Sunday, February 19, 2012

नेपाली फिल्मको स्तर सुध्रिएकै हो ?

फुत्त कोठाबाट निस्केको मात्र थिए । फोनको रिङ्ग रिङ्गियो । नियाले, साथि निश्छलको रै'छ । उठाए, ऊ गर्जियो -स्मार्ट क्लब आउन्नौँ, ढिलो भैसक्यो ! कि हिजोको 'फ्राई डे बुज' अझैँ शरिरमा झमझमाई रहेको छ । तुरुन्त आऊ । आज तिम्ले मिस गर्नै नहुने सेसन छ । आई हाल, एम वेइटिङ्ग यू...म गुपचुपमा उस्का कुरा सुनिरहे । उस्को 'लाम्पार्ट' शब्दले कता कात कुतकुतायो र 'लुट' फिल्मको 'पासा' डाईलगलाई सँम्झायो । 'पासा' शब्दको सँम्झनाले सौगातको कपाल, उस्को डाईलग प्रस्तुती, याक्टीङ्ग र समग्र फिल्मलाई पहिलो पटक मेरो मनसपटलमा नेपाली फिल्मको रिमेक गरायो । 

केही हप्ता अगाडी नेपाली फिल्म जिवनमै पहिलो पटक साथिहरुको आग्रहमा (हेर्ने मनसाय थिएन) हेरेको थिए । वास्तवमा हेर्नै भनेर वा सबैको छनौट भने 'प्लेयर्स' थियो तर हेरियो 'पासा' अर्थात 'लुट' । यो फिल्मको लागि मेरो व्यक्तिगत टिकाटिप्पणी केही छैन । नेपाली फिल्मको विगत र वर्तमानको अवस्था के थियो र के छ ? त्यो पनि मलाई थाहा थिएन तर नेपाली फिल्मका बारेमा विश्लेषकहरुले पत्र-पत्रिकामा टिपाएका विचारका आधारमा भने यो आँकलन गर्न सक्थे कि तुलनात्मक अन्य फिल्म भन्दा यो फिल्म राम्रो बनेको थियो तर सिम्याटोग्राफीमा भने अझैँ सुधारको आवश्यकता र फट्को मार्न नसकेको मेरो ठम्याई रह्यो तरपनि यूवापुस्तालाई सम्बोधन गरेकोले हेरिसकेपछि फिल्मलाई राम्रै श्रेणीमा राखेको थिए । 

..., फोन राखे र उतै हानिए । पुँग्दा ९ बजिसकेको थियो । स्मार्ट सेसनलाई विश्राम गराउँन ओ.सि.ए. अंग्रेजीमा ओबामा झैँ गर्जिदैँ थिए । ढोका च्याररर् पार्दै, पुलुत्त छिरे । साथि निश्छलले गोलि फालौला झैँ आँखा जुँधायो । नमज्जा लाग्यो र मुन्टो निहुराए । हिड् ! लाम्पार्ट अब सकिएपछि घण्टा गर्न आको ! म बोल्न सकिन किनकी म सँग उत्तर थिएन । 

दरबारमार्गको सिडिमा हामी दुई गुपचुप घर फर्किदै थियौँ । मैले मुख फोरे -आज मलाई नेपाली फिल्म हेर्न मन लागिरहेको छ हेर्न जाने हो, प्रस्ताव तेर्साए । ठाडै अस्वीकार गर्दै, ऊ अकमक्कियो र बोल्यो -'हेर्न लाईकको कुन मुभी छ हो लाम्पार्ट ?' 

त्यो त मलाई पनि थाहा छैन ? तर मैले 'आई एम सरी' (अरु फिल्म कुन लागिरहेको छ मलाई थाहा थिएन) को पोष्टर देखेको थिए । त्यही हेर्न जाने त मैले पुन: प्रस्ताव दोहोरयाए । 

जाने भए जाम, विदाको दिन रमाईलै गर्नु त छ । नेपाली फिल्ममा कुनै विषयवस्तुलाई लिएर 'जस्टिफाई' गर्न खोजेको हुन्न क्यारे ! दिमागै लगाउनु पर्ने 'नलेजेवल' फिल्म त पक्कै होईन होला ? 'हाउ ईभर पास्ड आउट भए भो हाम्रो टाईम विथ फुल ईन्टरटेनमेन्ट' -ऊ बोल्यो । 

त्यो पनि के थाहा र ? न बोरिङ्ग पो छ कि ? यदि झुरपट्यासै रै'छ भने हलभित्रै सुँतौला र फर्किदा बेलुकी रातको लागि सिडिमा कुनै 'अंग्रेजी या हिन्दी' फिल्म लैजाउँला ।
सहमतिको चुरो र कुरो मिली सकेपछि राज र म नेपाली फिल्म हेर्न दोस्रो (मेरो लागि) पटक गोपिकृष्णहल तिर हानियौँ । टाढैबाट गोपिकृष्ण आगनभरी दर्शकको हुल देख्दा मलाई लाग्यो यो हुल नेपाली फिल्मको लागि थियो या हिन्दी, ठम्याँउन कठिन थियो । हामि पनि हुर्रिदै हुललाई अझ आकार दिन दुईवटा टाउको थप गर्न सामेल भयौँ । 

के रे ! के र ! टिकट छैन रे ? अब ब्ल्याकमा किन्नु पर्ने रे ? यत्रो लाईन बसेर टिकट पाईएग साला, यहाँ कसैले टिकट ब्ल्याकमा किन्ने छैन । चिच्याँउदै टिकट काउण्टरको छेवैबाट फिल्मको नायक झैँ डाईलग मार्दै एक युवा हामि छेऊ आयो । हामिले कुरा बुझ्ने प्रयत्न गयौँ र बुझ्यौँ पनि । आखिरि कुरो रै'छ यस्तो: 
नयाँ चलेको तीनवटा नेपाली फिल्म रै'छ । 'आई एम सरी', 'मिस यू' र 'मायाको बारीमा' । प्राय: धेरै दर्शकको छनौट 'आई एम सरी' रै'छ जसमध्ये हामी दुई पनि तर अघिनै हल फुल भैसक्या हुनाले ब्ल्याकमा टिकट बेच्दै भित्र उभ्याउँने दाउमा काउन्टरका आसेपासे लागिपरया रै'छन् र पो अघिको 'लाम्पार्ट' उफ्रिएको रै'छ । 'आई एम सरी' हेर्न नपाएका र 'मिस यू' नै हेर्न आएका दर्शकको चापले 'मिस यू' को पनि हल फुल भैसकेको रै'छ । अब रह्यो 'मायाको बारीमा' । यस फिल्मका लागि भने दर्शक त्यति धेरै देखिएन/थिएनन् पनि । दुईचार जना दर्शक भने एकआपसमा फुसफुसाँउदै गरेको सुनियो -करिश्मालाई राजेशले किस गर्या छ रे ! पक्कै राम्रो होला ? हेर्नुपर्छ । 

हामी दुई 'लाम्पार्ट' भने अलमल्लमा पयौँ । समयले दिउँसोको नेटो काटिहाल्यो । ३,४ र ५ हुँदै समय साँझ झुल्काउँन आफ्नै रफ्तारमा चल्दै थियो । हामि फर्किने या बेलुकी शो हेर्ने छलफलमा व्यस्त थियौँ । फिल्म हेर्न आईयो हेरेरै गईन्छ तर बेलुकीको शो भने हेरिदैन । अब ह्या छैन, ३ बजेको शो हेर्न गुण उपयुक्त छ त्यही जाने निष्कर्ष निस्कियो र हामि पुन: गुणसिनेमाहलतिर हानियौँ । 

