ग्यांङका कुनै भैरेलाई अंग्रेजी नआउने, पढे पो !
एकदिन फुच्चेले 'मिनिङ' पढे पछि काम लाग्ने सबैलाई वतायो । त्यसदिनदेखि टाक्कटुक्क सबैले मिनिङ
कण्ठ गर्न थाले । जानेर वा नजानेर पढ्ने बानिको शुरूवात भैरे ग्यांङमा यहि हिज्जे कण्ठबाट थालनी
भयो ।
भैरे ग्यांङमा फुच्चे, औवा, भुन्टे र म थियौँ । स्कुलमा अंग्रेजी मात्र नपढ्ने,
नआउने । अरूमा खप्पिस । म दोश्रो थिए । गोले केटो फस्ट । फुच्चे, औवा र भुन्टे भने अक्षरका गरिब सन्तान
थिए । म दिनहुँ यिनिहरूको संगतमा पिटाइ भेट्थे । प्राय: हातमा सिर्कनाका डाम हुन्थे । कैलेकाई कन्सिरीका भुत्ला उखालिन्थे ।
क्रिकेट मैदान जस्तो गोलो चौरीमा एल आकारमा स्कुल थियो । कक्षा ५ सम्म पढाइ
हुन्थ्यो । स्कुल अगाडी ठुलो भैसि आहाल थियो । आहालको पुर्व र उत्तर पट्टि ठुला बरपिपलका रूख । दख्खिनमा फुटबल र भलिबल खेल्ने चौरी ।
मजाको फुटबल खेल्न केहि भैरे पेले भन्दा कम थिएनन् । बाउका नयाँपुराना सबै मोजा चोरेर ल्याउथे, कागज-प्लाष्टिक भर्थे । अनि, सुरू हुन्थ्यो— फुटबल ।
सबैभन्दा बढी फुच्चेले हात्तिछाप चप्पलका धेरै
लोति चुडाल्यो । तर, खुट्टाबाट फुटबल खेल्ने शैलि कहिल्य चुडाल्न सकेन।
एकदिन फुटबल खेल्दै गर्दा अर्को भैरे उर्फ भुन्टेले हात भाँच्यो । तर, मजाको फुटबल खेलेर कसैको
मन भाँच्न सकेन । त्यसदिन भुन्टेले रूदै फुटबलबाट सन्यास लिन धुलिखेलको हस्पिटल पुग्नुपर्यो ।
केहिदिनपछि हेडसरले थाहापाउनुभएछ— 'मजाको फुटबल खेल्न प्रतिबन्ध लगाइदिनुभयो ।' त्यसदिनदेखि भैरेहरूले बाउको मजा चोर्न छाडे । यता मजाको फुटबल इतिहास टुंगियो । त्यसैदिन नयाँ
इतिहास शुरू भयो— बाउको मोजा नहराउने ।
०००००
म रूख चढ्न डराउथे । आहालमा डाइभ हान्न खप्पिस । केटाहरू बादर भन्दा कम थेनन् । वरपिपलका जति हाँगा
भाचिन्थे । सब ती झुण्डेर भाचिन्थे ।
औवा हाँगामा पिङ्ग झैँ मचिन्थ्यो । म भुइबाट कतापट्टि
खस्ला ? आँकलन मार्थे । केटो किन खस्थ्यो ? झन्, अर्को हाँगामा बाँदरझैँ जम्प मार्थ्यो ।
पाकेका वरपिपलका गेडा औधि मिठा हुन्थे । स्कुलका खाजा
हुन्थे सिजनमा । झण्डै, भैरे ग्यांङका केटाहरूले स्कुले जीवनभर आधा ट्रक भन्दा बढी खाए होलान् । रूखबाट टिपेर ल्याएका सप्पै
मेरा लागि हुन्थे । फेदमा झोला रूग्ने काम मेरो जिम्मामा हुन्थ्यो ।
एकदिन फुच्चेले पल्लो हाँगाबाट औवालाई भनेछ— 'हाम्रा हजुरबाका बाले रोपेका रे यी बरपिपल'
औवाका कन्सिरी तातेछ । झोक्किदै— 'भुत्रा नी होइन', भन्दिएछ ।
पल्लो हाँगाबाट फुच्चेले सट हान्ने भाथ्यो— 'तुन्द्रुङ्ग हाँगा मुन्तिर झुन्डियो'
औवाले तु फिल्मी स्टाइलमा फुच्चेलाई बचायो ।
