Tuesday, September 2, 2014


कुनैबेला...

नदि झैँ
पलपल बगिरहन्थ्योखुशी

घाम झैँ
हरपल छाइरहन्थ्योन्यानोपना

बादल झैँ
क्षणभर उडिरहन्थ्यो उल्लास

एउटा
प्रेमिल पृथ्वीभित्र

मैले कहिल्यै ठानिन
पिउदै जाँदा उनको मादकता
एकदिन वेहोश हुनेछु
, भुल्नेछु आफ्नै अस्तित्व

विलिन हुनेछु
एकदिन निर्दोष शीतका थोपाहरू  झैँ

फगत
एउटा कठोर हृदय

जहाँ पोखाए जिन्दगीकै महङ्गा खुशिहरू
खर्चिए अमुल्य क्षण

शायद,
यहि होला— आत्मिय हुनुको कठोर सजाय

No comments:

Post a Comment