Monday, September 15, 2014
Sunday, September 14, 2014
युवा नेतृत्व किन ?
निर्वाचन
सप्पन्न भएको केहि महिना पछि बल्ल देशले निर्वाचित नयाँ प्रधानमन्त्री पाएको छ ।
यतिखेर दुई शीर्षस्थ दलबीच राजनीतिक भागभण्डा र खिचातानीको पुरानै खेल चल्दै गर्दा
सम्पन्न निर्वाचनलाई राष्ट्रिय तथा जनहितका पक्षबाट एकपटक फर्केर नियाल्नु उपयुक्त
हुनजान्छ ।
देश चुनावी
माहोलले तातेका बेला उम्मेद्वारहरूको घरदैलो अभियानले जती तीब्रता पाएको थियो ।
ऐले त्यो भन्दा बढी मन्त्रालय बाँडफाँडको लुछाचुडिले पाएको छ । गाँऊ–शहर जताततै देश चुनावमय भइरहदाँ
देशमा चुनाव हुन्छ कि हुँदैन भन्ने महत्वपूर्ण प्रश्नको शंका अब 'नयाँ मन्त्रिमण्डले समयमै संविधान
लेखेर देशलाई दिनसक्ला कि नसक्ला' शंका
र डर दुवै यता सरेको छ ।
तर, डर सँगै आशंका हुनु र नवनिर्वाचित
प्रधानमन्त्री देशले पाउनु बीचको महत्वपूर्ण समयलाई जनमानसको आँखाबाट हेर्दैगर्दा
तीतो अनुभुति जोकोहिलाई महशुस हुनथालेको छ । त्यतिबेला जुनप्रकारले
बहिष्कारवादीपक्षबाट स–साना
आतंकका घट्नाहरू हुँदै थिए र सार्वजनिक यातायातमा आपराधिक घट्नाहरु भए । भलै
निर्वाचन शान्तमय वातावरणमा सम्पन्न भयो । तर वैयक्तिक कोणबाट हेर्दा मत अधिकार
भन्दा ज्यान ठुलो हुन सक्दैन थियो । तरपनि नेपाली जनताहरूले विभिन्न डर र त्रासको
बाबजुद उल्लासमय वातावरणमा मत खसाल्न गए । धेरै नेपालीहरू विदेशमा थिए, छन । देशमा भएका केहि नेपालीहरूले
मतदातालिष्टमा नाम टिपाएनन । आधिकारीक मतदाताहरूमध्ये जति थिए, ती मध्ये पछौटे राजनीतिक
उम्मेद्वारका लागि भोट माग्दै हिडेकै थिए । जो हिडेका थिएनन बाँकी भोट खसाल्न
बुथसम्म गइदिने । त्यसैगरी, शहरी
क्षेत्रका स्थानीय सभ्रान्त परिवारका सदस्यहरूले पनि बडो तजुबका साथ १, २ घण्टा उभिएरै भएपनि भोट खसाल्न
हिडे । शहरतिर पढ्न तथा रोजगारीका सिलसिलामा रहेका युवा जनशक्ति बन्द लगायत
विभिन्न वैयक्तिक समस्याका बावजुद गाउँमा भोट खसाल्न कुदे । सुकिला–मुकिला भनौदाको भाषामा
झुत्रेझाम्रे गाउलेहरू पनि भोट खसाल्न बुथसम्म आए । जुन भोट कुनै राजनीतिक
पार्टीले आदर्श छाटेकै भरमा सजिलै उम्काउन सक्थ्यो ? तर यत्रो मानवीय लागत र देशको निकासप्रति नेपाली
जनताले देखाएको हार्दिकतालाई भुलेर नेताहरूको लक्ष्यविहिन पदीय कचिङ्गलले नेपाली
राजनीतिक वृत्तमा नेताहरूको हिडाइ बडो तजुबको देखाएको छ । देश र विदेश सहित
विभिन्न दातृ संघसंस्थाको झण्डै ३१ अर्ब रकम खर्च भयो । कंग्रेस, एमाले, माओवादी लगायत अन्य दल क्रमश ठुला
राजनीतिक पार्टीका रूपमा बिजय भए । ६०१ सभासदले संविधान सभा भवन भरियो तर नेपाली
जनताले दिएको मत अधिकारको सदुपयोग भन्दा उल्टै पुरानो राजनीतिक खिचातानी शुरू
