Sunday, November 20, 2011

सन्तु र सन्तुको गाँऊ


आज विश्व विज्ञानको क्षेत्रमा अत्यन्तै अघि बढिसकेको छ । तर पनि नेपालका कैयौँ यस्ता ठाउँ छन् जहाँ विश्वमा के-कस्ता घट्ना घटिरहेका छन् थाहा पाउन सकिरहेको अवस्था छैन । कक्षा ५ त्रिभुवन प्रा।वि।मा अध्ययनरत सन्तु भिरपानी गा।वि।स। लाप्कामा बस्छ । गाउँमै जन्मे हुर्के पनि सन्तु साह्रै चलाख छ । भौतिक सुविधा र सम्पन्नताबाट बिाचत भएतापनि सन्तु किताबि ज्ञान बटुल्न भने माहिर छ । कहिले काही भने आफु गाउँमा जन्मिएकोमा पश्चताप पनि गर्छ न पढ्नका लागि बालपत्रिका नै पाइने न कम्प्यूटर चलाउन नै । तैपनि उस्मा यस्ता अतिरिक्त कि्रयाकलापप्रति अति नै चासो छ । ऊ विद्यालयको मिहिनेती अनुशासित जेहेन्दार र प्रथम विद्यार्थी पनि हो । उस्को पढाई देखेर शिक्षक शिक्षिका लगायत परिवारका सबै सदस्य दंग छन् । ऊ सधैँ प्रथम हुन्छ । ऊ कक्षामा सबै साथिसँग मिलेर पढ्छ र आफुले जानेको कुरा सबै साथिहरुलाई पनि सिकाउँछ । न त ऊ कहिल्यै झगडा नै गर्छ न रिसाउँछ नै । सन्तुको यस्तो लगनशीलता र प्रयत्न देखेर उस्का साथिहरुसमेत दंग छन् तर सन्तुको बाबा रामुलाई भने निकै चिन्ता लागेको छ किनभने सन्तुलाई शहरको बोर्डिङ्गमा पढाउन नसकेकोमा ।

सन्तुको चालमाला विद्यालयका साथिभाईसँगमात्र नभई घरपरिवारमा पनि उत्तिकै मिलनसार र सहयोगी थियो । ऊ कहिल्यै आमासँग झगडा गर्दैनथ्यो । सानै उमेरको भएपनि विभिन्न बालरचना र विज्ञानका गतिविधि चाख लगाएरै पढ्थ्यो । घरमा कोहि नभएको बेलामा हजुरबाले दन्त्य कथा सुनाउँनु हुन्थ्यो र ऊ ध्यान दिएरै सुन्थ्यो । अझैँ त्यतिमात्र कहाँ हो र ! हजुरबाको कुरा सुन्धिने नियमित श्रोता पनि हो ऊ । घरको रेखदेख देखि लिएर आफुले गर्न सक्ने सबै काम गथ्र्यो । यसरी सन्तुको यस्तो कि्रयाकलाप देखेर परिवारका सबै सदस्य र वरपरका छरछिमेकी समेत प्रभावित र अचम्मित थिए । 

कक्षा पाँचको अन्तिम परीक्षाको नतिजा प्रकाशित भयो । ऊ प्रथम भयो । यस्पालि कक्षा ६ मा भने उस्लाई शहरमा पढाउने सन्तुको बा'ले विद्यालयलाई जानकारी गराए । यो कुरा सन्तुले पनि थाहा पायो । ऊ असाध्यै खुसी भयो र हौसिएर सबै साथिलाई भन्दै दगुर्न थाल्यो । खुसीले गर्दा उस्को खुट्टा भुइमा थिएन । ऊ उपि्रुदै कहिल्यै रमाउँन थाल्यो त कहिल्यै नाँच्न । ऊ मनमनै सोच्न थाल्यो । अब म शहरमा गएर मलाई मन पर्ने सबै किताब पढ्छु । हाम्रो यो गाउँ यी पाँखा यी खोला यी नदि र यी डाँडा त कति हरियाली सुन्दर सफा र स्वच्छ छन् भने त्यस्ता पढेलेखेका मान्छे बस्ने शहर कस्तो होला मानिसहरु सहयोगी र बोलिबचन नम्र होला र मिलनसार पनि उत्तिकै । झन् हामि जस्ता साना बालबालिकाहरुलाई त कति माया गर्छन् होला । आहा ! बा'ले शहरमा बसेर पढ्ने सपना पुरा गरिदिने भए । 

