Wednesday, August 15, 2012

भष्ट्रचारीलाइ जेल कि शूली ?


हिन्दु धर्ममा 'कर्म' लाई मानिसको सबै भन्दा ठुलो 'धर्म' मानिन्छ । र, भनिएकै छ चाहे सानो होस् वा चाहे ठुलो होस् श्रमको कुनै मूल्य हुँदैन, पसिना हुँदैन, रंग हुदैन र रुप हुँदैन । 'काम गर फलको आश नगर' हामी सबैमा विदितै वा भनौँ हामी सबैको मुखमा झुण्डिएकै उक्ति हो तरपनि नेपाली राजनीतिका नेताहरु र समाजका कैयौ व्यक्तिहरुमा भने यो उक्ति ठिक उल्टो छ 'काम नगर, फलको आश धेरै गर' । सक्छौँ लुट, नसके फुट (जर्जरा भद्रगोलको स्थिति पैदा गर) र मान, प्रतिष्ठा, सम्पत्तिका लागि सत्तासिन हुन पुन: चलखेलमा जुट चाहे त्यो पारिवार भित्र होस्, चाहे त्यो सामाजिक क्षेत्रमा होस्, चाहे त्यो राजनीतिक, सांगठनीक वा अन्य कही । 

सुरुवातमै माथिका पङ्त्तिहरु कर्म (काम) बाट किन शुरु गरिरहेको छु भने मानिसले जीवन समयमा जस्तो कर्म (काम) गर्दछ, अन्तत्वगोत्वा त्यहीअनुरुप फल प्राप्त गर्दछ । र, शायद त्यसैको उपज होला भष्ट्रचारीको खेमामा परेका अर्का यी नयाँ भष्ट्रचारी खुम बहादुर खड्का ।

नेपाली राजनीतिमा समय अघि र अहिले 'उल्लु' न हामी न यी भष्ट्रचारीहरु नै थिए र, छन् । भन्नाले ती समयमा न्यायिक निकाय 'गौण' थियो, 'मौन' थियो कारण कागजी प्रकृयामा मोलमोलाइ हुन्थे । पैसा हुत्तिन्थे, कदम बीचमै तुहिन्थ्यो र यी भष्ट्रचारीहरु (अन्य पनि छन् जस्को कर्तुत उजागर हुन बाँकी नै छ) सैयौँले एकलौटी लुड्याइरहेका थिए । र, त भृर्तहरिको भनाइलाइ जगदिश घिमिरेले अन्तर्मनको यात्रामा उहिल्यै लेखेकै थिए - कहिले सत्य, कहिले असत्य, कहिले कठोर कहिले मधुर बोल्ने, कहिले घातक कहिले दयालु, कहिले लोभी कहिले दानी, सधैँ खर्चिरहने र निरन्तर प्रचुर आम्दानी पनि भइरहने राजनीति वेश्या जस्तै बहुरुपी हुन्छ । ती बहुरुपमा 'भष्ट्रचारी' को रुप पनि त समाविष्ट भएकै हुन्छ ।   