हुनुले भविष्यको बाटो भने सकरात्मक देखाएन । १ वर्ष भित्र संविधान लेखिएला र देशले
विकासको बाटो समात्ला भन्ने जनमनसाय विपरित सत्तामोहको पदीय लुछाचुडीको खेल हुँदै
गर्दा नेपाली जनताहरूको सह्राननीय सहभागिता तथा समर्थनबाट दिएको भोटको मुल्य देश र
जनताले पाउने छनक भने देखिएन।
सबै
नेपालीहरूले शान्तमय वातावरणमा आफुले चाहेको उम्मेद्वारलाई मत सदुपयोग गर्ने
अधिकार थियो,
गरे ।
विशेषतः यस पटकको निर्वाचनमा युवाहरूले मतको बढी सदुपयोग गर्नुपर्ने बेला आएको
थियो । सक्षम,
योग्य र केहि
गर्न सक्ने व्यक्तिलाई मतदान गरी पुराना राजनीतिक नेताहरूलाई फाल्न सकिने मौका
थियो, चुके । र, निर्वाचनका दिन मत खसाल्दै गर्दा
युवा उम्मेद्वारलाई बढि प्राथमिकता दिनुपर्थ्यो तर परिमाणतः युवापक्षमा निर्वाचन
देखिएन । आज देशलाई युवा नेतृत्वको खाँचो थियो, छ । जुन नेतृत्व हाम्रो मतमा निर्भर थियो । ठुला राजनीतिक
दलका नेतृत्व अघिल्ला केहि वर्षहरूदेखि असक्षम हुँदै आएको र पछिल्ला दिनहरूमा
नेपालीहरूले महशुस गर्न थालेका: राष्ट्रिय सवालमा एकबद्ध हुनु र युवा नेतृत्व
महत्पूर्ण कुरा थिए ।
३ जुलाई
१९२९ मा मोतिलालले नेहरुका लागि एक पत्र लेखेका थिए- 'तैले यो बुझ्नु पर्छ र स्वीकार
गर्नुपर्छ । युवाहरूलाई तथ्य र सत्यको पछाडी लगाउन सक्नुपर्छ ।' यो सदासर्वदा सत्य कुरा हो । आजका
युवाहरू कुनैपनि कुराबाट चाँडो प्रभावित हुन्छन । यसर्थ ती युवाहरूलाइ देश विकास र
परिवर्तनको मार्गमा डोर्याउन राजनीतिक नेताहरूले कहिल्य सत्य, तथ्यको गोपनियता राख्नु हुँदैन र
वास्तविकताबाट काल्पनिक संसारतिर डोर्याउनु हुँदैन ।' उल्लेख छ । महत्वपूर्ण प्रश्न यहि
हो । के राजनीतिक दलका शीर्षस्थ नेताहरूले साच्चै युवा जमातलाइ सत्य र तथ्यको
पछाडी लगाउदै आएका छन ? के
युवाहरूले देश विकासका निम्ति त्यस्ता कुनै भूमिका पाएका छन ? कुनै राजनीतिक संगठनमा आवद्ध भएका
युवाहरूलाई देशको परिवर्तन तथा राष्ट्रिय हित र सच्चाईका पछाडि लगाइएको छ वा पार्टीको
स्वार्थका निम्ती बलिको बोको बनाइएको छ ? के शीर्षस्थ नेताहरूले आजका दिनसम्म सत्य, तथ्य कुरा भन्दै, गर्दै आएका छन । जो कोहि
नेपालीहरूसँग यस्ता प्रश्नहरूको स्पष्ट उत्तर छ ।
देशमा असल
नेतृत्वको अभाव छ । ठुला राजनीतिक पार्टीबाट नै हामीले असल नेतृत्वको अभाव भोग्दै
आएका छौँ । तरपनि,
हामीले
नेतृत्वतहमा भएका राजनीतिक पार्टीका नेताहरूमध्येबाटै रोज्नुपर्छ । हामीले धेरैपटक
धेरै नेता रोजिसकेका छौँ । एकपटक युवालाई हेर्नुपर्ने थियो ? यसको मतलब यो थिएन कि शीर्षस्थ
नेताहरूको कामै छैन । तर, राजनीतिलाई
पेशा नभइ सेवा बनाउन लागिपरेका सक्षम युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने आशय
