Thursday, May 24, 2012

संविधान

नेपालीहरुमा खुशिको सिमा थिएन । जताततै हर्सोल्लासको नारावाजी र उत्साह थियो । कोही 'भट्टराई' जिन्दावाद भन्थे, कोही 'मने' जिन्दावाद त कोहि 'काले', 'गोरे', 'शेर' जिन्दावाद !! शहरको चोक, चोक, गल्ली, गल्ली जताततै मानिसहरुको हुल थियो । हुलहरुमा उपस्थित सम्पुर्णले एक आपसमा खुशि साटासाट गर्दै थिए । भावनात्मक सम्बन्धलाइ अझ प्रगाढ बनाउँन एक आपसमा चुम्बन गर्दै, हाम्रो कुनै 'जात' छैन, विमती र झगडाको 'गुट' छैन । हामी नेपाल राष्ट्र आमाको पुत्र-पुत्री 'नेपाली' हौँ । संसारले चिन्ने वीर 'नेपाली' हौँ । हामी सबै 'नेपाली' हौँ । हाम्रो स्वतन्त्र सिंगो अखण्ड राष्ट्र 'नेपाल' हो- भन्दै ठुला ठुला आवाज घन्किरहेको थियो ।  

कोही भन्दै थिए-"हामी 'जात' लाई हतियार बनाई 'रक्तपात'" गराउन चाहान्थ्यौँ । भाईचारा, बन्धुत्वमा फाट ल्याउँन चाहान्थ्यौँ । हाम्लाई एकता र समताबाट भाज्य गर्ने जातीय राज्य, जातीय संघियता चाहिन्न, हाम्लाई केवल एक सुत्रमा आवद्ध गराउने, नेपालीपन, नेपाली वहादुर, वीर गोर्खाली साथै सिंगो राष्ट्र 'नेपाल' र नेपालीहरुको भलो हुने, विकास हुने, समृद्धि र सम्पन्नतातिर लम्काउँने, आपसी सद्भाव र समन्वय हुने, विखण्डन  होइन सिंगो राष्ट्रलाई सम्बोधन गर्ने 'संविधान' चाहिएको थियो, जुन आज हाम्ले प्राप्त गर्यौ । झण्डै, झण्डै राष्ट्र अगुवाईहरुले यति सुन्दर राष्ट्र नेपाल र हामी नेपालीहरुलाई युगाण्डा र ईथियोपियाको आलो रगत चाट्ने रणभूमि बनाउँनै थालेका थिए तर व्यक्तिगत स्वार्थ, दलिय स्वार्थ र राजनीतिक स्वार्थ भन्दा माथि रहेर नेपाली भावनालाई समेट्ने जन "संविधान", जनताको संविधान बनाए । संवाभित मार, काटको बन्द गरे । नेपाली दाजुभाइदिदीवहिनीहरु ! यिनीहरु पनि त नेपाल राष्ट्रको सन्तान हुन् । अन्तिम घडिमै भए पनि अन्तत्वगोत्वा राष्ट्रप्रेम र देशभक्ति देखाए । नेपालीजनताप्रति झल्काएको प्रतिवद्धता पुरा गरे । इतिहासको पानामा ६०१ को नाम सझिनेछँ । राष्ट्रको लागि, नेपाली जनताकालागि यिन्ले तिर्नै नसक्ने गुण लगाए । भन साथिहरु ! "हाम्रो नेता, हाम्रो देश" प्राण भन्दा प्यारो छ । "नयाँ संविधान" जिन्दावाद !, "नयाँ संविधानलाई" स्वागत छ । "जय नेपाल" जिन्दावाद ! "जय नेपाली" जिन्दावाद ! 

हुनपनि नेपाली राजनीतिको लामो संक्रमण कालपछि नेपाली जनताले चाहे जस्तो, देशको विकासमा तीव्ररुप छाँउने खालको, नेपाली जनताले गर्वको साथ "सय थरि फुलका हामी एउटै माला नेपाली" व्यक्त गर्ने स्वतन्त्र आवास को त्यो अविष्मरणीय दिन, ऐतिहासिक दिन, इतिहासले भुल्न नसक्ने दिन २०६९ जेष्ठ १४ गते बेलुकी ८:३० मा समग्र नेपाली जनता (४ वर्ण, ३६ जात, १४ अञ्चल, ७५ जिल्ला, ५ विकास क्षेत्र, हिमाल, पहाड, तराई) लाइ समेट्ने "संविधान" बनेको थियो । त्यो हर्सोल्लासमय दिनको बारेमा म संग पनि व्यक्त गर्ने कुनै शब्द थिएन,  केवल अपार खुशिको समुन्द्र थियो । म डुब्दै त्यो समुन्द्रको गहिराइमा मेरो भविष्य, सम्पुर्ण नेपालीहरुको भविष्य, उनीहरुको आर्थिक उन्नतीको स्तर, एकआपसको सदभाव, प्रेम, विकास र सुन्दर देश "नेपाल" र "नेपाली" खोज्दै थिए । अचानक कसैको थप्पडमा विउझिँदा केवल त्यो त वानेश्वरको पिपलको रुखमा अढेस लाग्दा देखिएको सपना पो रै'छ । 