वास्तवमा भैरे ग्याङ्गका कुनै भैरेलाई थाहा थिएन कसका हजुरबाले
रोपेका थिए ती वरपिपल ।
०००००
भोलिपल्ट रूख चढ्दै गर्दा अचानक फुच्चे झोक्कियो— भुत्रानि ल्याइदिन्न । हिजो लड्याभा, 'मरिमरि हास्थिस् ।' अझै ! कुरा लाउथिस् होला बालाई । पर्दैन झोला
रुङ्न, बोकेरै चढ्छु । खाने भए आफै चढ । 'जाठा ! हाम्ले चै आमाको पेटमा सिकेर आ हो र !', बाले चढ्नुहुन्न भन्दै
गालि गर्थे । बा'को आँखा छल्दै आँटका हाँगा मच्याउथ्यौँ । खुरूक्क चढ ।
'फुच्चेका कुरा सुनेर एकछिन ट्वा भए ।'
'थुइक्क ! मुला, सानो कुरामा रिसाम्छस् ।' हिजो त्यहिपनि तलाई केहि भएन । म रुन्चे स्वरमा
बोले ।
'फुच्चेको मन के पग्लिन्थ्यो ?' डरले शरिरमा भरर काँडा
मात्र उम्रिए ।
तत्क्षण सबै फुच्चेका साइडतिर पन्छिए । फुच्चेका कुरामा सहमत
भए । कसैले नल्याइदिने भए । म एक्लो परे ।
त्यहिदिन मैले रूख चढ्न सिके । कालान्तरमा तिनिहरूभन्दा खप्पिस
निस्के । कतै रूखका हाँगा लुछिए भेरै ग्याङ्गमा नाम जोडिएर आउन थाल्यो ।
०००००
प्राय: सधैजसो औवा र म टिफिन टाइममा घर भाग्थ्यौँ । फुच्चे
र भुन्टे त्यति भाग्दैनथे । बारिका कान्ला उक्लिदै गरेको देखेपछि आश्विनी सरले
डिलबाट बोलाउथे । हामी कान्लामा लुक्थ्यौँ, फर्केर जादैनथ्यौँ । फुच्चे र भुन्टे भने जान्थे ।
भोलिपल्ट बनमारा सिर्कनाको चुटाइ भेटिन्थ्यो । उल्का
दुख्थ्यो । बनमारा सिर्कनोदेखि उल्का डराउथ्यौँ तरपनि भाग्न छाडेनौँ । सम्भवत: बनमाराका सिर्कना जत्ति आमाले पनि शरिर चुमिनन् होला?
'एकदिन फुच्चेले आश्विनी सरलाइ कन्सिरीका भुत्ला उखाल्दिए, भाग्दैनन्', बताइदिएछ
। कन्सिरीका भुत्ला उखाल्ने मान्छेदेखि दुवै खुब डराउथ्यौँ ।
गाउँमा ७४ वर्षका एक बडबा थे । भुराभुरीका कन्सिरीका भुत्ला
उखालेर थुरथुर बनाउथे । ती बुढालाई देख्ना साथ हामी टाप कस्थ्यौँ । छेउमा कहिल्य पर्दैनथ्यौँ । फुच्चे
एकदिन बुढाको ट्र्यापमा फसेछ । केहिबेरपछि रुदै आइपुगेथ्यो । हामि मज्जाले हासेथ्यौँ ।
माइलिकाकिको पसलमा बुढालाइ चाउचाउ किनेर खुवाएपछि फुच्चे बुढाको जिग्रि भयो । हेर्दाहेर्दै बुढाका मर्न लागेका गफ
हामीसँग उराल्न थाल्यो । तर, हामी भने बुढाको छेउ कहिल्य परेनौँ । बुढालाई देख्नासाथ परैबाट कुलेलम ठोक्थ्यौँ । फुच्चे
हाम्रा कन्सिरीका भुत्ला उख्लिएको हेर्न चाहन्थ्यो । ईख पालेथ्यो त्यसले । र त
भन्दियो आश्विनी सरलाई ।
अर्को दिन स्कुल पुग्नासाथ आश्विनी सरले बोलाए । थाहा थियो— 'बुढाले बोलाउछन् भन्ने, किनकी हिजो टिफिनपछि भागेकै
थियौँ ।'
अफिस कोठामा सुटुक्क पस्यौँ । आश्विनि सर झ्याल छेउ कुर्चिमा उङ्दै थिए । सरको हातमा बनमाराको सिर्काना थिएन । हामी अचम्ममा पर्यौँ ।