सप्पै काउण्टर बन्द । फिल्म शुरु भैसकेछ । हामि १५ मिनेट ढिलो पुग्यौँ । गोपिकृष्णमा जुन समस्या थियो यहाँ पनि त्यहीँ । ३ बजेको शो हेर्न नपाएका दर्शक बेलुकी शो का लागि लस्करै सिडिमा घोर्रिरहेका थिए । नजिकै एउटा मित्रलाई सोधियो -'ढिला भईयो कि क्या हो पाटनर ?'
बोल्यो - के का ढिला हुनु नी, आउँन त अघिनै आको थिए नि ! टिकटै पाईएन । कस्तो प्याक र चाँप छ । 'आई एम सरी' हेर्न आको, सप्पै यहि हेर्न आका र'छन् । के गर्ने 'आई एम सरी' र 'मिस यू' हेर्ने हुल बढी थिए, प्रयत्न गरियो तर सकिएन । 


अन्तत: बेलुकी शो नहेर्ने अठोट साथि र मेरो भएपछि हाम्रो फिल्म हेर्ने उत्सुकताको च्याप्टर गुणसिनेमाको आगनमै बन्द भयो र 'आई एम सरी' हेर्न नपाईएकाले 'वुई आर सरी' भन्दै घरतिर फर्कियौँ । घर पुग्नुभन्दा अलि वरको खाल्डो क्याफेमा छिरि चुरोट सल्काउँदै चियाको सुप्कोमा म मन मनै सोच्न थाले -'आज नेपाली फिल्म हेर्न पाईएन, हेर्नकै लागि दुईवटा हल चारियो तर उत्सुकता व्यर्थ रह्यो, 'साच्चै ! भन्नुपर्दा हामिलाई दुईवटा हलसम्म एउटा नेपाली फिल्मले लहलहैमा डोर्यायो साथै हामि जस्ता सैयौँलाई पनी होला ? उसो हो  भने नेपाली फिल्मप्रतिको यस्तो चरम उत्कर्षलाई वर्तमान अवस्थामा रिलिज भएका र हुँदै गरेका नेपालि फिल्मले त्यो प्यास मेटाउला? र, साथ साथै नेपाली फिल्मको स्तर सुध्रिएकै हो या होला ?  

Monday, January 2, 2012

खै के भनूँ

रात परेपछि
तिम्रो न्यानो साथ हुन्न
जाडोले लगलगाउँदा
नशाको मात हुन्न
हृदय अङ्कुराउँदा
बोल्ने बात हुन्न
संगत त गर
तिमीलाई घात हुन्न
किन डाराउँछौँ
मायामा जातपात हुन्न
फुलैफुल हुन्छ
काँडा र पात हुन्न
दैवले लेख्ने हो
कसैको हात हुन्न

Tuesday, December 6, 2011

Love {Logic} & The God’s Algorithm


Love{Logic} & The God’s Algorithm is a work of fiction.
Close your eyes and think about your College days – What you see? Girls, Grass, N-10, Crush, Whisky, fight with seniors over a football match, and no studies – What a life!
Saptak’s life was based on 3G- No, I am not speaking about the latest mobile technology .Its stands for GUITAR, GRASS AND GIRLS -3G (let’s uncomplicate)
Now, again close your eyes and think about your professional life. What you see? Oh shit!!! f**k! I am screwed.
PNS Technologies, Precisely Pick n Stick Technologies Limited where Saptak works- their motto ‘Creating the Stick that beats its Pick’- reigns supreme.
Day in and day out Saptak’s bewilderment continues to rise doing the monotonous Copy-Paste work.
Strangled between the war of his mind and heart, Saptak finally quits his job and returns to JyotiNagar where Debaroti, his childhood companion waits for him.
Love keeps them confused and bewildered -Both Saptak and his room-mate Nabo.
An incredible idea struck Saptak which slowly leads to the creation of his Software product company ‘Innovation Techlabs Pvt Ltd’.
What is the idea? Will he have a life? And Love? Or both?
Love, Logic and the God’s Algorithm asks every reader the sole question – How long can you wait to you hear your inner voice? How long can you wait to clear your heart’s doubt?

Sunday, November 20, 2011

सन्तु र सन्तुको गाँऊ


आज विश्व विज्ञानको क्षेत्रमा अत्यन्तै अघि बढिसकेको छ । तर पनि नेपालका कैयौँ यस्ता ठाउँ छन् जहाँ विश्वमा के-कस्ता घट्ना घटिरहेका छन् थाहा पाउन सकिरहेको अवस्था छैन । कक्षा ५ त्रिभुवन प्रा।वि।मा अध्ययनरत सन्तु भिरपानी गा।वि।स। लाप्कामा बस्छ । गाउँमै जन्मे हुर्के पनि सन्तु साह्रै चलाख छ । भौतिक सुविधा र सम्पन्नताबाट बिाचत भएतापनि सन्तु किताबि ज्ञान बटुल्न भने माहिर छ । कहिले काही भने आफु गाउँमा जन्मिएकोमा पश्चताप पनि गर्छ न पढ्नका लागि बालपत्रिका नै पाइने न कम्प्यूटर चलाउन नै । तैपनि उस्मा यस्ता अतिरिक्त कि्रयाकलापप्रति अति नै चासो छ । ऊ विद्यालयको मिहिनेती अनुशासित जेहेन्दार र प्रथम विद्यार्थी पनि हो । उस्को पढाई देखेर शिक्षक शिक्षिका लगायत परिवारका सबै सदस्य दंग छन् । ऊ सधैँ प्रथम हुन्छ । ऊ कक्षामा सबै साथिसँग मिलेर पढ्छ र आफुले जानेको कुरा सबै साथिहरुलाई पनि सिकाउँछ । न त ऊ कहिल्यै झगडा नै गर्छ न रिसाउँछ नै । सन्तुको यस्तो लगनशीलता र प्रयत्न देखेर उस्का साथिहरुसमेत दंग छन् तर सन्तुको बाबा रामुलाई भने निकै चिन्ता लागेको छ किनभने सन्तुलाई शहरको बोर्डिङ्गमा पढाउन नसकेकोमा ।

सन्तुको चालमाला विद्यालयका साथिभाईसँगमात्र नभई घरपरिवारमा पनि उत्तिकै मिलनसार र सहयोगी थियो । ऊ कहिल्यै आमासँग झगडा गर्दैनथ्यो । सानै उमेरको भएपनि विभिन्न बालरचना र विज्ञानका गतिविधि चाख लगाएरै पढ्थ्यो । घरमा कोहि नभएको बेलामा हजुरबाले दन्त्य कथा सुनाउँनु हुन्थ्यो र ऊ ध्यान दिएरै सुन्थ्यो । अझैँ त्यतिमात्र कहाँ हो र ! हजुरबाको कुरा सुन्धिने नियमित श्रोता पनि हो ऊ । घरको रेखदेख देखि लिएर आफुले गर्न सक्ने सबै काम गथ्र्यो । यसरी सन्तुको यस्तो कि्रयाकलाप देखेर परिवारका सबै सदस्य र वरपरका छरछिमेकी समेत प्रभावित र अचम्मित थिए । 