Sunday, May 13, 2012

नयाँ सुधारको आवश्यकता


अर्न्तराष्ट्रिय बिमान स्थल भित्रको पसाइ मेरो लागि पहिलो पल्ट थियो । यो भन्दा पहिल्यै म छिरेकै थिइन । भित्रि वातावरणको दृश्यावलोकन रोमाञ्चकपूर्ण तथा उत्साहपुर्ण होला भन्ने मेरो मनसपटलले आंकलन गरेको थियो तर दृश्यावलोकन अघि मैले सोचेको विमानस्थल र पछिको प्रत्यक्ष दृश्यावलोकनबाट प्रत्याभुत भएको विमानस्थल निकै फरक थियो । जब ती अव्यवस्थित अवस्थाका दृश्यहरु देखे मेरो मन धमिलो भयो । पोखरामा सामान पठाउनु पर्ने भएकाले नै अर्न्तराष्ट्रिय विमान स्थलको प्रत्यक्ष साक्षात्कार गर्ने मौका जुरेको थियो ।  

विशाल प्रवेश द्धार देख्दा साच्चै हामीमा यो स्तम्भ झै विशाल कला र कौशलको निपूण व्यक्तिहरु धेरै छन्, हामी कला र कौशलले धनी छौँ भन्ने भान जो कसैलाई हुन्छ । श्री ५ वीरेन्द्र स्वर्ण प्रवेश द्धार अंकित उक्त स्तम्भले केही पल मेरो पनि ध्यान तेतैतिर खिच्यो । दायाँ वायाँ नियाल्दै फेरि म गन्तव्य तिर लम्के । जाँदै गर्दा वाया पट्टी गल्फ खेल्न बनाइएको सुन्दर मैदान, सँगै जोडिएको बगैचा सहितको सानो घर देख्दा पश्चिमेली शहर झै लाग्यो तर बाटोको जीर्ण अवस्था, अलि परको स्थानमा सुकेका घाँसको चाङ्, फोहोरको डंगुर देख्दा कतै गल्ली पो छिरे जस्तो लाग्यो । शायद केहि महिना अगाडि त्यसरीनै चाङ् लागेका घाँसमा आगलागि भएको हुनुपर्छ, धन्न ठुलो कुनै क्षति तथा जोखिम मोल्नु परेन । त्यो भन्दा पनि बेजोडको रमिता त ट्यक्सी राखेको मैदानमा देखे जहाँ आगमन यात्रुलाई यो र त्यो ट्यक्सी भन्दै तानातान गर्दै थिए ।

एक मात्र अर्न्तराष्ट्रिय विमान स्थलको अवस्था त यस्तो छ भने बाहिर रहेको मार्ग, जीर्ण पुल, पुलेसा, पार्क र निर्माणाधिन आयोजनाहरु अव्यवस्थित हुनु स्वभाविक हो । यहि बाटो भएर प्रधानमन्त्री देखि सरकारी निकायका पदाधिकारीहरु यात्रा गर्छन् तर यस्को व्यवस्थापन तथा मर्मत तिर भने कसैको ध्यान केन्द्रीत नरहेको प्रष्टै हुनजान्छ । न त अनुगमन तथा निरीक्षण गर्ने संस्थाले नै यसतर्फ ध्यान केन्द्रीत गरेको छ । विमानस्थल जस्तो महत्वपूर्ण स्थानमा प्रणालीगत नियमन नहुनु, जिम्मेवारी तथा व्यवहारिक प्रयत्न नदेखिनु सम्बद्ध निकायको जटिल समस्या हो । तसर्थ थुप्रै आर्थिक संकलन तथा आवातजावत गर्ने स्थानको सुरक्षित व्यवस्था र मर्मत संभारका लागि विमानस्थलका पदाधिकारी तथा सम्बन्धीत निकायले धेरै सुधारात्मक कार्य गर्नुपर्ने देखिन्छ ।