मैले औवाको कानमा खुसुक्क भने— 'बुढालाइ पिट्दापिट्दा अल्छि लागेछ, अब सम्झाउछ ।' त्यसदिन काला दात देखाउदै ऊ फिस्स मुस्कुराएथ्यो ।
बुढाले दुवैलाइ नजिकै बोलाए । सरासर गयौँ । बुढाका बढो अरमठ्ठेको हात रहेछ— 'नमज्जाले कन्सिरीका
भुत्ला उखाले ।' दुवै क्वा ! क्वा ! रूदै कक्षाकोठामा फर्कियौँ । सबैले निकैबेर जिस्काइरहे । त्यसदिनदेखि
कन्सिरीको भुत्ला सम्झेर भाग्न छाड्यौँ र टिफिनपछिका कक्षा नियमित पढ्न थाल्यौँ ।
०००००
चन्द्रकला मिस हुनुहुन्थ्यो । कालि थिइन् तर राम्री । हामी
भैरेलाइ के कालि, के राम्री ? तर, उनका शरिरका प्रत्येक अङ्ग ठुला थिए । हामीलाइ
ठुला लाग्थे । जब मिसलाइ देख्थ्यौँ, लजाउदै हास्थ्यौँ ।
'नाइटो झर्या छैन जिस्काउछौँ ।' मिस हाम्रो ग्यांङ्गलाइ सधै हपार्थिन । किन हपार्थिन ? ऐल्य बुझ्दैछु ।
मिस औधि बाठी थिईन् ।
एकदिन मेरो नयाँ कापि हरायो । म रूदै आश्विनी सरका पुगे । बुढाले
उल्टै दुइ सिर्कना लगाइदे । म छिनमै चुप भए । अचानक झरिरहेका आशु थामिए ।
एकछिनपछि चन्द्रकला मिस कक्षाभित्र छिर्नुभयो । थाहाभयो— 'आश्विनी सरले कपि पत्ता लगाउन पठाएका रहेछन् ।'
कक्षामा २० जना थियौँ । धेरै केटी थिए । सबै छिप्पेका ।
थोरै केटा थियौँ । सबै भुन्टे ।
मिसका हातमा उत्रैउत्रा २० वटा सतिबेरका काटी जत्रा सिन्का थिए
। सबैका हातमा थमाउदै मिस बोल्नुभयो— 'जसले कपि चोरेको छ । भोलि आउदा त्यसको १ इन्च सिन्को
बढेको हुन्छ । पहिलो घण्टीमै सिन्का लिन आउछु । भोलि पत्ता लाग्नेछ चोर ।' मिस यति भनेर फुत्त
बाहिर निस्किनुभयो ।
त्यतिनैबेला अनुहारमा खुशि बेतोडले दौडिएथ्यो मेरो अनुहारमा
। म फिस्स हाँसेथे । भोलि कापि भेटिने पक्का भएथ्यो र बच्ने भएथे बाउको पञ्जा झाप्पडबाट ।
०००००
भुन्टे, औवा, फुच्चे र म औधि मिल्थ्यौँ । स्कुल छुट्टि भएपछि
बाटामा सँधै सँगै हुन्थ्यौँ । आजपनि सधैझै सँगै घर जादै थियौँ । दशजानी बाटाको
गायोको बोट मुन्तिर अचानक फुच्चे रोकियो । हामी पनि टक्क उभियौँ । घाम
महाभारतडाँडाबाट हाम्लाइ शंकालु आँखाले एकोहोरो गरि नियाल्दै थियो । हामि गायोको
बोटमा छेलिएर शितल भएको ठाउमा थ्याच्च बस्यौँ ।
सन्नाटा चिर्दै फुच्चे बोल्यो— 'जाठ्ठी, कालिले भाच्या सिन्को बढ्छ
भनि, भुत्रा नी बढ्दैन ।'
अतालिदै भुन्टे बोल्यो— 'बढ्यो भने ।'
'मा-कसम बढ्दैन', औवा गर्जियो ।
'कालि बाँठिछे । के गर्न आँटी ?' चोरेपनि नचोरेपनि सिन्को
बढ्दैबढ्दैन । भाच्या सिन्को घण्टा बढ्छ । एक बढ्दैन । दुइ बढ्दैन । बढ्दैबढ्दैन ।
फुच्चे र औवाले कापि चोरेकै थिएनन् । किन डराउथे ? सिन्को किन बढ्थ्यो ?