कक्षा पाँचको अन्तिम परीक्षाको नतिजा प्रकाशित भयो । ऊ प्रथम भयो । यस्पालि कक्षा ६ मा भने उस्लाई शहरमा पढाउने सन्तुको बा'ले विद्यालयलाई जानकारी गराए । यो कुरा सन्तुले पनि थाहा पायो । ऊ असाध्यै खुसी भयो र हौसिएर सबै साथिलाई भन्दै दगुर्न थाल्यो । खुसीले गर्दा उस्को खुट्टा भुइमा थिएन । ऊ उपि्रुदै कहिल्यै रमाउँन थाल्यो त कहिल्यै नाँच्न । ऊ मनमनै सोच्न थाल्यो । अब म शहरमा गएर मलाई मन पर्ने सबै किताब पढ्छु । हाम्रो यो गाउँ यी पाँखा यी खोला यी नदि र यी डाँडा त कति हरियाली सुन्दर सफा र स्वच्छ छन् भने त्यस्ता पढेलेखेका मान्छे बस्ने शहर कस्तो होला मानिसहरु सहयोगी र बोलिबचन नम्र होला र मिलनसार पनि उत्तिकै । झन् हामि जस्ता साना बालबालिकाहरुलाई त कति माया गर्छन् होला । आहा ! बा'ले शहरमा बसेर पढ्ने सपना पुरा गरिदिने भए । 

सन्तुका यी सबै गुलिया कल्पना उस्ले सोचे जस्तो गुलियो भने थिएन । ऊ यो भन्दा अघि कहिल्यै शहर आएको थिएन । गाउँको एउटा असल तर चलाख सन्तु शहरकोबारेमा भने अनजान थियो । तैपनि शहरका बारेमा अनेक सपनाका पोका देख्न थालेको थियो । उस्का ती कलिला मष्तिष्कले अनेक सपना बुनिसकेका थिए । 

पहिलो पटक सन्तु आफ्नो गाउँ छाडि शहर जाँदै थियो । विद्यालयको कागजपत्र र किताब सहित सन्तुलाई लिएर सन्तुका बा रामु शहरतिर जाँदैथिए । यता भने त्यति मिलनसार परिश्रमि र असल सन्तु गाउँ छाडेर शहर जानलाग्दा परिवारका सबै सदस्य साथिभाई र गाउँलेहरु दुःखी देखिन्थे । झन् उस्का कक्षाका साथिहरु त रुन सकेका थिएनन् । 

सन्तुबाटाभरी शहरका बारेमा अनेक सपना बुनिरह्यो । २ घण्टाको बाटो पारगरिसकेपछि बल्ल गाडि चढ्ने ठाउँ आइपुग्यो । सन्तुको यो पहिलो बस यात्रा थियो । यो भन्दा अघि उस्ले कहिल्यै न गाडि नै देखेको थियो न चढेको नै । ऊ धेरै खुशी देखिन्थ्यो । गाडिको देब्रे पट्टीको तेस्रो सिटमा सन्तु र सन्तुको बा बसे । केहि छिनपछि सबै प्यासेन्जर बसे र गाडि कुद्न शुरु गर् यो । गाडि शहरतिर जाँदै थियो भने यात्रा छेट्टिदै । एक घण्टाको बाटो छिचोलेपछि गाडि नेपालथोकमा आइपुग्यो र रोकियो । त्यहाँ खाना खानको लागि गाडि रोकिएको रैछ । गाडिका सबै प्यासेन्जर खाना खान झरे । त्यसै क्रममा सन्तु र उस्का बा पनि झरे र खाना खाए । खाना खाएको केहि समयमै गाडिभित्र प्यासेन्जर बसे र गाडि पुनः शहर लाग्यो । 

सन्तुका ती कलिला मष्तिष्कले भने अनेक सपना सोचि नै रहेको थियो । गाडिको कुदाई अनि भिरपाखामा ठोक्किएर बहेको बतास चर्को घाम र हपहप्ती गर्मिले गर्दा सन्तु बाुको काखमा भुसुक्कै निदायो । करिब तीन घण्टाको यात्रा छिचोल्दै गाडि उपत्यकाभित्र छिरिसकेको थियो । त्यतिन्जेल सम्म सन्तु बाबाको काखमा मस्त निद्रामा नै थियो । बाुले सन्तुलाई धकेल्दै उठाए । ऊ झसङ्ग हुँदै जुरुक्क उठ्यो । ऊ उठ्दा गाडि कोटेश्वर आइपुगिसकेको थियो । ऊ उठ्यो र झ्यालबाट यसो के नियालेको मात्र थियो बाहिरी वातावणलाई धुवा धुलोले हुस्सुले छोपे झैँ छ्याप्पै छोपेकोले त्यति राम्रोसँग केहि देखेन । गाडिहरु त्यत्तिकै मात्रामा अव्यवस्थितरुपमा कुदिरहेका थिए । मान्छेको भिडभाड पनि उत्तिकै । ऊ अचम्ममा पर् यो र उस्ले बालाई सोध्यो-

'बा शहरको बाटो त राम्रो हुन्छ हैन ! कस्तो धुलो उडेको बाहिर हेर्नुस त'

हेर सन्तु ! बाटो यस्तै हो के गर्छस् बाटो बनाउन तेरो हाम्रो काम होइन क्यार यॊ बिकास गर्ने नेतृत्वकर्ताहरुको हो तर गर्दैनन् । 

बस स्टपमा बस रोकियो । सन्तु र उस्का बा बसबाट के ओर्लेका मात्र थिए फोहोरको गन्ध ह्वास्सै गनाइहाल्यो । सन्तु नाक थुन्दै भनभनाउन थाल्यो । बा ! यस्तो विवेकशिल बुद्धिजिवी र विद्धान बस्ने ठाउँमा पनि फोहोरको डंगुर यसरि फालिन्छ र मैले त सोचेकै थिइन 

सन्तुको बा'ले मुख फोरिहाले । किन विद्धान बस्ने ठाउँमा चै फोहोर हुँदैन र कि किताबमा विद्धान बस्ने शहर फोहोररहित हुन्छ भनेर पढ्या थिइस । ल ! जे भएपनि यो हाम्रो राजधानि काठमाडौँ हो ।
खै बा ! म त जिल्ल छु । फोहोरै फोहोर अनि जताततै धुँवा र धुलो यस्तो ठाउँमा ठूलठूला घर आफैँ मात्र राम्रो र पढी विद्धान भएर मात्र के गर्नु प्रकृति पनि सफा र राम्रो बनाउनु पर् यो नि ! वरपरको वातावरण पनि स्वच्छ हुनुपर् यो नी ! यस्तो मैलिएको प्रकृतिबाट पढेर ठूला बनेका विद्धान पढ्दै गरेका हामी जस्ता बालबालिका अनि युवाहरुले के पाठ सिक्छन् के सन्देश पाउँछन् ल भन्नुस त बा । यहीँ वातावरणमा पढेर विद्धान बनजेकाहरुले आफै जन्मेको र सधैँ बस्ने ठाउँलाई हराभरा र सफा राख्न सक्दैनन् भने ती पनि विद्धान हुन र ती त मुर्ख पो हुन् यस्तो ठाउँमा बस्दा त रोगले पो महामारीको रुप लिन्छ । सबै विरामी पर्छन् हैन र बा । 