सन्तुका यी सबै गुलिया कल्पना उस्ले सोचे जस्तो गुलियो भने थिएन । ऊ यो भन्दा अघि कहिल्यै शहर आएको थिएन । गाउँको एउटा असल तर चलाख सन्तु शहरकोबारेमा भने अनजान थियो । तैपनि शहरका बारेमा अनेक सपनाका पोका देख्न थालेको थियो । उस्का ती कलिला मष्तिष्कले अनेक सपना बुनिसकेका थिए । 

पहिलो पटक सन्तु आफ्नो गाउँ छाडि शहर जाँदै थियो । विद्यालयको कागजपत्र र किताब सहित सन्तुलाई लिएर सन्तुका बा रामु शहरतिर जाँदैथिए । यता भने त्यति मिलनसार परिश्रमि र असल सन्तु गाउँ छाडेर शहर जानलाग्दा परिवारका सबै सदस्य साथिभाई र गाउँलेहरु दुःखी देखिन्थे । झन् उस्का कक्षाका साथिहरु त रुन सकेका थिएनन् । 

सन्तुबाटाभरी शहरका बारेमा अनेक सपना बुनिरह्यो । २ घण्टाको बाटो पारगरिसकेपछि बल्ल गाडि चढ्ने ठाउँ आइपुग्यो । सन्तुको यो पहिलो बस यात्रा थियो । यो भन्दा अघि उस्ले कहिल्यै न गाडि नै देखेको थियो न चढेको नै । ऊ धेरै खुशी देखिन्थ्यो । गाडिको देब्रे पट्टीको तेस्रो सिटमा सन्तु र सन्तुको बा बसे । केहि छिनपछि सबै प्यासेन्जर बसे र गाडि कुद्न शुरु गर् यो । गाडि शहरतिर जाँदै थियो भने यात्रा छेट्टिदै । एक घण्टाको बाटो छिचोलेपछि गाडि नेपालथोकमा आइपुग्यो र रोकियो । त्यहाँ खाना खानको लागि गाडि रोकिएको रैछ । गाडिका सबै प्यासेन्जर खाना खान झरे । त्यसै क्रममा सन्तु र उस्का बा पनि झरे र खाना खाए । खाना खाएको केहि समयमै गाडिभित्र प्यासेन्जर बसे र गाडि पुनः शहर लाग्यो । 

सन्तुका ती कलिला मष्तिष्कले भने अनेक सपना सोचि नै रहेको थियो । गाडिको कुदाई अनि भिरपाखामा ठोक्किएर बहेको बतास चर्को घाम र हपहप्ती गर्मिले गर्दा सन्तु बाुको काखमा भुसुक्कै निदायो । करिब तीन घण्टाको यात्रा छिचोल्दै गाडि उपत्यकाभित्र छिरिसकेको थियो । त्यतिन्जेल सम्म सन्तु बाबाको काखमा मस्त निद्रामा नै थियो । बाुले सन्तुलाई धकेल्दै उठाए । ऊ झसङ्ग हुँदै जुरुक्क उठ्यो । ऊ उठ्दा गाडि कोटेश्वर आइपुगिसकेको थियो । ऊ उठ्यो र झ्यालबाट यसो के नियालेको मात्र थियो बाहिरी वातावणलाई धुवा धुलोले हुस्सुले छोपे झैँ छ्याप्पै छोपेकोले त्यति राम्रोसँग केहि देखेन । गाडिहरु त्यत्तिकै मात्रामा अव्यवस्थितरुपमा कुदिरहेका थिए । मान्छेको भिडभाड पनि उत्तिकै । ऊ अचम्ममा पर् यो र उस्ले बालाई सोध्यो-

'बा शहरको बाटो त राम्रो हुन्छ हैन ! कस्तो धुलो उडेको बाहिर हेर्नुस त'

हेर सन्तु ! बाटो यस्तै हो के गर्छस् बाटो बनाउन तेरो हाम्रो काम होइन क्यार यॊ बिकास गर्ने नेतृत्वकर्ताहरुको हो तर गर्दैनन् । 