खैर, अब प्रसङ्गतिर लागौँ । प्रथमत: 'भष्ट्रचारीलाई किरा परोस्' भन्ने नारा टिसर्टमा लेखिएको र सकृय युवा तथा सामाजिक अभियन्ताहरुले गरेको अभियानहरुमा समय अघि देखेको/सुनेको थिए । र, सोचेको पनि थिए- साँच्चै एक दिन भष्ट्रचारीहलाइ किरा पर्ला त ? यदि त्यसो हुँदो हो त किरा होइन जेल नै परेको राम्रो । परे पनि, पर्नेवालामा पनि छन्, अवश्य पर्छन नै । जनतासंग प्र.म.को भलाकुसारीमा सुशासन तथा भष्ट्रचार शुन्यशिलताको लागि प्रतिवद्ध छु भनेका प्र.म.को बोलि बोलिमै सिमित रह्यो । कार्यान्वयनमा शुन्यता रह्यो र भष्ट्रचारको विगविगि भने शतप्रतिशतशिलतामा रहेको पाइयो । आखिरी सब्बै राजनीतिज्ञको राजनीति त कुहिएकै आलुको बोरा भित्रै न हो ? वास्तवमै भन्नुपर्दा भष्ट्रचार राजनीतिक दल भित्रै मौलाएको छ र यसैको असर अन्यत्र जहितही रहेको छ । त्यही राजनीतिज्ञ देशको सर्वोच्च पदमा पुग्छ । सांसद, मन्त्री बन्छ अनि भष्ट्रचारको अन्त्य होइन भष्ट्रचारको रोग फैलाउँछ । उदाहरण: जो कोहीलाई दिनै परेन देखि नै रहँनु भएको छ र अझै देख्न बाँकी नै छ । भनेपछि सतही रुपमै बुझ्न सकिन्छ नेपाली राजनीतिमा भष्ट्रचार बढ्नुको मुल कारण भनेकै शक्ति र सत्ताप्रतिको मोह हो । त्यसो नहुँदो हो त अलि कम हुन्थ्यो कि ? भन्ने प्रश्नको लागि उत्तर दिन सकिने कुनै आधार भने छैन । तरपनि सत्य चै के हो भने नेपाली राजनीतिमा स्वच्छ छवि भएको व्यक्ति कमै छन्, र छैनन् नै भन्दा पनि हुन्छ । किनकी ती सबै प्राप्ति को एउटै मूलमन्त्र भनेको 'पैसा' हो, उपाय 'भष्ट्रचार' ।

हुनत भष्ट्रचार कुनै नौलो कुरो भने होइन । हाम्रो जस्तो अल्पविकसित तेस्रो धर्वीय देशहरुमा भष्ट्रचार दिनप्रति दिन बढ्दो अवस्थामा छ । भष्ट्रचार नेपालमा मात्र होइन विश्वका कुनै पनि राष्ट्रमा ठुलो वा सानो अनुपातमा भएका छन् । हाम्रै छिमेकी मुलुक भारत मै देख्न सक्छौँ । शायद भष्ट्रचार ठुलै परिणाममा हुने भएकैले होला भष्ट्रचार विरुद्धमा अन्ना हजारे र रामदेवको अभियान तीव्ररुपमा जारी छ । भनेपछि निष्कर्षमा के आँकलन गर्न सकिन्छ भने उच्च नेतृत्व तहका नेताहरुकै भष्ट्र मति भएपछि राष्ट्रमा भष्ट्रचार हुने नै भयो । यसमा कसैको दुइमतै छैन ।

अन्त्यमा, उप्काउँन खोजेको विषयमा के थियो भने समाजमा रहेको कुनै एक नागरिकले कानून विपरित कुनै काम गर्दा न्यायालयले फौजदारी मुद्दा चलाई घट्नाको प्रकृति हेरी सानो ठुलो बिगो संगै जेल चलान गर्दछ । तर, यहाँ राष्ट्र, राष्ट्रियता र आम जनताको भविष्य बनाउँने नेतृत्वदायी जिम्मेवारी बोकेका नेतृत्वतहबाटै भएका यस्ता भष्ट्रचारको मुद्दामा गरिएको दण्ड भने अत्यन्तै कम रहेको पाइन्छ उदाहरणमा हिजोको सुनुवाइलाइ लिन सकिन्छ । वास्तवमै यस्ता भष्ट्रचारीहरुका लागि कानूनमै मृत्युदण्डको सुनुवाइ राख्नु पर्ने हो तर मृत्युदण्डको सन्दर्भमा नेपालको ऐन कानुनमा केही तोकिएको वा राखिएको छैन । तर सामाजिज सद्भाव, सहिष्णुता, सह-कार्य, सुशासन कायम गर्दै राष्ट्र विकासको महत्वपुर्ण पदभार सम्हालेका उच्च पदाधिकारीहरुबाटै यस्ता चरित्रहिन कार्य हुन्छ भने तपाई आफै भन्नुस यी भष्ट्रचारीहरुलाइ जेल कि शूली ?    

