Friday, October 5, 2012

'नेट्लर'


जर्मनका प्रसिद्ध युद्ध नायक 'हिट्लर' संसार प्रख्यात छन् । 'साहसी' र 'क्रुरता'को ट्याग उनमा झुण्डिएको छ । उनी युद्धका नायक हुन् संगै संसार जित्ने सपना बोकेका 'आटिला' खलनायक पनि ! प्रसंग 'हिट्लर'बाट यस कथाका नायक 'नेट्लर' तिर जान्छ । 'नेट्लर' र 'हिट्लर' नाम उस्तै रहेता पनि 'काम' भने भिन्न छ । 'हिट्लर' युद्ध लड्थे संसार जित्ने सपना बोकेर । 'नेट्लर' लड्दैछन् देशका लागि लड्ने आफ्नै 'नायक' माथि हात बजारी गरिवी र अत्याचारको भोको पेट बोकेर । अचेल नेपालयमा 'नेट्लर' प्रख्यात छन् । 'हिट्लर' झैँ ।
...

समय अघि ऊँ साधारण 'नेपाली बर्फी' थियो । 'कसरी नेट्लर भएछ, मोरो लठेप्रो !' - साथिले जिब्रो नेपार्दै बोल्यो । उसो'भा नेपालयमा समयपछि धेरै 'नेट्लर' जन्मिने छाँट देखियो । खा'समा कुरो के रै'छ ! बुझाउँन कथाको बेलिविस्तार प्रारम्भ गर्नुपर्यो ।
...
को ? कहाँ? कस्ले? कस्लाइ? किन? के का लागि पिट्यो? म बुझ्दिन कारण म बोल्न र सुन्न नसक्ने 'बर्फि' झैँ छु तर देख्न सक्छु अनि 'नेट्लर'को कथा लेखिरहेको छु । आजका दिन सम्म 'म मात्र देख्न सक्छु' । र, त पछि पछि पानि झैँ अर्कैले बनाइएको बाटोमा कुदिरहेको छु । तर जुन दिन त्यो बाटो गन्तव्यहिन भएर हज्जारौँ 'नेपाली बर्फी'ले अर्कै बाटो बनाउँनु पर्ने हुन्छ, शायद त्यो दिन मेरो लागि पनि 'नेट्लर' बन्ने सुनौलो दिन हुनेछ र अरुका लागि पनि !
...
समय अघिदेखि नेपालयमा हज्जारौँलाइ सुन्न र बोल्न नपाइने बनाइएको थियो र अझै चलन चलायमान छ तर तीनका अंग बोल्न र सुन्न सक्ने थिए र छन् । र, पनि प्रताडित बनाइएको छ । शायद, त्यही समुह भित्रको प्रताडित सुन्न र बोल्न सक्ने तर बनाइएको एउटा 'नेपाली बर्फी' थियो । ऊँ मौनतामा आफैलाइ दशकौ देखि हुत्तिदै गएका प्रश्नको उत्तर खोजि गर्ने प्रयत्न गर्थ्यो ।  
...
'देश हुत्तिदै छ,
कता ?'
'हुत्याउँनेलाइ थाहा होला नी'
'हुँदो हो थाहा'
'अस्ति बाटोबिराएर चिलसंग एक्कासि ठोक्किएर मनोहरामा झरेको जहाज झैँ कतै 'झर्ने र मर्ने' दिन पक्का छ'
'हो, र ! कहिले अनि को-को ?'
'बाटो बिराउँदै सहमति खोज्ने जहाज हाक्ने चालकहरु' तर त्यो दिन एकिन छैन् । र, त कुरो अलिक गम्भिर छ'
