एक साँझ म समुन्द्रको किनारमा हिड्दै थिए । केहिबेरको क्षणिक तटिय आनन्दपश्चात
जब म तटबाट रोड क्रस गर्न बाटोमा निस्किए । एउटी केटी फोनमा कुरागर्दै हिडिरहेको निकै
पर देखे ।
त्यो केटी रोड क्रस गर्नका लागि त्यहि ठिंग उभिइ । म छक्क परे । म जहाँ बाट
रोड क्रस गर्न लागिरहेको थिए- 'त्यहाँ जेब्रा क्रसीङ्ग थियो ।' तर, उनी जहाँबाट
रोड क्रस गर्न लागिरहेकी थिईन- 'त्यहाँ जेब्रा क्रसिङ्ग थिएन ।'
त्यही मार्ग हुँदै परबाट कारहरू पनि तीब्र गतीमा आउँदै थिए ।
म त्यँहाबाट बाटो काट्न हुन्न भन्ने मनसायका साथ चिच्याए । जोडजोडले चिच्याए ।
तर, उनले मेरो आवाज सुनिन । म सोच्दै थिए- 'अब दुर्घट्ना हुने भयो । कुनै
वियोगान्त दुर्घट्ना ।
बडो गम्भिर मुद्रामा ठिंग उभिएर घट्नाको प्रत्यक्ष साक्षि झैँ नियाल्नु बाहेक म
सँग अरू केही विकल्प थिएन । कुदेर उनी समक्ष पुग्न सकिने समय पनि थिएन । किनकी उनी
निकै पर थिइन ।
जब बाटो काट्नका लागि उनले पाइला चाल्न शुरू गरिन । मेरो मुटुले ठाँउ छाड्यो ।
म जोडले पुन: चिच्याए तर उनले सुनीन ।
तत्क्षण: उनी रोकिइन । म पुन: छक्क परे । उनी बाटो नकाटी रोडको साइडमा थ्याच्च
बस्दै हिलमा अड्किएको ढुंगा निकाल्न थालिन । कारहरू उनकै छेउबाट बेतोडले हुइकिदै
गए ।
म मनमनै गमे- 'चमत्कार, जुन प्रत्येक दिन हाम्रो जिन्दगीमा भइरहेको हुन्छ '
।
- Neel
Potgieter
- अनुवाद:
सन्तोष पौडेल