कुरा त ठिकै गरिस तर वातावरण न फोहोर हो । यहाँका मानिस त फोहोरी छैनन् नी कति सफा छन् कति राम्रा छन् घरहरु हेर त कति राम्रा छन् । धेरै राम्रो पढाइ हुने विद्यालय पनि यहि छन् । देशका ठूला विद्धानहरु पनि यहि छन् । देश हाक्ने नेताहरु पनि यहि छन् । उनिहरु सबै त दुर्घन्धमा मिसिएर बाँचिरहेका छन् भने तलाई के को चिन्ता/पिर । तैपनि यहाँको गतिविधि र वातावरणसँग तलाई के को सम्बन्ध हेर बाबु त त यहाँ पढ्न आएको होस् पढ्ने कुरा गर सपना पुरा गर्ने अठोट लि । बस् यति मात्र सोच ।

अचानक भिडभाडबाट आज फेरि बच्चा अपहरण भयो भन्ने हल्लाखल्ला निस्कन्छ । हल्लाखल्ला सन्तु र सन्तुको बाले पनि सुन्छन् सन्तु डराउँदै ओहो ! मैले त शहर कस्तो न होला भनि अनेक सोचेको थिए तर ती सबै सपनामात्र रहेछन् । यहाँका मानिसहरु कति सभ्य होलान् कति सहयोगी होलान् शहर कति सुन्दर र हरियाली होला भन्ने लागेको थियो । तर शहरको माहोल र अराजकता देख्दा काही नभाको जात्रा हाडी गाऊँ जस्तो पो लाग्यो । अह ! यस्तो ठाउँमा बसेर पढ्नु उचित छैन । बा म त यहाँ बसेर पढ्दीन जताततै फोहोरै फोहोर अनि अघिभर्खर सन्नुभएन बच्चा अपहरण आतङ्क मच्चिने झगडा कलह कुटपिट बन्द हड्ताल अव्यवस्थित बसाईमा बसेर पढ्दा मैले के पाठ सिक्छु । नाई बा म त यस्तो कोलाहलमा बसेर पढ्न सक्दिन । यस्तो माहोलमा हुर्केका हामि जस्ता हजारौँ बालबालिकाको भविष्य कस्तो होला भविष्यका दिनमा कस्ता व्यक्ति बनौला एकछिन सोच्नुस र हाम्रो गाउँलाई सम्झनुस त कति सहयोगी छन् गाउँलेहरु प्रकृतिको कस्ता छन् छटा कति सुन्दर कति घमाइलो कति हराभार सुनकोशीमा बगेका कलकलाउँदा पानी सधैँ पिउ पिउ लाग्ने । हो त्यस्तो सुन्दर शान्त ठाउँमा पो बस्छन् बिद्धान । जहाँ पाइन्छ अनेक ज्ञानका पुाज अनि त्यहीँ पाइन्छ जीवन र जगतको रस । यहाँ त निसास्सिएर मरिएला जस्तो पो छ उतै फर्किऊ बा हाम्रै गाउँ । नाई म त यस्तो शहरमा बस्दिन । यस्लाई पनि शहर भन्छन् र बा यस्तो फोहोरै फोहोरको ठाउँलाइ । शहरप्रति कसरी गर्व गर्नु भन्नुस् त । हामीलाई सरले भन्नु भाथ्यो नेपाल विश्वकालागि स्वर्ग जस्तै छ । यहाँ प्राकृतिक खनिजवस्तु अत्याधिक पाइन्छन् । विश्वमानचित्रमा नेपाल एक रमणीय देश हो भनेर भन्नु भएको थियो । तर बा शहर हेर्दा त रमणीय होइन यहाँ रम्न आएका पनि निराश भएर फर्केलान जस्तो छ । हैन त बा !

छोराको कुरा सुनेर रामुको आख्ााबाट आँशुका धारा बग्नथाले आँशु पुछ्दै रामु बोल्न थाल्यो । छोरा त यति सानो छस् तर पनि धेरै कुरा जानेको छस् त्यही भएर त तेरो भविष्यराम्रो हुन्छ । पछि गएर त ठूलो मान्छे बन्छस् । मिहिनेती छस् र गाउँको भन्दा धेरै ज्ञान पाउँछस् भनेर त पढाउन ल्याएको । हेर ! सन्तु जस्तो सुकै भए पनि गाउँको भन्दा यहाँ पढाई राम्रो हुन्छ । शहर भनेको शहरै हो । गाऊ फर्किने कुरा नगर बरु यही बसेर पढ र अझैँ माथि जाने कोशिस गर । बाबाको कुरा सिध्धिन नपाउँदै नाई भन्दै सन्तु ठूलो स्वरले कराउँछ । यस्तो प्रदृषित असभ्य समाज र समाजका व्यक्तिप्रति कुदृष्टि र अरुको भलो नचाहने मान्छे बसेको गन्जगोल भिडमा म चै बस्दिन । यहाँ बसेर पढ्दा माथि होइन मेरा सपना पनि अपुरो र म पनि बिग्रन्छु । तपाईले नै भन्नु भएको होइन संगतले नै मान्छेलाई असल र खराब बनाउँछ भनेर । ल भन्नुस् त यहाँको संगत कस्तो छ । मेरो संगत यिनै वातावरण मानिस रहनसहन र यि पश्चिमेली विकृतिसँग हुने होइन । नाई बा म त गाउँमा नै जान्छु । म त यहाँ एक सेकेण्ड पनि बस्नेवाला छुइन !

वास्तविकतालाई नियाल्ने हो भने गाउँ प्यारो र राम्रो छ । गाउँका मनोहर प्राकृतिक दृश्यबाट नै धेरै कुरा सिक्न सकिन्छ । स्वच्छ र सफा वातावरणमा मिठो हाँसो हाँस्न सकिन्छ स्वास्थ्य बाँच्न सकिन्छ फुर्तिलोकासाथ नाँच्न सकिन्छ । 

अन्त्यमा सन्तु र उस्का बा रामु गाउँमा नै फर्किए । अहिले सन्तु त्यही गाउँको विद्यालयमा साथिसँगीका साथ पढिरहेको होला आखिरिमा सन्तु शहरबाट आफ्नो जन्म थलो गई पढ्न शुरु गर् यो । आज सन्तु त्यही गाउँको प्रकृतिसँग लडिबडि गर्दै दगुर्दै्र होला । साँच्चै हाम्रो शहरलाई नियाल्ने हो भने सन्तुको कथासँग यथार्थरुपले मेल खान्छ । त्यसैले हामी सबै मिलेर ूहाम्रो शहर सुन्दर बनाउने हाम्रो रहनू नाराका साथ सहरलाई सुन्दर र सभ्य बनायौँ भने एकदिन अवश्य सन्तु शहर फिर्छ होला ?

