अँध्यारो,
पढ्नु
नपर्ने,
जुरुक्क, उठ्नै
नपर्ने,
खुरुक्क,
काम गर्नै नपर्ने,
खुशी छन,
सप्पै ! आफै
देखि,
भित्रैदेखि,
“देश
मनपर्छ ।”
*****
‘भविष्य’,
न चिन्ता न चिता,
गजक्क छन,
फुर्सदिला
जीन्दगीहरु,
हिस्रक
झैँ उड्छन, डुल्छन, फुट्छन,
छताछुल्ल
हुँदा,
देशप्रति
न खेद छ
न दु:ख
कत्ति खुशी
छन,
देशदेखि,
बिजुली
धारा,
सडक
घर-भाडा
मंहङ्गी
ट्राफिक जाम,
सरकारी
निकायका काम,
र वर्तमान
कानूनदेखि,
फुच्चे,
चुच्चे र बढे नेतादेखि
भित्रैदेखि
सप्पै ! खुशी
छन,
“देश
मनपर्छ ।”
*****
वत्ति बाल्नु
हुन्न रे !
देखिन्छ,
काला
धनहरु
जाली
मनहरु
रित्तिएका
वनहरु
खेर गएका अपार
जलस्रोतहरु,
भष्ट्रचार,
कुशासन,
पसिना
नचुहाएका अनुहार,
श्रम मुल्य
नचिनेका बेसरम,
राष्ट्रिय
विभुति बन्ने होड र सपना,
ठाउँ-ठाउँका
तालि,
माला माल्यार्पण,
बाँडि-चुँडि
विकास,
‘देश’ रुवाउँदै,
खुशी बटुलेका
रहरियाहरु,
सँधै खेल्ने,
‘सहमति !
सहमति ! सहमति’
अनौठो राष्ट्रिय
ढाकछोप खेल,
“देश
मनपर्छ ।”
*****
बिजुली बले,
देखिन्छ रे !
चरम
वेथिति,
वेचैनी र
वर्वादी,
गरीवी,
अराजकता, मैला ती अनुहार,
एक धोक्रो
मल नपाएका जनता,
शून्यशिलता
शुसासन,
कू-शासन,
अन्न नफलेका
बाँझा खेतवारी
खान नपाएका,
भोका पेट,
अनुहार !
अह !
बिजुलि
बाल्नु हुन्न,
हुँदै
हुन्न,
कहि कतै,
अँध्यारै
ठिक
अन्धकारमा
को फरक ?
सबै समान
न
रंगिविरंगी
श्वामश्वेत
नेपाल,
न विभेद
न तराइ,
न पहाड,
न हिमाल
शताब्दीकै
ठुलो फट्को,
उत्कृष्ट सोच,
खुशिमा
लाज लाग्छ,
किन ?
सुर्यले
दर्शन गर्न नपाउँदै,
संसारले
देख्ने,
अग्लो चुचुरो-चुलि
मुन्तिरको मेरो देश,
अन्धकारमय
भयो,
२०४ वर्ष राणा
मडारिए,
राजा,
महाराजा मडारिए,
प्रजातन्त्र
मडारियो,
गणतन्त्र,
अचेल मैदानमा
छि:चिमिरा झैँ
सेता
हुस्सु मडारिए,
देख्दिन,
नेपाल कता
छ?
नेपाली
कता छन्?
देश अँध्यारो
छ,
मलाइ,
“देश
मनपर्छ ।”