'तर चालक मात्रै हो कि 'हामी सब्बै नेपाली बर्फि' प्यासेन्जर पनि !'
'खै, कुन्नी ! थाहा भएन',
...
दशकौँ देखि अनगिन्ती यस्ता अनुत्तरीत प्रश्नहरुले 'चालक र जहाज' घेरिएको थियो, र आज पनि घेरिएका छन् । प्रश्न त्यता ठडिएको छ जहाँ जहाज चालक आफ्नै प्यासेन्जरबाट असुरक्षित बनेका छन् । लगभग सुरक्षाको घेरा तोडिइसक्यो भन्दा पनि हुन्छ ।
'हो, र ! कस्ले तोड्यो?' जय ! जयकार ! त्यो 'धुन्दुकारीको'
'समयअघि जहाज चालककै त्यो धुन्दुकारी हुनसक्छ तर आज ऊँ महान 'नेट्लर' हो'
तर, कसरी ?
...
खतराको साइरनमा चलिरहेको जहाज हाक्ने कुनै एक पाइलटमाथि उस्ले 'खबरदारीको हात उठायो । त्यो कतै मज्जैले बजारियो । शायद, पाइलटमा एक किसिमको डरको तरंग फैलिएको हुनुपर्छ । त्यो तरंग पुन:उठ्न सक्ने डर पाइलटको मनमा उनिएको छ । अरु धेरै पाइलट संयमित र स्व:नियन्त्रित सान्त्वन्नाको लागि उन्मुक्तिको बाटो खोज्ने शुरमा छन् । यो चानचुने काम होइन । एक किसिमको 'संन्त्रास'को घण्टि बजाइदिएको 'महानता'को काम हो । र, ऊँ हेर्दा हेर्दै जहाज चालककै एक धुन्दुकारीबाट नेपालयमा 'नेट्लर' हुनपुगेको छ ।
...
लु, समयको अन्तरालमा सुन्न र बोल्न नसक्ने बनाइएको 'नेपाली बर्फी' धुन्दुकारी पनि 'नेट्लर' (नेपाली हिट्लर) बन्न चन्द्रमा दाहिने लागिरहनु पर्दो रहेनछ ।
...
सक्छौँ, बरु समय लगाएर एक छिन घोत्ल यस विषयमा, तिमीले पिट्ने, 'पिटिने' र 'पिटाइने' तीन फरक तत्व भेट्न सक्छौँ । हामिले सोचे जस्तो 'नेट्लर' नभएर अर्कै खलनायक पात्रको 'नेट्लर' पनि त हुनसक्छ । साँच्चै हामीले सोचेको 'नेट्लर' हो रहेछ भने 'हुत्त्याइएका अनुत्तरित प्रश्न र सहमति'का अनगिन्ती उत्तरहरु भेटिन सक्छन् तर रहेनछ भने अर्को 'नेट्लर' पर्खनुको विकल्प वाहेक अरु उपाय छैन ।
...
एक व्यक्ति, एक नेपाली, एक नेता, एक व्यवसायि, एक पत्रकार...र 'एक' (जो कोहि) समयपछि पिटिएर के भो ? पिटाइपिच्छे एक 'नेट्लर'को जन्म हुन्छ भने ।... खैर, देश पिटिएको बेला, देश चुटिएको बेला, संस्कार, संस्कृति, सम्पदा र माटो पिटिएका बेला न्यायिक उपचार र सहायताको साथ नपाएर 'देश' का पात्रहरु नै 'अराजक' र 'अन्याय'ले पिटिएको बेला स-साना घट्नाबाट 'नेट्लर'को जन्म हुनु जायज छ ।