Friday, November 11, 2011

तिहार डायरी


उत्साह कम्ति थिएन । खुशी उत्तिकै । जताततै माला र फुल । घर रङ्ग्याउने र पिलपिले बत्ति टाङ्ग्ने काममा छिमेकीबिच होड बाजी नै थियो । कोही पनि घर सजाउनमा अल्छे देखिन्नथे । बाटामा हिड्दा प्रत्येक घरमा भलाकुसारी गरेको आवाज सुनिन्थ्यो । प्रदेश गाको छोरा नाती भाइभतिजा आका होलान् । धैरै जम्मा भएकाले कुरोमा कुरो चल्यो होला । म मन मनै गम्दै हिँडेको थिए । के के न बिते झैँ तल्ल घरे साइला काका भने जोडले कराउँदै थिए । एउटा छोरा हो क्यार ! गाउँमा नै छ रे ! डकुलन्टे मोरा के गर्छ कुन्नी । हाउडे न हो । त्यसो नभाको भए त त्यत्रो सम्पत्तिवाला गतिलो चाला देखाइहाल्थ्यो नी । तीनपल्ट लगाएर एस।एल।सी कटायो । बाउले शहरमा पढाउँछु भन्दा शहर जान नमानेर बाउलाइ नै लप्पा ख्वाइदियो । पक्कै कता उड्यो । तै भर डाको छोड्या होला…॥

हिजो मात्र गाउँ आको । उता शहरमा कम्ता हर्षोल्लास थिएन । पट्का उत्तिकै पट्काउँथे । मान्छेको चहलपहल धेरै नै थियो । यता भने कस्तो सुनसान । सुनसान पनि किन नहोस् । अस्ति भर्खर घरै अगाडी गाडी पल्टेर दर्जनौ मान्छे पाँखामा छरप्रस्ट देखेका गाउँले अझैँ त्रसित छन् । काको मान्छे बाच्थे त ! त्यत्रो सिङ्गो गाडिमा चारवटा पाङग्रा चै थे रे ! त्यो पनि रबरको भएर । बाँकी सबै पार्टपुर्जा धुजाधुजा । धन्न दुईचार जना हामफालेर बाचेछन् । पुर्नजन्म पाए तीनले । तीनका जय जय होस् । 

तिहारको चहलपहल बढ्दो थियो । कोही किनमेल गर्न बेसीटार बजार हिडेको भन्थे । कोही दिदीबहिनी लिन । कसैको दाजुभाइ बेसीटारमा भर्खर गाडिबाट ओर्लेरे फोन आथ्यो रे । दुई हुल फुच्चेहरु छेवैबाट बेतोडले हुइकिए । ल हेर ! सिकेदाई कि छोरी त माला उन्न सक्ने भैछ । कसका लागि उनेकी है मोरी । तेरी आमाले भाइ त जन्माकी छैनन् । घरमा त एक्लै हो । खै बा आमा । पसल्नी आन्टीले सम्झेँथे भन्दे है । गाउँ नै थर्किने गरी ठूला स्वरले फतफताउँदै पसल्नी काकी उकालो लागिन । भारी पनि ठूलै थियो । पसलका सामान होलान् । तिहार लाइछ क्यारे ! काकी मिहिनेती छिन् । काका भने बेकम्मा । केही गर्दैनन् । तै सानो पसलले धन्न व्यवहार धानेका छन् । 

गाउँ सानो हेर्दा चुटुक्क परेको । पहिल्या चाँड पर्व आउँदा शहरको भन्दा कम्ता रमाइलो हुन्थेन । ५२ घरधुरीको दुई टोलः तल्लो टोल र माथिल्लो टोल । एउटै बाजेका सन्तान । पहिल्या खुब मिल्थे रे ! पर्दा मर्दा कसैले गुहार्दा गाउँनै जुट्थे रे ! तर आजभोलि त्यस्तो एकता थिएन । खै किन हो कुन्नी केही कुरा बुझ्नै गाह्रो । कसैले कसैलाई गन्दैनथे । अर्काले तपै भनोस् या नभनोस् आफै मपै हुन्थे । त्यति राम्रोसँग कोही कसैसँग बोल्दैनथे । बाटामा भेटेकालाई बोलाउन खोज्यो चिडिँएर हिड्थे । आफ्नै शाक्य दाजुभाइ हुन् तैपनी ठुस्केर मुन्टो बटार्दै बाटो तताउँथे । दुईचार वर्ष भयो शहर पसेको गाउँमा के भैरा'छ हाम्लाइ थाहा नहुने । तैपनि बाले फोनमा भन्थे । झगडा खुब गर्न थाल्याछन् खै के भैछ कुन्नी । सानो कुरामा नि एक्कासी गम्किन्छन् । आजभोलि एकअर्कासँग खुब रिसिबी राख्छन् । दाजुभाईबिचमा राम्रो घुलमिल छैन । बोलचाल ठप्पै छ । बाले फोनमा भने झैँ वास्तवमै एकता भन्ने नामो निसानै रैनछ । मेलमिलाप त टाढाको कुरा । यत्तिसम्मको रिसिबि र मनमुटाब रैछ कि अस्ति गाडिपल्टेर छरप्रस्ट लास लडे झैँ गाउँका दाजुभाइमा भएको आन्तरिक द्धेषले सिङ्गो गाउँ नै भद्रगोल र छरप्रस्ट भा'रैछ । 

दुई घर माथि भलायखर्कमा बिजुली बलेछ । हाम्रोमा आ रैनछ । नआउने नै भएछ । हाम्रो तिर बल्ने बत्ति अन्तै गएछ ! गाउँका दाजुभाई पहल गर्न गएनछन् । किन हो कुन्नी ! दाजुभाइमा मति बिग्रेर होला । धारामा पानी नआको दुई महिना भा रैुछ । पानी बनाउँन पनि गएनछन् । पल्लो टोलका सबै मिलेर बनाएछन् । तिमरलाई पानी दिन्नम भनेछन् । हाम्रो तिर आउने पाइप नै काटेर ठेडी ठोस्देछन् । अनि के को आउथ्यो पानी । वर्ष अघि नै बाटो बन्या थियो । सबैले बेसीटारबाट जिल्ला शहर जाने छोटो बाटो भन्थे । शुरुका दुई चार महिना गाडि मज्जाले गुड्यो । तर आजभोलि के का गाडि गुड्नु कमिला तक हिड्न छोडेछ । बाटाभरी घाँस उम्रेछ । ठाँउ ठाँउमा डिल भत्केर थुम्का जम्मा भएछ । मर्मतका लागि फेरि जिल्लामा पहल गर्न गएनछन् । त्यही मौका छोपी पारीका गाउँलेहरुले जिल्लामा पहल गरेर डाँडापारीबाटै बाटो छिचोलेछन् । अहिले उतैबाट गाडि जिल्ला शहर जादो रैछ । 

