Sunday, April 6, 2014

हामी कति गरिब रहेछौँ ?

एकदिन धनाढ्य व्यापारीले आफ्नो छोरालाई देशका पहाडी दुर्गम गाउँतिर मानिसहरू कसरी गरिविमा बाचिरहेका छन ? देखाउन लगेछ ।

केहि दिन गाउँमा विताएर फर्कदै गर्दा बाउले छोरालाई सोधेछ- 'यात्रा कस्तो रह्यो ?'

'गज्जप' -छोराले उत्तर दियो ।

'मानिसहरू कसरी गरिवीमा बाँचिरहेका छन, देख्यौँ नी तिमीले'

'अँ, देखे' -छोराले जवाफ फर्कायो ।

त्यसो भए भन त मलाई- 'यो यात्राबाट तिमीले के सिक्यौँ ?'
तब छोराले भनेछ:
- मैल के देखे भने हाम्रो घरमा एउटा कुकुर छ जब कि उनीहरूसँग चार-चारवटा कुकुर थिए
- हाम्रो घरअगाडी सानो स्वीमिङपुल छ, जुन गार्डेन सम्म पुगेको छ तर उनीहरूसँग विशाल ताल नै थियो जुन धेरै टाढासम्म फैलिएको थियो
- हाम्रो बगैचा र घरलाई राती ल्याम्पोष्टका वत्तिहरूले उजिल्याउँछ तर तीनिहरूका घर, आँगन, खेत, बारी, बन, जंगललाई रातमा आकाशका तारहहरूले उजिल्याउँथे
- हाम्रो घर जाने बाटो रिंगरोडबाट एउटै छ जुन साँघुरो र भित्री चोक सम्मका लागि छ तर तीनिहरूको घर जाने बाटोहरू त जताततैबाट थिए
- हाम्रो घर थोरै जमिनमा बनेको तर तीनिहरूसँग कति धेरै जमिन थियो र घर कति धेरै जग्गामा बनेको थियो।  
- हामीले सँधै खाना किनेर खानुपर्छ तर तीनिहरूले आफै उत्पादन गर्थे
- परिवार र सम्पत्तिको सुरक्षाका लागि हाम्रो घर पर्खालले घेराबन्दी गरेको छ तर तीनिहरूका घर गाउँलेहरूका घरहरूबाट घेरिएका थिए । तिनीहरू संगोलमा थि, सुरक्षा, साथ र सहयोग उत्तिकै थियो ।

छोराको कुरा सुनेर बाउ एकछिन अलमल्लमा पर्यो पुन: छोरोले भन्यो- 'धन्यवाद, पीता ! 'हामी कति गरिब रहेछौँ' भन्ने कुरा देखाउनु भएकोमा ।  

- पाउलो कोइलो
- अनुवाद: सन्तोष 

No comments:

Post a Comment