Sunday, August 12, 2012

युवाका कुरा


सन् २००० देखि बर्षेनी अगष्ट १२ को दिन अर्न्तराष्ट्रिय युवा दिवस मनाँइदै आएको छ । यस वर्ष पनि 'युवा दिवस' विगत वर्ष झै विश्वभरिका युवासँ'साथ साथ, संगै संगै' को सहकार्य अभियानमा छ । र, नारामा भनिएकै छ "सुन्दर विश्व निर्माणका लागि युवा संगको सहकार्य ।"

विश्वका प्राय: सबै देशले विकास र परिवर्तनलाई आत्मासाथ गर्न युवाशक्ति परिचालन र सहकार्य अत्यन्तै आवश्यक छ, भनिरहँदा नेपालमा भने युवा को अवस्था कस्तो छ ? राज्यले युवाशक्तिको सहि परिचालन र सदुपयोग साच्चै गर्न सकेको छ कि छैन ? भन्ने यावत प्रश्नहरूमा हज्जारौँको प्रस्ट उत्तर छ जो कोहिला सोध्दा उत्तर थुकका छिट्टा भन्दा पहिले ठोक्किन आइपुग्छ भने जस्तो युवाशक्तिको सदुपयोग छैन । देशमा युवाको अवस्था अष्पष्ट र जटिल छ । सहि तरिकाले म्बोधन हुन सकेको छैन । नाजुक,  पीडादायिक छ। 

आज 'अर्न्तराष्ट्रिय युवा दिवस' मनाइरहँदा लेख्न मन लागेको कुरा के हो भने देशमा नेताको कुरा, पत्रकारको कुरा, कलाकारको कुरा, नागरिक समाज तथा अगुवाइको कुरा, उद्यमीको कुरा (केहि राम्रा) पनि छन्तर धेरै जसो अर्थहिन, स्वादहिन र वेकम्माको तीतो यथार्थका छन् । र पनि संचार क्षेत्रमा हरेकदिन अर्थात् पत्रपत्रिका टेलिभिजनमा हेडलाइन भईरहेका छन् । तयहाँ सकरात्मक सन्देश सहित हज्जारौँ युवा छन् जो देशका लागि केहि गर्न मरिमेटेर पसिना बगाइरहेका छन् । ती जमातको प्रयत्न र कामको कुरा कहाँ छ ? को सुन्छ ?  सुनाउँने को छ ?  , देशमा केहि गर्ने मनसायका युवा के गर्दै छन् ?  युवाशक्तिको सदुपयोग तथा संचालन गर्न स्थापना भएका सम्बन्धित  निकाय र संयन्त्र के गर्दै छ ? हालसम्मको प्रगतीको अवस्था कस्तो छ ? भन्ने विषयमा आम युवाहरूला न जानकारी छ, न त्यस्ता कुनै लक्षित कार्यक्रमको अवसर नै । यसर्थ, यस विषयमा स्पष्टरुपले सम्बोधन हुनु अत्यन्तै आवश्यक रहेको देखिन्छ । देश विकास तथा अर्थतन्त्रको धरोहर मानिने युवाशक्ति देशमा निष्कृय तथा लुप्त अवस्थामा छ । सबैमा सर्वविदितै छ अवसरको प्रस्फुटन छ, युवाशक्तिको सदुपयोग । युवाशक्तिलाइ बेवास्ता गरेर देश विकासको सपना देख्नु-देखाउनु घुमिफिरि कुरो उही हुन आउँछ नेताले देशको समग्र अवस्थालाई नबुझी भाषणमा स्वीजरल्याण्ड बनाउँछु भने जस्तै । तसर्थ  "युवासँग कुरा होइन काम गर, युवालाई प्रयोग र सम्मान गर ।"  युवाका कुरालाइ पनि प्राथमिकतामा राखि सहकार्य तथा समन्वय गर्दै अगाडी बढ्दा बृहत्तर विकासमा जोड पुग्ने हुनाले राष्ट्रलाई ऐतिहासिक उचाईतिर लम्कन अवश्य सहयोग पुग्नेछ ।