तिहारको चपेटाले गर्दा त्यति राम्रोसँग गाउँ घुम्न पाएको थिइन । फुस्रद मिलाएर घुम्नु पर्ला भन्ने मनमा चै थियो । गाउँलेहरुबीचमा देखिएको अध्याँरो तीक्ततामा ज्योती छर्न आवश्य देखिन्थ्यो । १० बर्षे जनयुद्धमा एक नेपालीले अर्को नेपालीबीच भत्काएको आत्मीय सम्बन्ध आज मेरा गाउँलेदाजुभाइहरुले फेरि एक आपसमा भत्काउँदै थिए । आखिरि वास्तविकता भित्र लुकेको समस्याको जड के थियो त्यो भने कसैमा स्पष्ट थिएन । अस्पस्टतामै एक आपसमा रिसिबिको खाडल बढाउदै थिए । यसरी दिन दुई गुणा रात चौगुना गरी बढ्दै गएको खाडललाई समयमै रोकि गाउँलेदाजुभाइहरुबिचको सम्बन्धमा मिलेमतो ल्याउनु हामी सबैको लागि आवश्यक देखिन्थ्यो । जन्म र कर्मको दुबै थलो भएकालॆ समस्याको समाधान गर्नु नीतान्त आवश्यक थियो ।
आठ बजिसक्यो अझै सुतिराछ के कुम्भकर्ण झैँ सुतिरा ! उठ्ै कान्छा ! चिनि सकिएछ । बिहानै चिया पिउन पाइएन । जा पसलमा गएर लेरा । छेवैमा आएर आमा मलाई उठाउँदैै हुनुहुन्थ्यो । उठ्ने मन नहुँदा नहुँदै म उठे र कसैसँग नबोलि पसलतिर उकालो लागे । मकै घारी छिचोलेर कान्ला उक्लिदै गर्दा ईश्वरसँग झम्का भेट भयो तर ऊ कार्कीबारे दमाई ठुस्के झैँ ठुस्किएर गयो नमज्जा लाग्यो । खै ! के भाछ कुन्नि । बोल्दै नबोलि गयो । सानामा कम्ता जम्थ्यो यस्को र मेरो जोडी । अस्ति सम्म बोल्दै थियो । आज के भयो कुन्नि खै किन बोलेन । म निराश मुद्रामा त्यहाँबाट पसलतिर हान्निए । 

यो सब्को भाइभतिज हो । यस्को बास उठाउँन पाइन्छ । अस्ति भैंसी बेच्यो । हिजो मकै । आज घरको ढोका बेचेछ । लिनेले बुझ्नु पर्दैन् । यस्को आमा छैन् । बाउँ त यो जन्मिनु अघि नै बितेको थियो । एक्लो छ मुर्ख छ । बुद्धि त एकरत्ति छैन् । यस्तालाई फकाएर सामान लिनुहुन्छ । आज जस्ले यस्को सामान लिएको छ म त्यस्को ढाड नखुस्काइ का छोड्छु र ! । होहल्ला गर्दै दुई ग्रुप ग्वार्र्र्………मथिल्लो टोलबाट डाका छोड्दै तलतिर छेवैबाट कुदे । म झस्किए । डरले शरिर काप्न थाल्यो । फर्केर हेर्ने हिम्मतै गरिन तैपनि आवाज भने सुन्दै थिए । सत्तो सराप्नेमा उसैको काका रैछ । सामान बेच्दै र_िक्स पिउँछ भन्ने चै सुन्या थिए तर एकिन भने थिइन । कुरो सत्य नै रैछ भर्खर थाहा पाए । पोहोर सालसम्म केटो राम्रै थियो । अब त रक्सी नखाइ बस्न नसक्ने नै भएछ । त्यै भएर पो अघि ठुस्केर हिड्या रैछ । साथिहरुले कुरा त गर्थे एक थोपा रक्सी घुट्क्याउन पाएन भने जाडोले कामे झैँ काम्ने भाछ भनेर तर पत्याएको भने थिइन । थुइया ! विग्रेछ पो ईश्वरे त । पसलतिर हानिएको म त्यही हुलतिर लागे । गाउँलेहरु सबै भेला भा रैछन् । चर्का चर्कि बढ्ढै थियो । सामान लिनेमा माथिका ठुलारबा रैछन् । ईश्वरेको काका र ठूलाबा बिचमा गम्सा ग_िम्स बेस्मारि कस्सिदै थियो । कुरामा कुरो चल्दै जाँदा एकले अर्कालाई नानाथरी आक्षेप लगाउँदै थिए । कसले के भन्दियो कुन्नि रिसले तात्तिएका काका झ्याप्पै ठूलाबाको घाटि न्याक्न पुगि हाले । छिनमै गाउँलेहरुबीच झडप हुन थाल्यॊ । वाइसेल र युथफोस्र झैँ दूई तीन गुटमा गाउँलहरु छुट्टिए । एक गुटले अर्को गुटलाई रगतको नाता बिसे्रर पिट्न समेत पिटे । कोहिको बाउसँगको रिसिभि कोहिको घाँस चोरेको कोहिकॊ श्रीमतिसँगको झगडा कसैको पानिपधेँरो र बाख्रा बारिमा पसेको पुरानो रिसिब छ लू ! आइज भन्दै एक अर्का माथि त_िम्सदै थिए । आज तँलाई नमारि छाड्दीन । तैले धेरै नै भयो निउ खोजेको । यसरी आँखा आगाडि १९ दिने जनआन्दोलन झैँ गाउँलेदाजुभाइहरुबीच झगडा भएको देख्दा म रनभुल्लमा परे । कस्तो रिसिबि । के का लागि रिसिबि । किन रिसिबि । केही बुझ्न सकिन । पहिल्येको कुखुरो मार् या । बाख्रा खेतमा चर् या । भतिजको सम्पत्ति देखेर लुट्न खोज्या । यस्तै सुनियो र देखियो पनि । न केहि बोल्न सके न केहि सोच्न । म मा यसबारे शुन्यता थियो । बस्नु उचित नभएकाले म निरास मुद्रामा घरतिर लागे । घटौँ पछि झगडा साम्य भएछ । कसैको टाउको फुटेछ कसैको नाखि्र । कोहि रमाउँदै पनि थिए रे ! घर पुगे आमाले झाको झार्नु भयो । किन गाको त्यहाँ मर्न मन ल्याइछ कि क्या हो । चिनि लिन बिहानै निस्केको मान्छे अैले सम्म अत्तोपत्तो छैन । धन्न केहि भएनछ । मेरो त ज्यानै निकालिस नि ! खाना खाएर घाँस लिन जानु । कसैको घरमा जानु पर् या छैन । आज देउसी खेल्ने दिन हो क्यार ! पर्दैन जान । बिहानको झगडा देखिस् हैन । आमा एकसुरमा मलाई कराउँदै थिए तर वास्ता नगरी म एक गिलास पानि पिएर ओछ्यानमा पल्टिए । भुसुक्कै निदाएछु । त्यसपछि खै ! कसरी दिन बिते पत्तै भएन । न पहिल्याको जस्तो रमाइलो थियो न देउसीभैलो नै खेलियो । पहिल्येको जस्तो जुवा न तास । जति खेल्नु छ जति रम्नु छ आफ्नै घर घर भन्दा बाहिर केहि छैन मात्र डरै डर । 

Monday, November 7, 2011

श छुवान प्रान्त जाने मेरो अभिरुची


कहिले ती श छुआनको पल पललाई
शष्लेषण गर्न मन लाग्छ ।
कहिले ती प्रकृतिका अनुपम छटालाई
जीन्दगीमा विश्लेषण गर्न मन लाग्छ ।
तैपनी आज भोलि खै किन भा'छु धेरै-धेरै खुशी
अन्धो कल्पनामा डुबे म त तर पुरा हुन्छ की
श छुआन प्राप्त घुम्ने मेरो "अभिरुची"