भने पक्कै हो।
के देशमा
भरपर्दो कुनै नेता छ ? प्रश्न
आफुले आफैलाइ सोध्नु पर्ने दिन हिजो थियो र आज पनि छ । नेतृत्व हस्तान्तरण
गर्नुपर्ने अवस्था आउनुमा ठुला पार्टीका शीर्षस्थ नेताहरूकै कमजोरी छ । हामी
राजनीतिक अन्यौलताको हाँडिमा भुटिदै गर्दा उत्तर- दक्षीणका छिमेकी देशहरू भने
विकासको द्रुत गतिमा छन । नेतृत्वको पाटो उत्तिकै सशक्त बन्दै छ । समयकालखण्डमा
देश अनुकुल त्यहाँका रानीतिक योद्बाहरूले महत्वपुर्ण नेतृत्व दिएका थिए र आज
ईतिहासको पानामा नायक सावित भएका छन । युवाहरूको जमात उत्तिकै मात्रामा नेतृत्व
तहमा पुगेका छन । तर, नेपाली
राजनीतिमा आफन्त,
कार्यकर्ता र
वैयक्तिक स्वार्थका लागि मात्र नेता भए तर देशको विग्रदो परिस्थितिको अन्यौलतालाई
चिर्दै निकासको नेतृत्व दिन सक्ने नेता भएनन । समयान्तरमा धेरैले आफुलाई नायक
सावित गर्ने मौका पनि पाए तर असफलताको ट्याग झुण्ड्याएर सिंहदरबारबाट ती घर फर्किए
।
'सत्य र तथ्यको वकालत नै
असल नेतृत्व हो । यदि कुनै नेताले त्यसो गर्यौ भने तथ्य थाहा पाउनको लागि केहि
घण्टा उसकै नेतृत्वको पर्र्खाइ गर्नेछन । राजनीतिक नेतृत्वको क्राउन पहिरिने यो नै
सबैभन्दा सशक्त उपाय हो र असल नेता र नेतृत्व पनि ।’ कतै पढेका यी लाइन मननीय छन । धेरै शीर्षस्थ दलका थुप्रै
नेताहरूले क्राउन पहिरिने गरिमामय समय गुमाएका छन । असल नेतृत्व दिन चुकेका छन । र
पनि यिनै नेताहरूलाइ निर्वाचित
गराई पुनः एकपटक मौकाको वातावरण बन्दै गर्दा अन्तत: नेपाली जनताको मतको मक्सद
भुलेर नयाँ मन्त्रालय छनौटमा जुन विवाद हुँदै छ । त्यसको गलत संकेत देखिन थालेको छ
।
नेतृत्व
गर्ने निश्चित समयसीमा हुनुपर्छ । जुन कुरा बुढा नेताहरू मान्न तयार छैनन ।
कुनैपनि नेतृत्वले राष्ट्र र जनताका निम्ति गतिदिन सक्दैन भने त्यो नेतृत्वले
विश्राम लिनुपर्छ । हाम्रो राजनीतिक प्रणालीमा यो अभ्यास छैन । यसर्थ, असक्षम नेतृत्व फाल्नका लागि सक्षम
युवाहरूले वर्षौ सम्म निर्वाचन नै कुर्नुपर्ने छ । युवाले वा दोस्रो पुस्ताका
नेताहरूले नेतृत्वतहमा पुग्न मौका कुर्नु पर्ने वातावरण नभइ सम्मानजनक नेतृत्व
हस्तान्तरण गर्ने परिपाटी हुन आजको दिनमा अत्यावश्यक छ ।
अर्को कुरा, नेपाली राजनीतिमा एक पुस्ताबाट
अर्को पुस्तामा शक्ति हस्तान्तर गर्ने परम्परा छैन । पैलो पुस्ताबाट दोश्रो
पुस्तामा शक्ति हस्तान्तरणको ज्वलन्त उदाहरणः 'मोतिलालले कंग्रेसको सभापति कालमा जुन कुराहरू पार लगाउन
असक्षम रहे,
त्यही कुरा
छोरा नेहरूले आफ्नो कार्यकालमा सजिलै पार लगाई प्राप्त गरे ।’ एक पुस्ताबाट अर्को पुस्तामा शक्ति
हस्तान्तरनको यो एक नामुद उदाहरण थियो । तर नेतृत्व एक पुस्ताबाट अर्को पुस्तामा
