको मोल, जीवन जीउनुको अर्थ जस्ता मानवीय नैतिक आचरणलाई प्रस्ट्याएका छन् । मजदुरहरुको क्रान्तिलाई दृढता र नैतिक स्वच्छतामा परिभाषित गरेका छन् । प्रत्येक पात्रहरुको व्यक्तित्व, जीवनी, उनीहरुले चालेको क्रान्तिको कदमहरुलाई बीसौँ शताब्दीको सजग रुसी मजदुर झै श्रेष्ठतम् गुणहरुले प्रतिबिम्बित गराएका छन् । रुसी मजदुर क्रान्तिलाई सफल बनाउँन मजदुरहरुको एकात्मक शक्तिका लागि गरिएका अनेक संघर्षलाई मुख्य नायिका 'आमा' र उनको छोरा 'पाभेल' को भुमिका संस्मरणिय रहेको छ ।  
पुस्तकमा उदृत भएका महत्वपुर्ण वाक्यांश/टुक्काहरु
(पुस्तकका विभिन्न पानामा उदृत भएका यी वाक्यांशहरु जम्मा गरि लेखिएको हो ।)
१. को सँग कुरा गर्दैछस् भन्ने सधैँ याद गर, तैले मान्छेहरुबाट सावधान हुन सिक्नुपर्छ । मानिसहरु एक दोस्राप्रति घृणा गर्छन् । उनीहरु लोभी हुन्छन्, एक दोस्राको डाह गर्छन्, जानीजानी अर्कालाई दु:ख दिन्छन् । यदि तँ उनीहरुलाई साँचो कुरा बताउँछस भने उनीहरुले तेरो घृणा गर्न थाल्नेछन्, तँलाई बिताउने छन् ।
२. ज्ञानले मान्छेलाई मुक्ति दिन सक्छ, ज्ञानले मान्छेलाई बल दिँदैन् । हाम्रो हृदयले हामीलाई बल दिन्छ, दिमागले होईन् ।
३. सबै कुराको लागि पैसाको जरुरत हुन्छ, जन्मन पैसा चाहिन्छ, मर्न पनि ।
४. किसान धनी भए 'बाबुसाहेब' बन्छ, धनी गरिब भयो भने 'किसान' बन्छ । मजदुरीले कसैलाई पनि जोगी बनाउँन सक्छ ।
५. मान्छेको दिमागमा दुम्सी हालिदिनुपर्छ ताकि दिनरात उस्को दिमाग कोट्याइरहोस् ।
६. मान्छेहरुलाई आफ्नो शक्तिमाथि विश्वास छैन भने ऊ कठिनाईहरु देखि तर्सन्छ ।
७. क्रान्तिकारी भइयो भन्दैमा कसैले बन्दुकसँग भिड्ने आँट गर्न सक्दैन, यो कुनै ठट्टा होईन....।
८. मान्छेको वेदनाबाट शिक्षा लिन सिक्नुपर्छ तब सच्चा क्रान्तिकारी होईन्छ ।
९. मान्छेहरुले तपाईको जुन मोल राखेका छन्, के तपाई त्यही मोल स्वीकार गर्नुहुन्छ । हामीले आफैले आफ्नो मोल राख्नुपर्छ । तपाईको मोल, तपाईको गुणको मोल हो ।
१०. सही लाडाई गलत शान्तिभन्दा बेस हुन्छ ।
११. युवा हृदयको लागि सच्चाई सधैँ बढी नजिक हुन्छ ।
१२. परिश्रमिले धन सञ्चय गर्छ, सु:खको सृजना गर्छ र त्यसको उपयोग गर्न समर्थ हुन्छ ।
(माक्सीम गोर्खी-'आमा')

Tuesday, April 3, 2012

ल है घुम्न जाम @ नमोबुद्ध



फोन भ्राइव्रेसनमा रै'छ । कम्पन्नले झस्कायो । जुरूक्क उठेर हेरे । साथि सुनिलको कल रै'छ । यति बिहानै के फोन गरेर निन्द्रा बिगारिदिएको होला ! रिसै उठेर आयो । मनमनै सरापे । वेकारमा बिहानै डिस्ट्रब गर्छ भन्या, कस्तो साथि बनाइछु । हिजो राति कुन केटिसँग च्याट गर्न पायो । लभ पर्यो भनेर गफ दिन होला । मनमनै गमे । निन्द्रा बिगारिदिएको रिसले फोनै काटिदिए ।

