गोवर्द्बन रानाको 'साम्यवाद' पुस्तक पढ्दै गर्दा उल्लेखित अनुच्छेदले कम्युनिष्ट राजनीतिज्ञहरूका विचार, मनोगत रूपमा क्रान्तिकारी शब्द वा अक्षरका सिमित भाषणमा समाज, राजनीति र जनता सिद्धान्तत: भुलाउँन सकिने स्पष्ट हुनजान्छ । हुनत: बारम्बार क्रमरेडहरूबाटै 'गरीवि रहेसम्म माओवादी रहिरहँने' सुनिदै नआएको भने होइन तर ठुला ठुला भ्रम र आशाका खेती गरेर क्षणिक समयका लागि गुलियो सपना बाड्दै राजनीतिक लाभ उठाउने मुलत: अशिक्षा र वेरोजगारी जस्ता विद्यमान मुख्य समस्या भएकैले-भएतापनि एकदिन सपना बाड्ने कार्यको अन्त्य भने निश्चित छ । र, प्राय: क्रमरेडहरूबाट तीनै क्रान्तीकारी शब्द सुनिन्छन् जुन पुस्तकका अक्षरमा सिमित छ तर व्यवहारमा लागु भने भएको देखिदैन । सँगै,
नेपाली राजनीतिको ठुलो दल नेकपा माओवादी (,) वा (-) का राजनीतिक नेता, विश्लेषक
तथा समीक्षकबाट बारम्बार छापाखाना तथा टेलिभिजमा चल्ने राजनीतिक बहसका बेला 'साम्यवाद'का
सन्दर्भमा तल उल्लेखित यीनै कुरा सप्पैबाट मुखरित हुनु नौलो कुरा होइन । तर,
पुस्तक अध्यनपश्चात व्यक्तिगत बोध यो रहन्छ कि त्यतिबेला ती समयमा समाज
रूपान्तरणको लागि क्रान्तिकारी अभियानका रूपमा सिद्धान्तत: कोरिएका यी अक्षर नेपाली कमरेडहरूका मनसपटलमा आजका दिनसम्म कण्ठष्ट
त छन् तर यीनको भाव, प्रभाव र अर्थ स्वं-पार्टीभित्रै र वर्तमान नेपाली राजनीतिक पृष्ठभुमिका
लागि कति उपयुक्त छ या छैन ? ठम्याउन कठिन छ । साम्वादको यो अनुच्छेद पढ्दा !
"'सर्वहाराहरूको कुनै राष्ट्र हुँदैन' तथा विश्वका सर्वहाराहरू एक हौँ ।' भन्ने
मार्क्स-एन्जेल्सको अनुयायी साम्यवादी नेताहरू आफैं एक हुन सकेका देखिँदैनन् ।
विश्वका अन्य कम्युनिष्ट पार्टीहरूमा जस्तै नेपालका कम्युनिष्ट पार्टीमा पनि
अनेकौँ चिराहरूमा विभाजित हुनु र एकले अर्कालाई गद्दार भन्नु उनीहरूको विशेषता नै
भएको छ । एउटै सिद्धान्त र झण्डा बोक्ने वामपन्थीहरूको यो दिग्भ्रमित मानसिकता
साम्यवादी दर्शनभित्रको स्वप्न परिकल्पना नै हो । जसको अर्थमा त्यसका नेताहरू आफै
स्पष्ट नभएकाले कम्युनिष्ट पार्टीहरू देशको राजनीतिमा कुहिरोको कागझैँ अल्मलिनु
स्वभाविक हो । एउटै साम्यवादी दर्शनका अनुयायीहरू कुनै 'बहुदलीय जनवाद' वा कुनै
'एकदलीय अधिनायकवाद' को बाटो रोज्दछन् र अन्धाले डोर्याउन खोजे झैँ अभिनय गर्दछन्
।