हस्तान्तरण गर्दैमा जादुमय विकास हुन्छ भन्ने पनि होइन ? तर कुरा के हो भने राजनीतिक दलका
शीर्षस्थ नेताहरूको नेतृत्वबाट देशमा सकरात्मक पक्षको छनक नदेखिएको अवस्थामा
नेतृत्व परिवर्तन हुन आवश्यक छ । कि राजनीतिक नेतृत्वतहले भइरहेको अराजकताको बाटो
खोल्नसक्नुपर्छ । कि, अरु
विकल्पबाट समस्या समाधान गर्न सक्नुपर्छ ।
भर्खरै
सम्पन्न निर्वाचनबाट विकृत नेतृत्व फ्याक्ने मौका तपाईहाम्रो जिम्मामा थियो तर
हामि चुक्यौँ । गत सम्पन्न निर्वाचनबाट युवाहरूलाई स्थान दिइनुपर्थ्यो तर त्यसो
हुन सकेन । युवाहरूलाई शक्तिको हस्तान्तरण गरिनुपर्थ्यो । युवाहरूलाइ राजनीतिक
फ्रन्टलाइनमा ल्याइनुपर्थ्यो । आजका दिनसम्म युवाहरूको उपयोग गरियो तर कदर गरिएन ।
उनीहरुलाई नेतृत्व तहमा ल्याउन मानिएन । तर, एकपटक ईतिहासको पाना पल्टाउने नै हो भने ६२÷६३ को आन्दोलन, लोकतन्त्र, गणतन्त्र स्थापना, राजतन्त्रको अन्त्य र माओवादी
जनयुद्ध सबैमा युवाहरूकै महत्वपूर्ण योगदान रहेको थियो भने नेतृत्व तहमा युवा आउन
नहुने किन ?
बलिको बोका
होइन, युवाहरूलाई राष्ट्रको
संरक्षक र पालकका रूपमा उभ्याइनुपर्छ । वास्तवमै भोलिका भविष्य निर्धारक आजका
युवापिढी हुन । तर पुराना राजनीतिक पार्टीहरूलाई हेर्दैगर्दा देश र युवाको भविष्य
डामाडोलको अवस्थामा छ । कुशल नेतृत्वको अभाव, शीर्षस्थ नेताबीचको इगो, राष्ट्रिय हित भन्दा दलीय स्वार्थ माथि हुनु जस्ता कारणले
देश बर्बादको अवस्थामा छ । सुमार्गतिर डोरिने शुभ–लक्षणको संकेत देखिने छनक छैन । तर, केहि वर्षयता केहि युवा जमातले
देशका निम्ती अनुकरणिय अभियान गरेका छन् । बन्द विरूद्दको अभियान ‘नेपाल सँधै खुल्ला छ’ पछिल्लो समयको अत्यन्तै सह्राननीय
काम हो । जुनसुकै राजनीतिक पार्टीले बन्द, हड्ताल जस्ता हिंसात्मक कामहरू नेपाली जनता र राष्ट्रको
निम्ति गरेको भन्दै आएता पनि यस्ता कार्यहरु राजनीतिक संगठले अस्तित्वको लडाइका
निम्ती गरेको पाइन्छ । बन्द गर्नु अगाडी राजनीतिक संगठनले के बुझ्न जरूरी छ भने
कुनै राजनीतिक दलीय माग ठुलो हुन्छ कि राष्ट्रभित्र रहेका जनताको सहज जीवन निर्वाह
? क्षणिक बन्दले कुनै एक
राजनीतिक दलको माग सम्बोधन हुन राउण्ड टेबलसम्मको यात्रा गराउला तर बन्दबाट भएको
राष्ट्रिय तथा वैयक्तिक क्षति कहाँ सम्बोधन हुँदै आएको छ ? क्षतिको पुर्ती कस्ले बेहोर्दै
आएको छ ? के कुनै एक साधारण नेपाली, एक उद्यमी र राष्ट्रले बन्दबाट
कुनै क्षति बेहोर्नु परेको छैन र ? यसर्थ, बन्द
बिरुद्धको अभियान पछिल्लो दिनको युवाहरूको सबैभन्दा उत्कृष्ट काम हो । अकुपाई
बालुवाटार जस्ता सामाजिक सन्देश बोकेका कार्यक्रम युवा नेतृत्वमै हुँदै आउदा एकपटक
सक्षम युवापिढीलाइ नेतृत्व हस्तान्तरण गर्दा ठुलै गलत पक्कै पनि हुने थिएन होला ?