टेबुलको घडि ताने र हेरे । धेरै होइन, भर्खर आठ बज्या रैछ । फर्ुसदै फर्ुसद । शनिबार, बिदाको दिन । मिठो निन्द्रा छोडेर सालेको वाइयात सुन्छन् । बल्याङ्केट तानेर फेरि ओछ्यानमा ढल्दिए । फेरि कम्पन्नले झस्कायो । भुकम्प नै आयो कि क्या हो । डर लाग्यो । केहि महिना अगाडि बिहानै आथ्यो रे तर मैले थाहापाइन । बिहानैको ट्यूसन क्लास थियो । उठिसक्या पनि थिए तर पत्तै पाइन । म उल्लु हो कि भुकम्प । कम्से  कम थाहा त दिएर आउनु ! यस्को पनि भरै छैन । आउनु नै थियो भने सबैले थाहा पाउने गरि समय मिलाएर आउनु नि । कम्तिमा प्राकृतिक कम्पन्नको अनुभव त हुन्थ्यो । कति यै थोत्रो सेटको कम्पन अनुभव लिनु । सेट ताने र पर्दामा नियाले । त्यै सालेको रै'छ । हैन गतिलै भेट्टायो कि क्या हो । फोन उठाए ।
'शनिबार यार ! के छ त आज ।' ऊ बोल्यो ।

मलाई उस्को वाइयात कुरा सुन्नु थिएन । त्यै भर पारो तात्या झैँ झोक्किएर भन्दिए, के हुनु बिदा छ नी आज ।

'जोक नगर न यार, त्यो त मलाई पनि थाहा छ नि ! तर "आज गुड स्याटरडे प्लान" के छ पो भनेर सोधेको ।'

केहि छैन । बिहानिपखको कस्तो मिठो निन्द्रा थियो । त्यो पनि तैले बिगारदिस । अब के हुनु । कुरा टुङ्गनि नपाउँदै उ बोल्यो । 'गुड म्यान' केहि प्लान रैनछ, राम्रो भयो । त्यसो भए त तुरून्त गौशाला आ ।

हृया ! किन आउनु, केही काम छ । त्यसै यस्तो चिसोमा आउन्न । हुन्देस, तेरो फन्टुस फेसबुक गलप|mेड वाइयात दन्तेकथा सुन्न ।

'ल के भन्छ यो, के कुरा गर्या, मैले त केहि बुझिन नी । अस्ति नमोबुद्ध जान मन लागेको छ भन्या हैन तैले कलेजमा । जान्छस् भने तुरून्त आ । नत्र अलि बेरमा बस छुट्छ फेरि । "प्राज्ञिक विद्यार्थी परिषद्ले" पिकनिक आयोजना गर्या रैछ क्या ! त्यहि भर पो तँलाई बिहानै फोन गर्या, नत्र किन गर्नु । पिकनिक स्पट पनि उतै रैछ । मलाई पनि जान मन लाग्या तँलाई पनि । जाने भए आ । नजाने नै भए त केहि छैन, म चै कनर्फम जाने भए ।

ए नमोबुद्ध पो ! अघि नै भन्नर्ुपर्छ नी, ! ! पर्खि । म आइ हाले ।

लुगा लगाएर म पनि गौशालातिर हानिए । बस छुट्नै लाग्या रै'छ । सुनिल र म सँगै बस्यौँ । अरू साथिहरू पनि थुप्रै थिए तर चिनेको थिइन । सुनिलले भने केहिलाई चिनेको रैछ । उनिहरू बोल्न खोज्दै थिए तर ऊ बोलेन । केहि छिनपछि बस नमोबुद्ध तिर कुद्न थाल्यो । बस सानो, मान्छे धेरै । खुट्टा टेक्न ठाउँ थिएन । तैपनि मादलको धुनमा गित सुराल्न र नाच्ने प्रयत्न भने सबै गर्दै थिए । भिडभाड अनि रमाइलो के चाहियोस् । यात्रा सरेको पत्तै भएन । करिब ३ घण्टा को यात्रा रैछ । हामि त्यहाँ १२ बजे तिर पुग्यौँ । पिकनिक स्पट सबै प्याक । शनिबार भएर होला, काठमाडौँबाट धेरै हर्ुर्रिएका ! खासै नौलो भने केहि देखिन । तैपनि आन्तरिक पर्यटक र बाहृय पर्यटकको उपस्थित रौनक, मेला झैँ थियो । डाँडो अनि त्यसमा पनि पाखो जग्गा । गन्तीमा दर्ुइ चारवटा घर र डाँडाको टुप्पामा गुम्बा ।