Tuesday, September 18, 2012

'अतीत' संगै सम्झँदा यी तस्बीरहरु

कुरो बर्ष अघिको, विद्यालय थुम्की कटेर जानुपर्थ्यो । झन्डै २ घण्टा । १ घण्टा उकालो, ३० मिनेट तेर्सो जुन गाँउ हुँदै जानुपर्थ्यो, र थुम्की देउराली पुगिन्थ्यो । दिनहुँ देउरालीमा सतिबेरको पाति चढाएर ३० मिनेटको ओरालो जंगल छिचोलेपछि बल्ल विद्यालय पुगिन्थ्यो । यसरी ४ वर्ष सम्म केवल पढ्नको लागि हिडेर घण्टौँ समय र हज्जारौँ कोश दुरी पार गरिएछ । आज सम्झिँदा गोडामा डरको काउकुती लाग्छ । त्यतिबेला सानो र डल्ले थिए, र पनि कहिल्यै झगडा नगरि विद्यालय जान्थे । सानो कदको डल्ले 'म' ती भुसतिग्रे दाजुहरुसंग दिनहुँ कसरी हिँडे हुँला ? सम्झदा, आज पत्यार लाग्दैन् । प्रथमत: सानो छँदा हिड्न विद्यालयले सिकायो । नहिडे समयमै नपुगिने । पुग्दा, पसिना सुक्न नपाउँदै शिक्षकको चुटाइ । अनि हुर्रिनुपर्थ्यो । 
...
हुर्रिनु मेरो लागि नौलो कुरो थिएन । कति हुर्रियो, हिडियो, कुदियो र घुमियो कुनै लेखाजोखा छैन् । कुले र विर्खेसंग पहरेपानीको ओडारे, बाख्रे भीर र सुलिथुम्काका कुना, काप्चा, पाँखा, पखेरा खुब चाहारिन्थ्यो । विशेषत: जंगल बढी । मथिङ्गलमा एउटा घट्ना अझै ताजा छ, डफ्काको सुनकोशि भङ्गालोमा बिर्खेको करमा डाइभ हान्ने हुँदा भंगालोले कुच्याउँदै लगेथ्यो, कुले नहुँदो हो त त्यति बेलै च्याट हुन्थे । धन्न ! कुलेले बँचायो ।
...
०६४ सालमा फलामे गेट प्रथम डिभिजनमा तोडे पछि पढ्न शहर हानिए । शहरमा मेरो एक्लो तर खुम्चिएको बसाइ थियो । जागिर थिएन । पैसा कम थियो । साथीहरु पनि कम थिए । पैसा दर्शन गर्न दाजुको तलबी महिना कुर्नुपर्थ्यो । पाएको रकम महिना नबित्दै कता सकिन्थ्यो पत्तो हुदैन्थ्यो ।
... 
दुख:सुख शहर छिरेको तेस्रो बर्ष अन्त्यतिर जागिर गर्दै पढ्न थाले । पहिल्यै पनि नगरेको भने होइन, गरिन्थ्यो तर पार्ट टाइम । जति पैसा, सन्तुष्टि र अवसरहरु अहिल्यै छ, त्ससमा, त्यतिबेला थिएन । यसर्थ, शहर वरिपरिकै कुनै स्थानमा घुम्न जानु, कतै बाहिर लामो यात्रामा निस्कनु र साथिभाइसंग जमघट तथा रमाइलो त्यति सहज र सम्भव थिएन, भएतापनि अत्यन्तै न्यून र सिमित व्यक्तिसंग थियो । सम्भवत: कारण अर्को पनि थियो । देखेर, अनुभव तथा व्यावहारिक जानकारबाट प्राप्त गरिने शिक्षा हामी बसेको समुदायका लागि एउटा भिन्न पाटो थियो । प्राय: जो कोहि यसतर्फ सहमत र आकर्षित थिएनन् । सबैको रोजाइ प्रथमत: राम्रो अध्ययन रहेकाले म पनि यसबाट सजिलै असमत रहन सक्दिनथे ।
...
उमेरका हदमा भर्खर विसौँ वसन्त पार गरे । आफैले केहि गर्नुपर्छ भन्ने विश्वास म मा छ, जो कोहि संग हुन्छ र भोलिका दिनसम्म रहिरहन्छ या रहँदैन भन्नेकुरा आफुमा भर पर्छ । यो नियति र समयले बताउने कुरा पनि हो । सधै सबैका लागि समय दाहिने रहदैन । खटपटको स्थिति जो कोहिको जिन्दगीमा चलिरहन्छ । शायद, म पनि यो सौभाग्यबाट कसरी उम्कन सक्छु र,  
...
आज, निरन्तरताको जागिरले बर्षदिन नाघ्दैछ । कार्यालयको लागि अझै म काँचो छु । सरहरुको लागि बच्चै । हो पनि ! सिक्दै छु । पढ्दै छु । जति जाने, जति सिके, जति घुमे ती सम्पूर्ण यो उमेरमा मलाइ कार्यालयले दियो । सरहरुले दिए, सिकाए । र कार्यालयबाटै झण्डै ३० जिल्ला घुम्ने अवसर पनि पाए । कामको सिलसिलामा जिल्ला जाँदा अग्रज सरहरुसंग धेरै उठबस भयो । धेरै कुरा सिके तर साँचो मनले भन्ने हो भने अंग्रेजी बोल्न र लेख्न अझै सिकेको छुइन, जानेको छु तर नगन्य ।        
...
र, आज यी किन लेखिरहेको छु भन्दा कार्यालयबाट जिल्ला भ्रमणमा निस्कदा क्यामेरामा कैद भएका धेरै त्यस्ता तस्बीरहरु छन् जुन आफ्नो अतीत सम्झे झैँ सम्झन लायक छन् । ती स्मृतिमा सधैँ बसिरहन्छन्, अतीत बसे झैँ । रोचक छन् । नयाँ छन् । अतीत झैँ सुन्दर छन् । र त म भन्छु, विगतका आफ्नो अतित नसम्झने शायद को नहोला? र त यो लेख्दै छु तीनै मन परेका तस्बीर र अतीतहरु...  
अचम्मको हुरि: महिना अगाडी विराटनगर जाँदा संयोगले यो हुरिको साक्षात्कार गर्ने मौका मिल्यो, त्यो पनि अचम्मले । छिनै अघि घाम चर्किरहेको थियो । गन्तव्यतिर हामि कुदिहरेका थियौँ । फाँटमा मानिसहरु काम गर्दै थिए । चहलपहल जताततै उत्तिकै थियो । तर अचानक घाम बादले छेकियो । पानि छिट्टाउन थाल्यो, वातावरण छिनमै रातझै अन्धकारमय भयो । र हुरि चल्न थाल्यो । उत्तरबाट दक्षिण बहेको बालुवा उडाउँने सानो हावाले ठुलै रुप लियो । तलको फोटोमा हेर्नुस् त छिनमै हावाको करामत...




