Monday, November 7, 2011

श छुवान प्रान्त जाने मेरो अभिरुची


कहिले ती श छुआनको पल पललाई
शष्लेषण गर्न मन लाग्छ ।
कहिले ती प्रकृतिका अनुपम छटालाई
जीन्दगीमा विश्लेषण गर्न मन लाग्छ ।
तैपनी आज भोलि खै किन भा'छु धेरै-धेरै खुशी
अन्धो कल्पनामा डुबे म त तर पुरा हुन्छ की
श छुआन प्राप्त घुम्ने मेरो "अभिरुची"

संसारमा नयाँ-नयाँ ठाउँ घुम्ने मनोराजन गर्ने र प्रकृतिका छविसँग रम्ने मानिस शायद को नहोला र कसलाई इच्छा नहोला नयाँ परिवेशमा रम्ने र घुम्ने । त्यो अभिरुची प्राय सबैमा हुन्छ । र त्यही अभिरुची साकार बनाउनको लागि म केहि प्रयत्न र प्रयास गरिरहेको छु । मेरो वास्तविक अभिरुची भनेको त्यहाँको वास्तविक प्रकृतिको छटासँग रम्नु हो । मेरो नजरमा श छुआन प्रान्त स्वप्नसंसार हो । म त्यो स्वप्नसंसारमा डुल्न चाहान्छु घुम्न चाहान्छु फुल्न चाहान्छु र बास्नाको राग भै उड्न चाहान्छु । शायद श छुआन प्रान्त नगरी हृदयकोमलताकॊ गुलाबी शहर होला । त्यो गुलाबी शहरमा घुम्न जाने ठूलो इच्छा छ । तर फेरि भित्रि इच्छा र सक्षमताले मात्र त्यस ठाउँ गइने पनि होइन । कुनै पनि ठाउँमा घुम्न जाने अभिरुची हुनु भनेको त्यस ठाउँको कुनै आफ्नै महत्व मान्यता आधार र सुन्दरता हुनु हो । त्यही आधार महत्व मान्यता र सुन्दरताको खोजीमा म श छुआन नगरीको वास्तविक महत्वपूर्ण पक्षहरु खोज्दै छु । 

स्वच्छ वायु सरररर आँखा भरी आउँछ
श छुआनको सुन्दर दृश्य हेर्न मन लाउँछ 
मग-मग मिठो राग दिने सुन्दर-सुन्दर फूल
खोला नाला झर्नाहरु सुन्दरताको मुल 

मलाई लाग्छ श छुआन प्रान्त सुन्दरताले भरिएको शहर होला सुन्दरताले आवरण गरेको श छुआन प्रान्त नगरीको सौन्दर्यताको प्रचार र प्रसार त्यहाँका प्राकृतिक नदी नाला र झर्नाको शुशेलीले दिई रहेको होला । शायद स छुआन प्रान्त विश्वको प्रसिद्ध र महत्वपूर्ण शहर होला । हरियाली दृश्यले भरिभराउपूर्ण होला । शायद चीनको सुन्दर शहर होला । जताततै हरियालीले सुनौलो बाहार छाएको होला । जीवजन्तु र चराचुरुङ्गी स्वतन्त्र रुपमा सुन्दरताको रस लुट्दै प्राकृतिका छटामा एकजुट हुँदै घुमिरहेका होलान डुलिरहेका होलान र उडिरहेका होलान् । शायद श छुआन प्रान्त नगरीले शितल र आनन्दको ओत दिन्छ होला । चिनियाँ संस्कृति र पूर्वी सभ्यताको प्रतिक स्थल होला । श छुआन प्रान्तमा प्रकृतिका असली सुन्दर दृश्य हेर्न पाइन्छ होला र आनन्दको लामो सास फेदै र स्वच्छ र गुणस्तरको वायु पिउन पाइन्छ होला ।

"यि यस्ता रसपुाजले भरिएको ठाउँमा घुम्ने मेरो अत्यन्तै अभिरुची छ र यिनै प्राकृतिक छटामा नजर डुलाउने भित्रि चाहाना पनि"

पर्वतको काखमा 
अडेकि स छुआन प्रान्त नगरी 
टल्किने सौदर्य प्राकृतिक छटामा
डुबुल्की मारेकी स छुआन प्रान्त नगरी 