पिकनिक व्यवस्थापनका केहि साथिहरू स्पट खोज्न थाले । कोहि पानी व्यवस्थापन गर्न र अन्य साथिहरू सामान ओर्सार्न । साथि र म नयाँ भएकाले होला हामिलाई केहि जिम्मेवारी दिइएन । हाम्रो काम नदेखिएपछि साथि र म गुम्बा घुम्न डाँडातिर उकालो लाग्यौँ । गुम्बा घुम्यौँ । राम्रै लाग्यो । नराम्रो पनि के भनौँ कोरियाको सहयोगमा तीनचारवटा पक्का घर डाँडाको टुप्पोमै ठडिएका, प्रायः सबै घरमा बौद्ध कला सामग्रीले सजाइएका, देख्दा तीब्बती शहर झैँ लाग्थ्यो । 

गुम्बाको चौतफिर् दृश्यालोकन सकेर साथि र म पिकनिक स्पट तिर झर्दै थियौँ । बाटामा एक भिक्षु चेलालाई भेटियो । हामिले नमस्कार गर्दै, बोल्यौँ । मिठो मुस्कान मुस्कुराउँदै उस्ले नमस्कार फिर्तायो । साथिले 'दृश्यावलोकन बाहेक वस्तुगत ज्ञानको बारेमा हामिले केहि जानकारी पाएनौँ, भन्दै भिक्षुलाई प्रश्न तर्ेसायो । भिक्षु प्रसन्न मुद्रामा, प्रश्नको उत्तर उराल्न नजिकै आइ ठिङ्ग उभ्भिनु भयो । छिनमै हामिमा शून्यता छायो । 

सुरिलो तर नम्र आवाजमा गुम्बाको बारेमा उहाँ बोल्न थाल्नुभयो । 'महासतुवान' जो आज भन्दा ६०० वर्षअगाडि भक्तपुरको शाक्य राजपरिवारमा गौतम बुद्धको पर्ुनजन्म लिई जन्मिएका र यस स्थानमा घुम्न आएकाबेला गुफामा पाँच बच्चासहितको निरिह बाघिनिलाई नशा काटि रगत पिलाइ मृत्युवरण गरेको भन्ने कथन रहेको भनि हाम्लाई बेलिबिस्तारमा जानकारी गराउँनु भयो र बिदा भई गुम्बातिर उकालो लाग्नु भयो र हामि पनि पिकनिक स्पटतिर लाग्यौँ ।

वास्तवमा पर्यटकीय दृष्टिकोणले खासै केहि नभएता पनि मानसिक आनन्द र बौद्ध जीवन नजिकैबाट नियाल्न चाहनेहरूको लागि भने यो ठाउँ उपयुक्त छ । डाँडाको टुप्पामा अवस्थित बौद्ध गुम्बाबाट रोमाञ्चित दृश्यालोकन पनि गर्न पाइन्छ । पश्चिमा पनौति, बनेपा र धुलिखेल सँगै हिमाली रेन्ज र पर्ूव-उत्तरमा भकुण्डेबेसी तथा पाँचखलको फाँट देख्न सकिन्छ । गाउँघरको बर्साई तथा घुमफिर हुनेहरूका लागि खासै नयाँ नौलो केही नभएता पनि शहरी नानीबाबुहरूका लागि भने रोमाञ्चित स्थल हुनसक्छ । ल है फर्ुसद भए घुम्न जाम @ नमोबुद्ध !




Sunday, February 19, 2012

नेपाली फिल्मको स्तर सुध्रिएकै हो ?

फुत्त कोठाबाट निस्केको मात्र थिए । फोनको रिङ्ग रिङ्गियो । नियाले, साथि निश्छलको रै'छ । उठाए, ऊ गर्जियो -स्मार्ट क्लब आउन्नौँ, ढिलो भैसक्यो ! कि हिजोको 'फ्राई डे बुज' अझैँ शरिरमा झमझमाई रहेको छ । तुरुन्त आऊ । आज तिम्ले मिस गर्नै नहुने सेसन छ । आई हाल, एम वेइटिङ्ग यू...म गुपचुपमा उस्का कुरा सुनिरहे । उस्को 'लाम्पार्ट' शब्दले कता कात कुतकुतायो र 'लुट' फिल्मको 'पासा' डाईलगलाई सँम्झायो । 'पासा' शब्दको सँम्झनाले सौगातको कपाल, उस्को डाईलग प्रस्तुती, याक्टीङ्ग र समग्र फिल्मलाई पहिलो पटक मेरो मनसपटलमा नेपाली फिल्मको रिमेक गरायो । 