मन बहलाउने भेडेटार: १४२० मि. उचाइमा रहेको भेटेटारको बारेमा मैले भनिरहनै पर्दैन, जो कोहिलाइ यथेष्ट जानकारी छ । वास्तवमै भेडेटार मन बहलाउने अत्यन्तै रमणिय स्थल छ । २ खुड्किलो तल धरान गर्मिले सेकिरहँदा भेडेटार पहाडी हावाले शीतलताको ओत पाइरहेको हुन्छ । अझ रोचक त के छ भने भेडेटार टावरबाट नजर डुँलाउदा आधा पूर्व खर्लप्पै देखिन्छ । फेदमा रहेको धरान बजार बगैचा झैँ लाग्छ, तराइ फुटबल खेल्ने मैदान झैँ सम्म र उत्तरमा रहेको झुरुम्म धनकुटा बजार । माथि बसन्तपुर टाकुरातिर हेर्दा राताम्मे फुलेको गुरासले पहाड रंगाए झैँ लाग्छ । 
प्यास लाग्यो तर पानी छैन्:  वास्तवमै, सिन्धुलि गढी दरबार जीर्ण अवस्थामा रहेछ । के जीर्ण भन्नु, इट्टा र माटो मात्रै बाँकी छन्, दरबार बनेको स्थानमा जग छ, दरबार छैन् । रोचक चै के छ भने उतिखेर लडाइकाबेला पुर्खाले पानि खान बनाएका कुवा भने संरक्षित छन् । अन्य धेरै सामग्रीहरु पनि संरक्षीत नै छन् तर विशेषत: कुवा । यहि कुवाको पानि पिएर पुर्खाले युद्ध जितेको कथन बा'का मुखबाट सुनिन्थ्यो तर आफै पुग्दा कुवामा माटो र कमिला थिए । घुम्न जानेलाइ प्यासले पिरोल्छ, तर कुवामा भने पानि छैन । 




झुप्रो 'रहर' होइन ना कि रहर 'शहर': उदयपुरको लेखानी गा.वि.समा खिचेको यो घरको तस्बीर मेरो लागि अत्यन्तै घत लाग्दो छ । 'घरबारै' छाडेर शहर पसेका घरधनी परिवारका लागि 'शहर' पक्कै रहर थिएन होला ना कि जीर्ण घर ।


उपचारका लागि शहर फिर्दै: घुर्मीबाट कटारीबजार झर्दै गर्दा बाटामा गुड्दै गरेको यो ट्रक दुर्घटनामा टुटेका आफ्नै पार्टपुर्जाहरु बोकेर उपचारका लागि शहर फिर्दै थियो । वास्तवमै, फोटो खिच्नेलाइ के था र ! यस्को दु:खका कथा?
सोलु-सल्लेरी: योङ्ग स्टार क्लबको आँगनबाट देखिएको सदरमुकाम सोलु-सल्लेरी र संगै योङ्ग स्टार क्लबकै बिशाल तथा सुन्दर भवन । पात्ले मुन्तीरको पहिरो अनि फाप्लु विमानस्थल ।






ठुला कुरा गरिल्याउँछन्, खै ! 'ठुला भनौदा'लाइ हामी पनि हेरम:  सोलुखुम्बुको केरूङ्ग गाउँमा संचालन गरिएको कार्यक्रम झ्यालबाट नियाल्दै एक महिला । सोहि कार्यक्रम डिल र आँगनबाट बालबालिका प्रसन्न मुद्रामा आफ्नै पोजमा हेर्दै थिए । 




मेरो प्यारो ओखलढुंगा: तस्बीरमा कैद भएको ओखलढुंगा बजार । बिडम्बना सदरमुकाममा बिजुली छैन् । तार टागिएको छ, पोल गाडिएको छ तर बत्ती बल्दैन । र, कविवर सिद्धिचरण श्रेष्ठको घर भएको स्थानमा आफ्नै सालिक । माथिल्लो कान्लामा ओखलको ढुंगा ।  


वर्षभरिको खाना: खोटाङ जाँदै गर्दा देखिएको, घर अगाडी राखिएको मकैको कुन्लो, लाखे ! मान्छेलाइ खाने छुइन, किराले खान्छ भनेर संरक्षण गरिएको होला? 
फेरी तरे भोजपुर:  जरायोटारस्थित अरुणनदीमा राखिएको फेरी । र 'जस्ते बजार' भोजपुरको सदरमुकाम भोजपुर । 


 ..र यो पनि: खोटाङ्गको हलेसी मन्दीर नजिकै रहेको गुफा,
(फोटो प्रतिलिपि अधिकार लेखकमा)