२०५८ सालतिरको कुरो ।
त्यसबेला म कक्षा ७ मा पढ्थे । बहिनी ४ कक्षामा ।
घरमा आमा, बहिनी र म थियौँ । बा र दाईदिदी शहरमा बस्थे । दाइदिदी
उतै जन्मेका रे ! आमा सुनाउथिन्
। हामी पनि जन्मेको त उतै हो रे !
तर बाल्यकाल भने गाउंतिर वितायौँ
। अब त के शहराँ जन्म्या भन्नु ? आमा सर्माउथिन् ।
गाउंको जग्गा कमाउन
(कमाउदै आएको मान्छेले) छाडेपछि जग्गाको माया लागेर आमा गाउ पसिन । दुख गर्न, पसिना
खसाल्न । हामि सानै थियौँ । आमाको
न्यानो काख छाड्न नमान्ने । त्यहिभर बहिनी र म आमासंगै गाउ
पस्यौँ । गाउतिरै हुर्क्यौँ, पढ्यौँ । तर, दाईदिदी भने यतै शहरमा
पढे, हुर्के ।
साउनतिरको बेला हुनुपर्छ । ठुलो झरी पर्यो । गाउले
थाम्नै नसक्नेगरी । तल्लो डांडातिरको दश बाह्रवटा बारीका पाटा बगे । शिरबोटेको
पाखो खस्यो । सल्लेनितिरका सल्लाका रूख ढले र माटोसंगै बगे । खहरे थर्काउदै
सुनकोशितिर जोरि खेल्न दौडियो । भलका
जुल्फि उचाल्दै ।
धन्न गांऊ भने बगेन । कसैका घर बगेनन् । गाउले यसैमा
खुशी देखिन्थे ।
तर, बहिनी र म भने खुशी थिएनौँ । झरि पर्नु अघि कार्किबारी
डांडाबाट बटुलेका स-साना कमिला बहिनीले थैलिमा जम्मा गरेकि थिइ । घरमाथिको बाटाका
खुड्किला, आंटको बोट मुन्तिर हामि कमिलाको घर खेल्थ्यौँ । जुज्यालाका भाटा ठड्याएर
सतिबेरका पात माथिबाट बिछ्याएको झुप्रो भित्र ।
मसिनो पानि
केहिबेरदेखि पर्दै थियो । आमा घरमा
थिइनन् । बेलुकी सांझतिर घास काट्न पोखरी जानु भएको थियो । बहिनी र म बाटामा
बनाएको झुप्रो भित्र कमिला खेल खेल्दै थियौ । सतिबेरका
पातले थोपा धानेकै थिए । कहिले कमिलाको बिहे गर्दिन्थ्यौँ । माटाको भात पकाउंथ्यौँ र खाएजस्तो गर्थ्यौँ । यस्तै
यस्तै ।
तर अचानक, पानी दर्कियो । ठुला ठुला थोपा
खस्न थाले । भल बढ्न थाल्यो । कटेरोले ठुला थोपा थाम्न सकेन । सतिबेरका पात छेडेर
थोपा हामीलाइ चुम्न आइपुग्यो । हामी दौडिएर
दलिनको खाटमा बस्यौँ र बलेसिका बाछिट्टामा
खुट्टा भिजाइ खेल खेल्न थाल्यौँ ।
बहिनी आत्तालिदै बोलि- 'थैलिका
कमिला । ला, आटको बोट मुन्तिर राखेथे ।'
बहिनी रून थालि । म
फकाउन । पानि केही मधुरो भएपछि बहिनी र म रुज्दै कटेरो भएतिर गयौँ । पुग्दा न
कटेरो थियो, न थैलि । सबै बगाइसकेछ । ठुला ठुला
भुल्का उठेका भलसंगै तल बासघारिसम्म गयौँ । किन भेटिन्थ्यो ? तल्लाघरे काकाले
देखेछन् । बरू उल्टै गालि खाइयो । हकार्दै कराए -'माइलिका सन्तान कता
कुदेका हँ ! चिसो लाग्छ । तल सल्लेनितिर पहिरो गयो
भन्थे- झार्ला डफ्कातिर । आमा भर्खरै साइलिको घरमा घासको भारी ओत लगाएर चिन्ता
पोख्दै थिइ ।
'केटाकेटी फेरी चिसोले बिरामी
पर्ने भए ।'
कुरो २०६९ साउनतिरको ।
सुदुरपश्चिम जिल्ला, दार्चुलातिर । ०५८ सालतिर हाम्रो
गाउतिर झैँ झरि सन्कियो । खोला उर्लिए । हाम्रो त कमिला र कटेरोमात्र बगाएथ्यो । बारी,
पाखा, बन र सल्लेनीमात्र बगाएथ्यो । त्यहां त सदरमुकाम बगायो । मान्छे बगाए ।
यो त पश्चिमतिर केहि महिना अगाडिको एउटा दर्दानक उदाहरण
थियो । यहाँ ७५ जिल्लाभरिनै यस्ता घट्ना तथा मानवीय समस्या भइरहेका थिए, छन ।
वास्तवमै, हामी
कमिला जस्तै भएका, बनाइएका छौ । विश्वका मान्छेलाइ
संम्भवत हामी कमिला जस्तै लाग्छ
होला ? शहर बग्छ । संगै गास, बास र कपास । मान्छे
पनि बग्छन् । तर....,
'त्यो दिन कमिलालाई हामिले बचाउन सकेनौँ ?'
'यहां बचाउन सक्दैनन् मान्छेलाइ'
सरकार दुइ, तीन करोड बाबालाइ दिन्छ । पत्रपत्रिकामा
देखिन्छ । रेडियोमा सुनिन्छ । तर, समस्यामा
परेका जनताका लागि न समयमै पैसा पुग्छ न राहत ।
कमिला बग्दा रोएकी बहिनीको
चिन्ता मलाइ थियो । हाम्रो चिन्ता आमालाइ । हाम्रो सरकार त आमा नै थिइन नी !
'यहाँ मान्छे (जनता) बग्दा चिन्ता कसलाइ ?'
'सरकारलाई'
'किन हुन्थ्यो ?'
'सरकार जनतालाई संधै कमिला
सम्झिन्छ'