केही हप्ता अगाडी नेपाली फिल्म जिवनमै पहिलो पटक साथिहरुको आग्रहमा (हेर्ने मनसाय थिएन) हेरेको थिए । वास्तवमा हेर्नै भनेर वा सबैको छनौट भने 'प्लेयर्स' थियो तर हेरियो 'पासा' अर्थात 'लुट' । यो फिल्मको लागि मेरो व्यक्तिगत टिकाटिप्पणी केही छैन । नेपाली फिल्मको विगत र वर्तमानको अवस्था के थियो र के छ ? त्यो पनि मलाई थाहा थिएन तर नेपाली फिल्मका बारेमा विश्लेषकहरुले पत्र-पत्रिकामा टिपाएका विचारका आधारमा भने यो आँकलन गर्न सक्थे कि तुलनात्मक अन्य फिल्म भन्दा यो फिल्म राम्रो बनेको थियो तर सिम्याटोग्राफीमा भने अझैँ सुधारको आवश्यकता र फट्को मार्न नसकेको मेरो ठम्याई रह्यो तरपनि यूवापुस्तालाई सम्बोधन गरेकोले हेरिसकेपछि फिल्मलाई राम्रै श्रेणीमा राखेको थिए । 

..., फोन राखे र उतै हानिए । पुँग्दा ९ बजिसकेको थियो । स्मार्ट सेसनलाई विश्राम गराउँन ओ.सि.ए. अंग्रेजीमा ओबामा झैँ गर्जिदैँ थिए । ढोका च्याररर् पार्दै, पुलुत्त छिरे । साथि निश्छलले गोलि फालौला झैँ आँखा जुँधायो । नमज्जा लाग्यो र मुन्टो निहुराए । हिड् ! लाम्पार्ट अब सकिएपछि घण्टा गर्न आको ! म बोल्न सकिन किनकी म सँग उत्तर थिएन । 

दरबारमार्गको सिडिमा हामी दुई गुपचुप घर फर्किदै थियौँ । मैले मुख फोरे -आज मलाई नेपाली फिल्म हेर्न मन लागिरहेको छ हेर्न जाने हो, प्रस्ताव तेर्साए । ठाडै अस्वीकार गर्दै, ऊ अकमक्कियो र बोल्यो -'हेर्न लाईकको कुन मुभी छ हो लाम्पार्ट ?' 

त्यो त मलाई पनि थाहा छैन ? तर मैले 'आई एम सरी' (अरु फिल्म कुन लागिरहेको छ मलाई थाहा थिएन) को पोष्टर देखेको थिए । त्यही हेर्न जाने त मैले पुन: प्रस्ताव दोहोरयाए । 

जाने भए जाम, विदाको दिन रमाईलै गर्नु त छ । नेपाली फिल्ममा कुनै विषयवस्तुलाई लिएर 'जस्टिफाई' गर्न खोजेको हुन्न क्यारे ! दिमागै लगाउनु पर्ने 'नलेजेवल' फिल्म त पक्कै होईन होला ? 'हाउ ईभर पास्ड आउट भए भो हाम्रो टाईम विथ फुल ईन्टरटेनमेन्ट' -ऊ बोल्यो । 

त्यो पनि के थाहा र ? न बोरिङ्ग पो छ कि ? यदि झुरपट्यासै रै'छ भने हलभित्रै सुँतौला र फर्किदा बेलुकी रातको लागि सिडिमा कुनै 'अंग्रेजी या हिन्दी' फिल्म लैजाउँला ।
सहमतिको चुरो र कुरो मिली सकेपछि राज र म नेपाली फिल्म हेर्न दोस्रो (मेरो लागि) पटक गोपिकृष्णहल तिर हानियौँ । टाढैबाट गोपिकृष्ण आगनभरी दर्शकको हुल देख्दा मलाई लाग्यो यो हुल नेपाली फिल्मको लागि थियो या हिन्दी, ठम्याँउन कठिन थियो । हामि पनि हुर्रिदै हुललाई अझ आकार दिन दुईवटा टाउको थप गर्न सामेल भयौँ । 