सन् १९६४ मा
नेता लाल बहादुर सास्त्रीले इन्दिरालाई 'अब आप मुल्क को सम्हाल लिजिए’ (नाउ यु टेक ओभर दि रेसपोन्सिबिलिटि अफ दि कन्ट्री)
भनिए झैँ हाम्रा शीर्षस्थ दलका नेताहरुले जोखिम उठाउदै नयाँ पुस्तालाई 'देश सम्हाल' भन्नसक्नुपर्छ । युवाशक्तिमा
नेतृत्व हस्तान्तरण गर्नुपर्छ । हामीसँग गगन थापा जस्ता सैयौँ योग्य युवा नेताहरू
छन । जसले यो देशलाइ केहि उचाईतिर लम्काउन सक्ने सामर्थ्य बोकेका छन । तर न
शीर्षस्थ नेताहरु आफैले नेतृत्व दिन सकेका छन, न नेतृत्व युवापुस्तामा हस्तान्तरण गर्न मानेकै अवस्था छ ।
यस्तो संक्रमणकालिन अवस्थामा देशलाई कहिल्यसम्म गुम्साएर राख्ने? अब नेपाली युवाहरू यी कुरामा सजक
भइसकेका छन । चुप लागेर बस्ने स्थिति छैन । यसर्थ, राजनीतिक कूसंस्कार र नेतृत्वलाई परिवर्तन गर्ने
हामीसँग भएको एउटै अस्त्र ‘मत’ को प्रयोग थियो तर हामिले सहि
सदुपयोग गर्न सकेनौँ । खैर, अझै
पनि विग्रेको केहि छैन तर सक्षम र केहि गर्न सक्ने युवाहरुलाई नेतृत्वमा
पुर्याउनका निमित्त युवाहरु सचेत भएका छन ? देशलाई बन्धक र अन्यौलताको स्थितिमा साँघुराउने कुठराघात
नेतृत्व तहबाट गर्नु भन्दा बेलैमा जनसंविधान लेखि देशलाई विकास पथतिर फुकुवा गर्नु
उत्तम हुन जानेछ । नत्र, भोलिका
दिनमा कुनै पनि कदम उठाउन युवाहरू पछि पर्ने छैन । राष्ट्रको परिवर्तनका निम्ति
नेपाली जनताले धेरै मुल्य चुकाइ सके ? अब, नेतृत्व
तहबाट गर्ने मौका हुँदाहुँदै पनि पुरानै इतिहास दोहोर्याइन्छ भने नेपाली जनताहरूले
मुल्य चुकाउने हैन, अब
नेतृत्व फुकाउने कदम उठाउने छ ।
Published
in www.bichardabali.com
Tuesday, September 2, 2014
नदि झैँ
पलपल
बगिरहन्थ्यो—खुशी
घाम झैँ
हरपल
छाइरहन्थ्यो—न्यानोपना
बादल झैँ
क्षणभर
उडिरहन्थ्यो— उल्लास
एउटा—
प्रेमिल
पृथ्वीभित्र
मैले
कहिल्यै ठानिन—
पिउदै जाँदा
उनको मादकता
एकदिन वेहोश
हुनेछु
र, भुल्नेछु आफ्नै अस्तित्व
विलिन
हुनेछु—
एकदिन निर्दोष
शीतका थोपाहरू झैँ
फगत
एउटा कठोर
हृदय
जहाँ— पोखाए जिन्दगीकै महङ्गा
खुशिहरू
र, खर्चिए अमुल्य क्षण
शायद,
यहि होला— आत्मिय हुनुको कठोर सजाय
Subscribe to:
Posts (Atom)