संसारमा नयाँ-नयाँ ठाउँ घुम्ने मनोराजन गर्ने र प्रकृतिका छविसँग रम्ने मानिस शायद को नहोला र कसलाई इच्छा नहोला नयाँ परिवेशमा रम्ने र घुम्ने । त्यो अभिरुची प्राय सबैमा हुन्छ । र त्यही अभिरुची साकार बनाउनको लागि म केहि प्रयत्न र प्रयास गरिरहेको छु । मेरो वास्तविक अभिरुची भनेको त्यहाँको वास्तविक प्रकृतिको छटासँग रम्नु हो । मेरो नजरमा श छुआन प्रान्त स्वप्नसंसार हो । म त्यो स्वप्नसंसारमा डुल्न चाहान्छु घुम्न चाहान्छु फुल्न चाहान्छु र बास्नाको राग भै उड्न चाहान्छु । शायद श छुआन प्रान्त नगरी हृदयकोमलताकॊ गुलाबी शहर होला । त्यो गुलाबी शहरमा घुम्न जाने ठूलो इच्छा छ । तर फेरि भित्रि इच्छा र सक्षमताले मात्र त्यस ठाउँ गइने पनि होइन । कुनै पनि ठाउँमा घुम्न जाने अभिरुची हुनु भनेको त्यस ठाउँको कुनै आफ्नै महत्व मान्यता आधार र सुन्दरता हुनु हो । त्यही आधार महत्व मान्यता र सुन्दरताको खोजीमा म श छुआन नगरीको वास्तविक महत्वपूर्ण पक्षहरु खोज्दै छु । 

स्वच्छ वायु सरररर आँखा भरी आउँछ
श छुआनको सुन्दर दृश्य हेर्न मन लाउँछ 
मग-मग मिठो राग दिने सुन्दर-सुन्दर फूल
खोला नाला झर्नाहरु सुन्दरताको मुल 

मलाई लाग्छ श छुआन प्रान्त सुन्दरताले भरिएको शहर होला सुन्दरताले आवरण गरेको श छुआन प्रान्त नगरीको सौन्दर्यताको प्रचार र प्रसार त्यहाँका प्राकृतिक नदी नाला र झर्नाको शुशेलीले दिई रहेको होला । शायद स छुआन प्रान्त विश्वको प्रसिद्ध र महत्वपूर्ण शहर होला । हरियाली दृश्यले भरिभराउपूर्ण होला । शायद चीनको सुन्दर शहर होला । जताततै हरियालीले सुनौलो बाहार छाएको होला । जीवजन्तु र चराचुरुङ्गी स्वतन्त्र रुपमा सुन्दरताको रस लुट्दै प्राकृतिका छटामा एकजुट हुँदै घुमिरहेका होलान डुलिरहेका होलान र उडिरहेका होलान् । शायद श छुआन प्रान्त नगरीले शितल र आनन्दको ओत दिन्छ होला । चिनियाँ संस्कृति र पूर्वी सभ्यताको प्रतिक स्थल होला । श छुआन प्रान्तमा प्रकृतिका असली सुन्दर दृश्य हेर्न पाइन्छ होला र आनन्दको लामो सास फेदै र स्वच्छ र गुणस्तरको वायु पिउन पाइन्छ होला ।

"यि यस्ता रसपुाजले भरिएको ठाउँमा घुम्ने मेरो अत्यन्तै अभिरुची छ र यिनै प्राकृतिक छटामा नजर डुलाउने भित्रि चाहाना पनि"

पर्वतको काखमा 
अडेकि स छुआन प्रान्त नगरी 
टल्किने सौदर्य प्राकृतिक छटामा
डुबुल्की मारेकी स छुआन प्रान्त नगरी 

श छुआन प्रान्त बाँस घारीका लागि प्रख्यात छ भन्ने सुनेको छु । शायद त्यहाँ हरिया बाँसका झाङ्ग होलान र बाँसका सामाग्री र परिकारहरु पनि खान र देख्न पाइन्छ होला । ताल तलाउ पोखरीहरुले सङ्ला पानीको तरङ्गमा श छुआनको दृश्य पर्दाफास गरिरहेको होला । मानव बसोबास स्थलका लागि स्वर्ग जस्तै रमणीय होला । सुन्दर शहर हरियाली वातावरण स्वच्छ तलाउ गुणस्तरयुक्त सफा÷ताजा वायु मिठो खाना आनन्ददायी र मनोहर दृश्यहरु होलान । स छुआन प्रान्तमा स्थानी बासिन्दाको प्राचिन आवास र बास्तु कला र कौशल होला । पर्याप्त प्राकृतिक र मानवीय स्रोतका साथै पर्यटकीयहरुका लागि विशेष जातिय रितीरिवाज र संस्कृतिको अनुरागको संगम होला । जातिय विशेष संस्कार र संगीत होला । मिठो र रोमािाचत धुन तथा सुन्दर मौलिक र अपनत्व झल्कने प्रदर्शनहरु होलान । अफ्नै विशेष सांस्कृतिक परम्परा तथा ताजा कलात्मक विशेषता बोकेको होला । श छुआन प्रान्त जादु र सिपले भरिएको एउटा कोठरी होला । स्थानीबासिन्दाहरुको परम्परागत मौलिकता झल्कने किसिमको जीवन शैली होला । श छुआन प्रान्त एउटा यस्तो दृश्यस्थल होला जसले विश्वका हरेक दर्शकहरुलाई आकर्षित गरिरहेको छ । शायद श छुआनप्रान्तको मौलिक संस्कृति र परम्पराले चिनियाँ संस्कृतिको नै प्रतिनिधित्व गरिरहेको हुनसक्छ । 

"सामाजिक साँस्कृतिक भाषिक वातावरणीय र मौलिक विशेषताले भरिपूर्ण श छुआन प्रान्त नगरीमा पुगि नजिकिएर बुझ्ने चाहना र अभिरुची छ ।"

मनै सलबलाउने प्राकृतिक मनोहर दृश्यहरु
खोल्छा र खोल्छीहरुमा बग्दै गरेकी नदी र नालाहरु
लहलहाउँदा हरियाली बसन्तका पातहरु
बगैचामा फुलिएका विभिन्न फुलका जातहरु 

शायद श छुआन प्रान्त नगरी जगतको उत्तम उपहार होला । त्यहाँका प्राकृतिक सौर्दइयता र प्रकृतिका छटा छवि वनजंगल नदी नाला सबै सुन्दरताको द्योतक र जीवन्तता होला । छुट्टै अपनत्व मौलिकता अस्तित्व संस्कार संस्कृतिक रहनसहन भेषभुषा भाषाभाषि र शहरको सुगन्धीत अनुराग होला । इतिहासका लागि कलाका लागि संस्कृतिका लागि आर्थिक व्यवसायका लागि आकर्षण थलो होला । स्थानीय मुलको जाति र भाषा साह्रै पि्रय र मनोराजनात्मक किसिमको अपनत्व झल्कने किसिमका होलान् । 

"इतिहासका लागि संस्कृतिका लागि कलाका लागि छुट्टै स्थानीय अपनत्व बोकेका श छुआन्त नगरीको सांस्कृतिक रहनसहनमा भिज्ने मेरो अभिरुची छ ।"

पवित्र झर्नाका जलहरु
स्वच्छ र सफा वायुहरु
मनै लोभ्याउने गरी सजिएकी
प्राकृतिक सुन्दरताले भरिएकी
मगमगाउने अनुरागहरुले ढाकिएकी