, त्यस्ता सहकार्यमा युवालाइ लक्षित गरी स्वरोजगारका कार्यक्रम संचालनमा ल्याइनु पर्छ । एउटा भनाई छभोको पेटले न शान्ति आउँछ, न क्रान्ति नै सफल हुन्छ । त्यस्तै युवाशक्तिको सदुपयोग नगरि देश विकास कसरी सम्भव छ ? देश विकास र अर्थतनत्रको सबलिकरणको लागि स्वरोजगारका कार्यक्रम तथा देशमा औद्योगिकरणको वातावरण सिर्जना गर्नुपर्छ  । खेर गइ रहेका युवा शक्तिलाइ उत्पादनशिल क्षेत्रमा प्रयोग गर्नुपर्छ । शिक्षित तथा अशिक्षित दुवै प्रकारका वेरोजगार युवाहरुलाइ क्षमता अनुरूपको अवसर उपलब्ध गराउन विभिन्न व्यवसायिक कार्यक्रम, तालिम तथा आर्थिक सहयोग गर्न सरकारले नीति तथा कार्यक्रम बनाइ संचालन गर्नुपर्छतब न देशको द्रुतर विकासमा युवाको महत्वपूर्ण भूमिका देखिन्छ । तर बिडम्बना  ठुलो मात्रामा एकातिर प्राकृतिक स्रोत खेर गैरहेको छ भने झण्डै ० लाख भन्दा बढी युवाशक्ति विदेशमा श्रम बेच्न बाध्य छन र चौमासिक रुपमा ३/३ लाख युवाशक्ति विदेशिने क्रम जारि छ । भनेपछि देशमा युवासँगको सहकार्य र युवाशक्तिको सम्बोधन हुन नसकेको कुरा घाम झै छर्लङ्ग बढ्दो राजनीतिक अस्थिरता तथा संक्रमणले कैयौँ युवाविद्यार्थीहरू दलगत हतियार भएका छन् । युवाशक्तिको समुचित सम्बोधन हुन नसक्नाले विविध क्षेत्रमा विकृति, विसंगती,  एक अर्काप्रतिको बढ्दो वितृष्णा, असहयोग मनमुटा जस्ता विसंगतीहरू बढ्दो रुपमा देखिएको छ ।

अब, समाधान के ? भन्दैगर्दा कुमालेको कलात्मक हातले बनाइएका माटोका सुन्दर भाडा झै युवाहरूलाई अवसर दिने वातावरण सिर्जना गर्नुपर्छ । हरेक क्षेत्रमा युवाशक्तिको पहुँचलाइ विस्तार गर्ने, क्षमता वृद्धि गर्ने हो भने विश्वका युवाहरूले गर्न सक्ने काम के नेपाली युवाले गर्न सक्दैनन् ? अवश्य गर्न सक्छन् । यहाँ कार्यक्षमता प्रदर्शन गर्न सक्ने धेरै जुझारु युवाहरू छन् । तीनिहरुको प्रयत्न तीखो छ तर सम्बन्धित निकायबाटै तीन्लाइ बोधो बनाउँने काम भइरहेको छ । अनि कसरी देशको विकास हुन्छ र हुन्छ युवाको सदुपयोग अब राज्यले युवाको कुरा सुन्नु पर्छ । केहि गर्न चाहाने युवाहरूलाई वातावरण दिनुपर्छ र आम युवाको कुरालाइ सहि गलत केलाएर पथप्रदर्शकको भुमिका माथिल्लो तहबाट भएमा सुन्दर नेपाल निर्माणको लागि युवासगको सहकार्यले सार्थकता पाउनेछ