श छुआन प्रान्त बाँस घारीका लागि प्रख्यात छ भन्ने सुनेको छु । शायद त्यहाँ हरिया बाँसका झाङ्ग होलान र बाँसका सामाग्री र परिकारहरु पनि खान र देख्न पाइन्छ होला । ताल तलाउ पोखरीहरुले सङ्ला पानीको तरङ्गमा श छुआनको दृश्य पर्दाफास गरिरहेको होला । मानव बसोबास स्थलका लागि स्वर्ग जस्तै रमणीय होला । सुन्दर शहर हरियाली वातावरण स्वच्छ तलाउ गुणस्तरयुक्त सफा÷ताजा वायु मिठो खाना आनन्ददायी र मनोहर दृश्यहरु होलान । स छुआन प्रान्तमा स्थानी बासिन्दाको प्राचिन आवास र बास्तु कला र कौशल होला । पर्याप्त प्राकृतिक र मानवीय स्रोतका साथै पर्यटकीयहरुका लागि विशेष जातिय रितीरिवाज र संस्कृतिको अनुरागको संगम होला । जातिय विशेष संस्कार र संगीत होला । मिठो र रोमािाचत धुन तथा सुन्दर मौलिक र अपनत्व झल्कने प्रदर्शनहरु होलान । अफ्नै विशेष सांस्कृतिक परम्परा तथा ताजा कलात्मक विशेषता बोकेको होला । श छुआन प्रान्त जादु र सिपले भरिएको एउटा कोठरी होला । स्थानीबासिन्दाहरुको परम्परागत मौलिकता झल्कने किसिमको जीवन शैली होला । श छुआन प्रान्त एउटा यस्तो दृश्यस्थल होला जसले विश्वका हरेक दर्शकहरुलाई आकर्षित गरिरहेको छ । शायद श छुआनप्रान्तको मौलिक संस्कृति र परम्पराले चिनियाँ संस्कृतिको नै प्रतिनिधित्व गरिरहेको हुनसक्छ । 

"सामाजिक साँस्कृतिक भाषिक वातावरणीय र मौलिक विशेषताले भरिपूर्ण श छुआन प्रान्त नगरीमा पुगि नजिकिएर बुझ्ने चाहना र अभिरुची छ ।"

मनै सलबलाउने प्राकृतिक मनोहर दृश्यहरु
खोल्छा र खोल्छीहरुमा बग्दै गरेकी नदी र नालाहरु
लहलहाउँदा हरियाली बसन्तका पातहरु
बगैचामा फुलिएका विभिन्न फुलका जातहरु 

शायद श छुआन प्रान्त नगरी जगतको उत्तम उपहार होला । त्यहाँका प्राकृतिक सौर्दइयता र प्रकृतिका छटा छवि वनजंगल नदी नाला सबै सुन्दरताको द्योतक र जीवन्तता होला । छुट्टै अपनत्व मौलिकता अस्तित्व संस्कार संस्कृतिक रहनसहन भेषभुषा भाषाभाषि र शहरको सुगन्धीत अनुराग होला । इतिहासका लागि कलाका लागि संस्कृतिका लागि आर्थिक व्यवसायका लागि आकर्षण थलो होला । स्थानीय मुलको जाति र भाषा साह्रै पि्रय र मनोराजनात्मक किसिमको अपनत्व झल्कने किसिमका होलान् । 

"इतिहासका लागि संस्कृतिका लागि कलाका लागि छुट्टै स्थानीय अपनत्व बोकेका श छुआन्त नगरीको सांस्कृतिक रहनसहनमा भिज्ने मेरो अभिरुची छ ।"

पवित्र झर्नाका जलहरु
स्वच्छ र सफा वायुहरु
मनै लोभ्याउने गरी सजिएकी
प्राकृतिक सुन्दरताले भरिएकी
मगमगाउने अनुरागहरुले ढाकिएकी