वास्तवमा मनका अन्तर कथालाई पोख्ने हो भने हिमाली पर्खाल र तिब्बतको विकट यातायातले चिन र चिनका महत्वपूर्ण स्थल हाम्रा लागि एक देशको कथा जस्तै छ । तैपनि त्यो कथा भित्रको पगरी कथामा काल्पनीक दुनियाँको शुसुवास श छुआन प्रान्त नगरीले मेरो भित्रि आत्मामा छरिरहेको छ । श छुआन प्राप्तको साहित्य कला संस्कृति र परम्परा सोचनिय र चिन्तन गर्ने प्रवृत्तिका होलान । जुन सभ्यता र संस्कृतिको रस पुाज सलबलाई रहेका होलान् । भित्रि आत्माले चित्रण गरेर अलौकिक संसारको आनन्द लुटिरहेको महशुस हुन्छ होला । पक्कै रसपुाजको शोकाकुलमा तृप्ती मेटाउने मनका सौहार्द मेटाउने प्राकृतिक अनुपमको अनमोल प्यालाले भरिएको शहर होला । प्रकृतिले श्रृगारेको स्रष्टा र विद्धानले प्रेम गरेको छटाले मोलिएको एक सदाबहार अटल शहर होला । शायद विश्वका लागि एक पृथक अस्तित्व र अपनत्व झल्कने र सुन्दर देखिन्छ होला । शायद प्रविधि र विकासले त झन् श छुआन प्रान्तले नयाँ युगान्तकारी काँचुली फेरेको होला । साच्चै भन्ने नै हो भने मेरा भित्रि आत्माको सामुन्द्रकीक छाल उठेर भित्रि आत्मीय ज्वाला उकुस मुकुस भई तुरुन्तै श छुआनका दृश्यावलोकन गर्न गइहालू जस्तो भै हाल्छ । 

"साहित्य सभ्यता र संस्कृतिको सदाबहार सौहार्द शहर होला । जुन सभ्यता र साहित्यमा मन्त्र मुग्ध हुने मेरो अभिरुची छ ।"

यो मेरो काल्पनिक यात्राको उचाई हो । वास्तविक यथार्थ गन्तव्यमा मेल खायो भने उपल्लो श छुआन प्रान्तको प्राकृतिक सुन्दरताप्रति म मोहित भै हाल्थे । पक्कै पनि छहराको सौर्दयताले मेरो भित्र मन मुग्ध बनाउछ होला । श छुआन प्रान्तको सौर्दयता सिसाझै टल्कने हिउँ झै चम्किने आत्मियतामा जोडिने हिराको टुक्रा जस्तै होला । मनका तिर्खा मेटाउने अनुपम शहर होला प्रकृतिको अनौठा र आर्चयचकित छटा होला र वर्णन गर्न नसकिने सौर्दयताका लहर बोकेको होला । श छुआन प्रान्त अधेरीमा पनि उज्यालो झै चमक भरी प्रकाशमा तरङ्गीत भएको महशुस गराउने पर्यावरणीय स्थल होला । 

सुन्ने र पढ्नेलाई श छुआन प्रान्त नगरीको बारेमा जति अनौठो र आर्चय लाग्न सक्छ म आफैलाई पनि त्यस्तो लाग्छ कि मैले जे श छुआनका बारेमा रचिरहेको छु साच्चै निकै फरक शैली र संस्कृतिको अपनत्व र मौलिकता भएको होला । मेरो अन्दाजमो फुलका थुंगा सुनका बाला प्रकृतिका नालाका संगम स्थल होला । संसारको छानो आकाश झै भौगोलिक रुपमा श छुआन प्रान्त नगरी विश्वको प्राकृतिक विविधताको छानो होला । जहाँ हरियालीको अचल पर्यावरणीय भएको नजिक नजिक आँखा तिरमिराउने गरि आकाशबाट परार्वतन भई आएको सूर्यका सप्तरङ्गीले छरेका प्रकाशले टल्कँदा जताततै फैलिएको अग्ला होचा र बुदूने पहाड होलान । कतै खुरिखण्ड त कतै प्राचिन समयमा दरबार मठमन्दिर गुम्बाहरु प्रशस्तै होलान । विभिन्न समयमा धर्मगुरुहरुको समाधि दरबार भित्र सजिएर रहेका होलान् मन्दिर भित्र होलान् र गुम्बाहरुमा पनि । मन्दिर र गुम्बाहरु भित्र अजङ्ग विशाल मूर्ति होलान कला र कौशलले निपूर्ण वस्तुकला होलान कला र कृतिको अद्धृत संग्रहको संग्रहित पनि होला । श छुआन प्रान्तको बाहिरी आवरण दृश्य पक्कै पनि स्वर्ग जस्तै हराभरा जति हेरे पनि न सकिने सोर्दयका फाँटहरु अन्तरमनका रागहरु रमाइला जीवन्तता बोकेका अनुरागहरु………………………। 

"पक्कै पनि श छुआन प्रान्त नगरी स्वर्ग जस्तै हराभरा जति हेरे पनि नसकिने सौर्दयताका फाँटहरु अन्तरमनका रागहरु रमाइला जीवन्तता बोकेका अनुरागहरु- यिनै विविध विशेषताकै कारण गर्दा श छुआन प्रान्त जाने मेरो अत्यन्तै ठूलो भित्रि अभिरुची छ ।"

Saturday, November 5, 2011

कल्प व्रिक्ष की वीष व्रिक्ष

राष्ट्रका निम्ति 'कल्पवृक्ष'हरु 
नेपाली आमाले जन्माइन हुर्काइन
र फलदायी 'कल्प वृक्ष' बनाईन् 
तिनै 'कल्प वृक्ष'ले फलाएका 
कुनै सुपुत्रहरु मेरर 'शहिद' भए,
तिनै 'शहिद' को रगत माथि 
टेकेका अर्का सुपुत्रहरु त ! 
'विष वृक्ष'ले जन्माएका जस्ता पो ! भए 
ती 'दानव' भएर निस्के,
'बन्द', 'हड्ताल' र 'कू' गर्न तड्पिए
कैयौँ नेताको हातमा अड्किए
कैयौँ िहंसा हत्या र विकृतिमा होम्मिए 
तिनै फलदायी कल्पवृक्षका कैयौँ सुपुत्रहरु ! 
घातक विष वृक्ष बनी उमि्रए
यिनले दुःख दिन थाले पोल्न थाले
अबुझ हामीमाझ
जम्न खोजे रम्न खोजे र हडप्न खोजे 
तर 
हाम्ले प्रतिकार गर्न सकेनौँ
लखेट्न नी सकेनौँ ! 
आखिर यी दृष्ट वक्ष के चाहन्छन्
किन आफैँ छटपटाउँछन् 
शान्तिको भूमिमा युद्ध झोस्न चाहन्छन्
यिनमा विश्वास कसरी लिने
देशलाई त विगार्छन् नै हाम्लाई समेत मार्ने पो हो कि 
मातृभूमिको अस्तित्व लुट्ने पो हुन् कि 
होशियार ! बन्नुैपर्छ अब हामी
समय फेरिएको छ बदलिएको छ 
राजनैतिक अस्थिरता छ 
आफ्नै भूमिमा दाजुभाई काटिएका छन् मारिएका छन् र कुटिएका छन् 
यी सबै कू-कार्यमा
'कल्प वृक्ष कि विष विक्ष'