फोन भ्राइव्रेसनमा रै'छ । कम्पन्नले झस्कायो । जुरूक्क उठेर हेरे । साथि सुनिलको कल रै'छ । यति बिहानै के फोन गरेर निन्द्रा बिगारिदिएको होला ! रिसै उठेर आयो । मनमनै सरापे । वेकारमा बिहानै डिस्ट्रब गर्छ भन्या, कस्तो साथि बनाइछु । हिजो राति कुन केटिसँग च्याट गर्न पायो । लभ पर्यो भनेर गफ दिन होला । मनमनै गमे । निन्द्रा बिगारिदिएको रिसले फोनै काटिदिए ।
टेबुलको घडि ताने र हेरे । धेरै होइन, भर्खर आठ बज्या रैछ । फर्ुसदै फर्ुसद । शनिबार, बिदाको दिन । मिठो निन्द्रा छोडेर सालेको वाइयात सुन्छन् । बल्याङ्केट तानेर फेरि ओछ्यानमा ढल्दिए । फेरि कम्पन्नले झस्कायो । भुकम्प नै आयो कि क्या हो । डर लाग्यो । केहि महिना अगाडि बिहानै आथ्यो रे तर मैले थाहापाइन । बिहानैको ट्यूसन क्लास थियो । उठिसक्या पनि थिए तर पत्तै पाइन । म उल्लु हो कि भुकम्प । कम्से कम थाहा त दिएर आउनु ! यस्को पनि भरै छैन । आउनु नै थियो भने सबैले थाहा पाउने गरि समय मिलाएर आउनु नि । कम्तिमा प्राकृतिक कम्पन्नको अनुभव त हुन्थ्यो । कति यै थोत्रो सेटको कम्पन अनुभव लिनु । सेट ताने र पर्दामा नियाले । त्यै सालेको रै'छ । हैन गतिलै भेट्टायो कि क्या हो । फोन उठाए ।
'शनिबार यार ! के छ त आज ।' ऊ बोल्यो ।
मलाई उस्को वाइयात कुरा सुन्नु थिएन । त्यै भर पारो तात्या झैँ झोक्किएर भन्दिए, के हुनु बिदा छ नी आज ।
'जोक नगर न यार, त्यो त मलाई पनि थाहा छ नि ! तर "आज गुड स्याटरडे प्लान" के छ पो भनेर सोधेको ।'
केहि छैन । बिहानिपखको कस्तो मिठो निन्द्रा थियो । त्यो पनि तैले बिगारदिस । अब के हुनु । कुरा टुङ्गनि नपाउँदै उ बोल्यो । 'गुड म्यान' केहि प्लान रैनछ, राम्रो भयो । त्यसो भए त तुरून्त गौशाला आ ।
हृया ! किन आउनु, केही काम छ । त्यसै यस्तो चिसोमा आउन्न । हुन्देस, तेरो फन्टुस फेसबुक गलप|mेड वाइयात दन्तेकथा सुन्न ।
'ल के भन्छ यो, के कुरा गर्या, मैले त केहि बुझिन नी । अस्ति नमोबुद्ध जान मन लागेको छ भन्या हैन तैले कलेजमा । जान्छस् भने तुरून्त आ । नत्र अलि बेरमा बस छुट्छ फेरि । "प्राज्ञिक विद्यार्थी परिषद्ले" पिकनिक आयोजना गर्या रैछ क्या ! त्यहि भर पो तँलाई बिहानै फोन गर्या, नत्र किन गर्नु । पिकनिक स्पट पनि उतै रैछ । मलाई पनि जान मन लाग्या तँलाई पनि । जाने भए आ । नजाने नै भए त केहि छैन, म चै कनर्फम जाने भए ।
ए नमोबुद्ध पो ! अघि नै भन्नर्ुपर्छ नी, ल ! ल ! पर्खि । म आइ हाले ।