के रे ! के र ! टिकट छैन रे ? अब ब्ल्याकमा किन्नु पर्ने रे ? यत्रो लाईन बसेर टिकट पाईएग साला, यहाँ कसैले टिकट ब्ल्याकमा किन्ने छैन । चिच्याँउदै टिकट काउण्टरको छेवैबाट फिल्मको नायक झैँ डाईलग मार्दै एक युवा हामि छेऊ आयो । हामिले कुरा बुझ्ने प्रयत्न गयौँ र बुझ्यौँ पनि । आखिरि कुरो रै'छ यस्तो: 
नयाँ चलेको तीनवटा नेपाली फिल्म रै'छ । 'आई एम सरी', 'मिस यू' र 'मायाको बारीमा' । प्राय: धेरै दर्शकको छनौट 'आई एम सरी' रै'छ जसमध्ये हामी दुई पनि तर अघिनै हल फुल भैसक्या हुनाले ब्ल्याकमा टिकट बेच्दै भित्र उभ्याउँने दाउमा काउन्टरका आसेपासे लागिपरया रै'छन् र पो अघिको 'लाम्पार्ट' उफ्रिएको रै'छ । 'आई एम सरी' हेर्न नपाएका र 'मिस यू' नै हेर्न आएका दर्शकको चापले 'मिस यू' को पनि हल फुल भैसकेको रै'छ । अब रह्यो 'मायाको बारीमा' । यस फिल्मका लागि भने दर्शक त्यति धेरै देखिएन/थिएनन् पनि । दुईचार जना दर्शक भने एकआपसमा फुसफुसाँउदै गरेको सुनियो -करिश्मालाई राजेशले किस गर्या छ रे ! पक्कै राम्रो होला ? हेर्नुपर्छ । 

हामी दुई 'लाम्पार्ट' भने अलमल्लमा पयौँ । समयले दिउँसोको नेटो काटिहाल्यो । ३,४ र ५ हुँदै समय साँझ झुल्काउँन आफ्नै रफ्तारमा चल्दै थियो । हामि फर्किने या बेलुकी शो हेर्ने छलफलमा व्यस्त थियौँ । फिल्म हेर्न आईयो हेरेरै गईन्छ तर बेलुकीको शो भने हेरिदैन । अब ह्या छैन, ३ बजेको शो हेर्न गुण उपयुक्त छ त्यही जाने निष्कर्ष निस्कियो र हामि पुन: गुणसिनेमाहलतिर हानियौँ । 

सप्पै काउण्टर बन्द । फिल्म शुरु भैसकेछ । हामि १५ मिनेट ढिलो पुग्यौँ । गोपिकृष्णमा जुन समस्या थियो यहाँ पनि त्यहीँ । ३ बजेको शो हेर्न नपाएका दर्शक बेलुकी शो का लागि लस्करै सिडिमा घोर्रिरहेका थिए । नजिकै एउटा मित्रलाई सोधियो -'ढिला भईयो कि क्या हो पाटनर ?'
बोल्यो - के का ढिला हुनु नी, आउँन त अघिनै आको थिए नि ! टिकटै पाईएन । कस्तो प्याक र चाँप छ । 'आई एम सरी' हेर्न आको, सप्पै यहि हेर्न आका र'छन् । के गर्ने 'आई एम सरी' र 'मिस यू' हेर्ने हुल बढी थिए, प्रयत्न गरियो तर सकिएन । 


अन्तत: बेलुकी शो नहेर्ने अठोट साथि र मेरो भएपछि हाम्रो फिल्म हेर्ने उत्सुकताको च्याप्टर गुणसिनेमाको आगनमै बन्द भयो र 'आई एम सरी' हेर्न नपाईएकाले 'वुई आर सरी' भन्दै घरतिर फर्कियौँ । घर पुग्नुभन्दा अलि वरको खाल्डो क्याफेमा छिरि चुरोट सल्काउँदै चियाको सुप्कोमा म मन मनै सोच्न थाले -'आज नेपाली फिल्म हेर्न पाईएन, हेर्नकै लागि दुईवटा हल चारियो तर उत्सुकता व्यर्थ रह्यो, 'साच्चै ! भन्नुपर्दा हामिलाई दुईवटा हलसम्म एउटा नेपाली फिल्मले लहलहैमा डोर्यायो साथै हामि जस्ता सैयौँलाई पनी होला ? उसो हो  भने नेपाली फिल्मप्रतिको यस्तो चरम उत्कर्षलाई वर्तमान अवस्थामा रिलिज भएका र हुँदै गरेका नेपालि फिल्मले त्यो प्यास मेटाउला? र, साथ साथै नेपाली फिल्मको स्तर सुध्रिएकै हो या होला ?