वास्तवमा मनका अन्तर कथालाई पोख्ने हो भने हिमाली पर्खाल र तिब्बतको विकट यातायातले चिन र चिनका महत्वपूर्ण स्थल हाम्रा लागि एक देशको कथा जस्तै छ । तैपनि त्यो कथा भित्रको पगरी कथामा काल्पनीक दुनियाँको शुसुवास श छुआन प्रान्त नगरीले मेरो भित्रि आत्मामा छरिरहेको छ । श छुआन प्राप्तको साहित्य कला संस्कृति र परम्परा सोचनिय र चिन्तन गर्ने प्रवृत्तिका होलान । जुन सभ्यता र संस्कृतिको रस पुाज सलबलाई रहेका होलान् । भित्रि आत्माले चित्रण गरेर अलौकिक संसारको आनन्द लुटिरहेको महशुस हुन्छ होला । पक्कै रसपुाजको शोकाकुलमा तृप्ती मेटाउने मनका सौहार्द मेटाउने प्राकृतिक अनुपमको अनमोल प्यालाले भरिएको शहर होला । प्रकृतिले श्रृगारेको स्रष्टा र विद्धानले प्रेम गरेको छटाले मोलिएको एक सदाबहार अटल शहर होला । शायद विश्वका लागि एक पृथक अस्तित्व र अपनत्व झल्कने र सुन्दर देखिन्छ होला । शायद प्रविधि र विकासले त झन् श छुआन प्रान्तले नयाँ युगान्तकारी काँचुली फेरेको होला । साच्चै भन्ने नै हो भने मेरा भित्रि आत्माको सामुन्द्रकीक छाल उठेर भित्रि आत्मीय ज्वाला उकुस मुकुस भई तुरुन्तै श छुआनका दृश्यावलोकन गर्न गइहालू जस्तो भै हाल्छ । 

"साहित्य सभ्यता र संस्कृतिको सदाबहार सौहार्द शहर होला । जुन सभ्यता र साहित्यमा मन्त्र मुग्ध हुने मेरो अभिरुची छ ।"

यो मेरो काल्पनिक यात्राको उचाई हो । वास्तविक यथार्थ गन्तव्यमा मेल खायो भने उपल्लो श छुआन प्रान्तको प्राकृतिक सुन्दरताप्रति म मोहित भै हाल्थे । पक्कै पनि छहराको सौर्दयताले मेरो भित्र मन मुग्ध बनाउछ होला । श छुआन प्रान्तको सौर्दयता सिसाझै टल्कने हिउँ झै चम्किने आत्मियतामा जोडिने हिराको टुक्रा जस्तै होला । मनका तिर्खा मेटाउने अनुपम शहर होला प्रकृतिको अनौठा र आर्चयचकित छटा होला र वर्णन गर्न नसकिने सौर्दयताका लहर बोकेको होला । श छुआन प्रान्त अधेरीमा पनि उज्यालो झै चमक भरी प्रकाशमा तरङ्गीत भएको महशुस गराउने पर्यावरणीय स्थल होला । 

सुन्ने र पढ्नेलाई श छुआन प्रान्त नगरीको बारेमा जति अनौठो र आर्चय लाग्न सक्छ म आफैलाई पनि त्यस्तो लाग्छ कि मैले जे श छुआनका बारेमा रचिरहेको छु साच्चै निकै फरक शैली र संस्कृतिको अपनत्व र मौलिकता भएको होला । मेरो अन्दाजमो फुलका थुंगा सुनका बाला प्रकृतिका नालाका संगम स्थल होला । संसारको छानो आकाश झै भौगोलिक रुपमा श छुआन प्रान्त नगरी विश्वको प्राकृतिक विविधताको छानो होला । जहाँ हरियालीको अचल पर्यावरणीय भएको नजिक नजिक आँखा तिरमिराउने गरि आकाशबाट परार्वतन भई आएको सूर्यका सप्तरङ्गीले छरेका प्रकाशले टल्कँदा जताततै फैलिएको अग्ला होचा र बुदूने पहाड होलान । कतै खुरिखण्ड त कतै प्राचिन समयमा दरबार मठमन्दिर गुम्बाहरु प्रशस्तै होलान । विभिन्न समयमा धर्मगुरुहरुको समाधि दरबार भित्र सजिएर रहेका होलान् मन्दिर भित्र होलान् र गुम्बाहरुमा पनि । मन्दिर र गुम्बाहरु भित्र अजङ्ग विशाल मूर्ति होलान कला र कौशलले निपूर्ण वस्तुकला होलान कला र कृतिको अद्धृत संग्रहको संग्रहित पनि होला । श छुआन प्रान्तको बाहिरी आवरण दृश्य पक्कै पनि स्वर्ग जस्तै हराभरा जति हेरे पनि न सकिने सोर्दयका फाँटहरु अन्तरमनका रागहरु रमाइला जीवन्तता बोकेका अनुरागहरु………………………। 

"पक्कै पनि श छुआन प्रान्त नगरी स्वर्ग जस्तै हराभरा जति हेरे पनि नसकिने सौर्दयताका फाँटहरु अन्तरमनका रागहरु रमाइला जीवन्तता बोकेका अनुरागहरु- यिनै विविध विशेषताकै कारण गर्दा श छुआन प्रान्त जाने मेरो अत्यन्तै ठूलो भित्रि अभिरुची छ ।"

No comments:

Post a Comment