Wednesday, October 10, 2012

म हारेको मान्छे

पछ्याउँदै, सुकेका आशहरु,
गाउँबाट 'शहर' हिँडेको मान्छे,
'ढुंगो' भइ फ्याकिएको,
'', टुंगो नलागेको मान्छे
'कटेरो'को गल्लीबाट,
एक मुठ्ठी साँस ओकल्न,
'गाँस' बटुल्न, हिँडेको मान्छे
टुटेका 'ज्ञात'हरु,
पुन: 'फुटाल्न' शहर फिरेको मान्छे,
'अक्षर चिनेका' ज्ञानी बज्रस्वाँठ अन्धाहरुमा
हजुर ! '' त गिरेको मान्छे,
'सम्भावना' खोस्रदै,
भर्खरै हिजो, शहर छिरेको मान्छे,
'जीत' खोज्दै शहरमा,
बर्षौ भौतारिएको मान्छे,
सबैको नजरबाट,
अझैँ रीत नपुगेको मान्छे,
किन सोध्छौँ?
पटक-पटक
दुनियाँबाटै
'
म हारेको मान्छे'

No comments:

Post a Comment