लुगा लगाएर म पनि गौशालातिर हानिए । बस छुट्नै लाग्या रै'छ । सुनिल र म सँगै बस्यौँ । अरू साथिहरू पनि थुप्रै थिए तर चिनेको थिइन । सुनिलले भने केहिलाई चिनेको रैछ । उनिहरू बोल्न खोज्दै थिए तर ऊ बोलेन । केहि छिनपछि बस नमोबुद्ध तिर कुद्न थाल्यो । बस सानो, मान्छे धेरै । खुट्टा टेक्न ठाउँ थिएन । तैपनि मादलको धुनमा गित सुराल्न र नाच्ने प्रयत्न भने सबै गर्दै थिए । भिडभाड अनि रमाइलो के चाहियोस् । यात्रा सरेको पत्तै भएन । करिब ३ घण्टा को यात्रा रैछ । हामि त्यहाँ १२ बजे तिर पुग्यौँ । पिकनिक स्पट सबै प्याक । शनिबार भएर होला, काठमाडौँबाट धेरै हर्ुर्रिएका ! खासै नौलो भने केहि देखिन । तैपनि आन्तरिक पर्यटक र बाहृय पर्यटकको उपस्थित रौनक, मेला झैँ थियो । डाँडो अनि त्यसमा पनि पाखो जग्गा । गन्तीमा दर्ुइ चारवटा घर र डाँडाको टुप्पामा गुम्बा ।
पिकनिक व्यवस्थापनका केहि साथिहरू स्पट खोज्न थाले । कोहि पानी व्यवस्थापन गर्न र अन्य साथिहरू सामान ओर्सार्न । साथि र म नयाँ भएकाले होला हामिलाई केहि जिम्मेवारी दिइएन । हाम्रो काम नदेखिएपछि साथि र म गुम्बा घुम्न डाँडातिर उकालो लाग्यौँ । गुम्बा घुम्यौँ । राम्रै लाग्यो । नराम्रो पनि के भनौँ कोरियाको सहयोगमा तीनचारवटा पक्का घर डाँडाको टुप्पोमै ठडिएका, प्रायः सबै घरमा बौद्ध कला सामग्रीले सजाइएका, देख्दा तीब्बती शहर झैँ लाग्थ्यो ।
गुम्बाको चौतफिर् दृश्यालोकन सकेर साथि र म पिकनिक स्पट तिर झर्दै थियौँ । बाटामा एक भिक्षु चेलालाई भेटियो । हामिले नमस्कार गर्दै, बोल्यौँ । मिठो मुस्कान मुस्कुराउँदै उस्ले नमस्कार फिर्तायो । साथिले 'दृश्यावलोकन बाहेक वस्तुगत ज्ञानको बारेमा हामिले केहि जानकारी पाएनौँ, भन्दै भिक्षुलाई प्रश्न तर्ेसायो । भिक्षु प्रसन्न मुद्रामा, प्रश्नको उत्तर उराल्न नजिकै आइ ठिङ्ग उभ्भिनु भयो । छिनमै हामिमा शून्यता छायो ।
सुरिलो तर नम्र आवाजमा गुम्बाको बारेमा उहाँ बोल्न थाल्नुभयो । 'महासतुवान' जो आज भन्दा ६०० वर्षअगाडि भक्तपुरको शाक्य राजपरिवारमा गौतम बुद्धको पर्ुनजन्म लिई जन्मिएका र यस स्थानमा घुम्न आएकाबेला गुफामा पाँच बच्चासहितको निरिह बाघिनिलाई नशा काटि रगत पिलाइ मृत्युवरण गरेको भन्ने कथन रहेको भनि हाम्लाई बेलिबिस्तारमा जानकारी गराउँनु भयो र बिदा भई गुम्बातिर उकालो लाग्नु भयो र हामि पनि पिकनिक स्पटतिर लाग्यौँ ।
वास्तवमा पर्यटकीय दृष्टिकोणले खासै केहि नभएता पनि मानसिक आनन्द र बौद्ध जीवन नजिकैबाट नियाल्न चाहनेहरूको लागि भने यो ठाउँ उपयुक्त छ । डाँडाको टुप्पामा अवस्थित बौद्ध गुम्बाबाट रोमाञ्चित दृश्यालोकन पनि गर्न पाइन्छ । पश्चिमा पनौति, बनेपा र धुलिखेल सँगै हिमाली रेन्ज र पर्ूव-उत्तरमा भकुण्डेबेसी तथा पाँचखलको फाँट देख्न सकिन्छ । गाउँघरको बर्साई तथा घुमफिर हुनेहरूका लागि खासै नयाँ नौलो केही नभएता पनि शहरी नानीबाबुहरूका लागि भने रोमाञ्चित स्थल हुनसक्छ । ल है फर्ुसद भए घुम्न जाम @ नमोबुद्ध !
No comments:
Post a Comment