बस स्टपमा बस रोकियो । सन्तु र उस्का बा बसबाट के ओर्लेका मात्र थिए फोहोरको गन्ध ह्वास्सै गनाइहाल्यो । सन्तु नाक थुन्दै भनभनाउन थाल्यो । बा ! यस्तो विवेकशिल बुद्धिजिवी र विद्धान बस्ने ठाउँमा पनि फोहोरको डंगुर यसरि फालिन्छ र मैले त सोचेकै थिइन 

सन्तुको बा'ले मुख फोरिहाले । किन विद्धान बस्ने ठाउँमा चै फोहोर हुँदैन र कि किताबमा विद्धान बस्ने शहर फोहोररहित हुन्छ भनेर पढ्या थिइस । ल ! जे भएपनि यो हाम्रो राजधानि काठमाडौँ हो ।
खै बा ! म त जिल्ल छु । फोहोरै फोहोर अनि जताततै धुँवा र धुलो यस्तो ठाउँमा ठूलठूला घर आफैँ मात्र राम्रो र पढी विद्धान भएर मात्र के गर्नु प्रकृति पनि सफा र राम्रो बनाउनु पर् यो नि ! वरपरको वातावरण पनि स्वच्छ हुनुपर् यो नी ! यस्तो मैलिएको प्रकृतिबाट पढेर ठूला बनेका विद्धान पढ्दै गरेका हामी जस्ता बालबालिका अनि युवाहरुले के पाठ सिक्छन् के सन्देश पाउँछन् ल भन्नुस त बा । यहीँ वातावरणमा पढेर विद्धान बनजेकाहरुले आफै जन्मेको र सधैँ बस्ने ठाउँलाई हराभरा र सफा राख्न सक्दैनन् भने ती पनि विद्धान हुन र ती त मुर्ख पो हुन् यस्तो ठाउँमा बस्दा त रोगले पो महामारीको रुप लिन्छ । सबै विरामी पर्छन् हैन र बा । 

कुरा त ठिकै गरिस तर वातावरण न फोहोर हो । यहाँका मानिस त फोहोरी छैनन् नी कति सफा छन् कति राम्रा छन् घरहरु हेर त कति राम्रा छन् । धेरै राम्रो पढाइ हुने विद्यालय पनि यहि छन् । देशका ठूला विद्धानहरु पनि यहि छन् । देश हाक्ने नेताहरु पनि यहि छन् । उनिहरु सबै त दुर्घन्धमा मिसिएर बाँचिरहेका छन् भने तलाई के को चिन्ता/पिर । तैपनि यहाँको गतिविधि र वातावरणसँग तलाई के को सम्बन्ध हेर बाबु त त यहाँ पढ्न आएको होस् पढ्ने कुरा गर सपना पुरा गर्ने अठोट लि । बस् यति मात्र सोच ।

अचानक भिडभाडबाट आज फेरि बच्चा अपहरण भयो भन्ने हल्लाखल्ला निस्कन्छ । हल्लाखल्ला सन्तु र सन्तुको बाले पनि सुन्छन् सन्तु डराउँदै ओहो ! मैले त शहर कस्तो न होला भनि अनेक सोचेको थिए तर ती सबै सपनामात्र रहेछन् । यहाँका मानिसहरु कति सभ्य होलान् कति सहयोगी होलान् शहर कति सुन्दर र हरियाली होला भन्ने लागेको थियो । तर शहरको माहोल र अराजकता देख्दा काही नभाको जात्रा हाडी गाऊँ जस्तो पो लाग्यो । अह ! यस्तो ठाउँमा बसेर पढ्नु उचित छैन । बा म त यहाँ बसेर पढ्दीन जताततै फोहोरै फोहोर अनि अघिभर्खर सन्नुभएन बच्चा अपहरण आतङ्क मच्चिने झगडा कलह कुटपिट बन्द हड्ताल अव्यवस्थित बसाईमा बसेर पढ्दा मैले के पाठ सिक्छु । नाई बा म त यस्तो कोलाहलमा बसेर पढ्न सक्दिन । यस्तो माहोलमा हुर्केका हामि जस्ता हजारौँ बालबालिकाको भविष्य कस्तो होला भविष्यका दिनमा कस्ता व्यक्ति बनौला एकछिन सोच्नुस र हाम्रो गाउँलाई सम्झनुस त कति सहयोगी छन् गाउँलेहरु प्रकृतिको कस्ता छन् छटा कति सुन्दर कति घमाइलो कति हराभार सुनकोशीमा बगेका कलकलाउँदा पानी सधैँ पिउ पिउ लाग्ने । हो त्यस्तो सुन्दर शान्त ठाउँमा पो बस्छन् बिद्धान । जहाँ पाइन्छ अनेक ज्ञानका पुाज अनि त्यहीँ पाइन्छ जीवन र जगतको रस । यहाँ त निसास्सिएर मरिएला जस्तो पो छ उतै फर्किऊ बा हाम्रै गाउँ । नाई म त यस्तो शहरमा बस्दिन । यस्लाई पनि शहर भन्छन् र बा यस्तो फोहोरै फोहोरको ठाउँलाइ । शहरप्रति कसरी गर्व गर्नु भन्नुस् त । हामीलाई सरले भन्नु भाथ्यो नेपाल विश्वकालागि स्वर्ग जस्तै छ । यहाँ प्राकृतिक खनिजवस्तु अत्याधिक पाइन्छन् । विश्वमानचित्रमा नेपाल एक रमणीय देश हो भनेर भन्नु भएको थियो । तर बा शहर हेर्दा त रमणीय होइन यहाँ रम्न आएका पनि निराश भएर फर्केलान जस्तो छ । हैन त बा !

छोराको कुरा सुनेर रामुको आख्ााबाट आँशुका धारा बग्नथाले आँशु पुछ्दै रामु बोल्न थाल्यो । छोरा त यति सानो छस् तर पनि धेरै कुरा जानेको छस् त्यही भएर त तेरो भविष्यराम्रो हुन्छ । पछि गएर त ठूलो मान्छे बन्छस् । मिहिनेती छस् र गाउँको भन्दा धेरै ज्ञान पाउँछस् भनेर त पढाउन ल्याएको । हेर ! सन्तु जस्तो सुकै भए पनि गाउँको भन्दा यहाँ पढाई राम्रो हुन्छ । शहर भनेको शहरै हो । गाऊ फर्किने कुरा नगर बरु यही बसेर पढ र अझैँ माथि जाने कोशिस गर । बाबाको कुरा सिध्धिन नपाउँदै नाई भन्दै सन्तु ठूलो स्वरले कराउँछ । यस्तो प्रदृषित असभ्य समाज र समाजका व्यक्तिप्रति कुदृष्टि र अरुको भलो नचाहने मान्छे बसेको गन्जगोल भिडमा म चै बस्दिन । यहाँ बसेर पढ्दा माथि होइन मेरा सपना पनि अपुरो र म पनि बिग्रन्छु । तपाईले नै भन्नु भएको होइन संगतले नै मान्छेलाई असल र खराब बनाउँछ भनेर । ल भन्नुस् त यहाँको संगत कस्तो छ । मेरो संगत यिनै वातावरण मानिस रहनसहन र यि पश्चिमेली विकृतिसँग हुने होइन । नाई बा म त गाउँमा नै जान्छु । म त यहाँ एक सेकेण्ड पनि बस्नेवाला छुइन !

वास्तविकतालाई नियाल्ने हो भने गाउँ प्यारो र राम्रो छ । गाउँका मनोहर प्राकृतिक दृश्यबाट नै धेरै कुरा सिक्न सकिन्छ । स्वच्छ र सफा वातावरणमा मिठो हाँसो हाँस्न सकिन्छ स्वास्थ्य बाँच्न सकिन्छ फुर्तिलोकासाथ नाँच्न सकिन्छ । 

अन्त्यमा सन्तु र उस्का बा रामु गाउँमा नै फर्किए । अहिले सन्तु त्यही गाउँको विद्यालयमा साथिसँगीका साथ पढिरहेको होला आखिरिमा सन्तु शहरबाट आफ्नो जन्म थलो गई पढ्न शुरु गर् यो । आज सन्तु त्यही गाउँको प्रकृतिसँग लडिबडि गर्दै दगुर्दै्र होला । साँच्चै हाम्रो शहरलाई नियाल्ने हो भने सन्तुको कथासँग यथार्थरुपले मेल खान्छ । त्यसैले हामी सबै मिलेर ूहाम्रो शहर सुन्दर बनाउने हाम्रो रहनू नाराका साथ सहरलाई सुन्दर र सभ्य बनायौँ भने एकदिन अवश्य सन्तु शहर फिर्छ होला ?

No comments:

Post a Comment