०००००
भोलिपल्ट पहिलो घण्टीमै चन्द्रकला मिस कक्षाकोठामा पस्नुभयो । सबैले आ-आफ्नो सिन्को दिए । मिस
बटुल्दै जानुभयो । भुन्टेले पनि दियो तर अरुको भन्दा १ इन्च छोटो । अन्तत: चोर पक्रियो
। भुन्टेले कापि चोरेको रहेछ ।
चन्द्रकला मिसले कन्सिरी मुन्तिर दुइ झापड लगाइदिनुभयो । राता गाला बोकेर
भुन्टे फुत्त कक्षाबाट निस्केर बेतोडले दौडिएथ्यो । केहि सेकेण्डमै कपि लिएर
कक्षामा झुल्कियो ।
स्कुलपछाडी सतिबेरको बुट्टामा ढुंगामा थिचेर कापि राखेको
रहेछ ।
'मा साले चोर', फुच्चे कड्कियो ।
हुन्देस् ऐल्य ! छुट्टि भएसी कुरा गरौँला । औवा बोल्यो । हामी चुपचाप भयौँ ।
०००००
चारजना मात्र बाटामा थियौँ । सबै घर गइसकेका थिए । स्कुल
सुनसान भइसकेको थियो । सरमिस घरतिर झरिसकेका थिए । बाटामा हिद्दै थियौँ । त्यतिबेलासम्म
कोहि बोलेका थिएनौँ ।
अचानक भुन्टे रूदै बोल्यो— 'हिजो तिमीहरूसँग छुट्टिएपछि घरमा
पुगेर मिसले भनेको सम्झिए । चोरको सिन्को १ इन्च बढ्छ । कापि त मैले चोरेको थिए
। विध्यानष्ट, तिमीहरूले थाहा पायौँ भने के भनौला भनेर बेलुका सुत्नै सकिन । बँच्ने उपाय अबेर
सम्म सोचे तर फुर्दै फुरेन । सुत्नै लाग्दा आइडिया फुर्यो । मिसले दिएको सिन्को
बराबरको अर्को सिन्को बनाए र सँगै सिरानीमुनि राखे । अनि, सुते ।
बिहान उठ्दा दुवै सिन्का जत्रातत्रै । ल बढेन । कालिले थाहा नपाउने भई भनेर
खुशिले उफ्रिए । स्कुल आउदै थिए । बीच बाटामा आइपुगेपछि मन कुडियो । केहिगरि एकैचोट ह्वात्तै बढ्यो भने...'हुन्देस जे होला
सोहि पर्ला । १ इन्च भाच्दिए ।'
हामी गलल्ल हाँस्यौँ । ऊ पनि हास्यो ।
फुच्चेले सम्झायो— 'मुला सबथोक गर, चोर्ने काम नगर । चाहे अर्काको चाहे
हाम्रो ।'
भुन्टेले कान समात्दै कहिल्यै नचोर्ने कसम खायो । सबै
मुस्कुरायौँ अनि एकअर्कामा अंगालियौँ । त्यसदिनदेखि भुन्टेले कहिल्य चोरि गरेन । कक्षाकोठाबाट कसैको सामान पनि हराएन ।
०००००
ग्यांङ्गमा भुन्टे सामान चोर्न सिपालु थियो । फुच्चे फाइट खेल्न
। औवा सन्काहा, निउ खोज्न । तुलनात्मक तिनीहरू भन्दा म सोझो थिए तर पढन्ते । ती जता जान्थे
पछि लाग्ने मै हुन्थे । तर, परीक्षाका समयमा मात्र ती मेरा पछि लाग्थे।
गाउँमा 'भैरे ग्याङ्ग फेमस थियो ।' केटाहरू के गर्दैनथे ?
राम्रो-नराम्रो । सबैसबै ।
एकदिन आश्विनी सरले २० सम्मको दुनोट २ एकान २, २० सम्म भन्नेलाइ २०
रुप्पे दिने घोषणा गरे ।
एकछिनसम्म कसैले हात उठाएनन् । सबै चुपचाप रहे ।
रवि जुरूक्क उठेर भन्न तयार भयो । ग्यांङ्गका सबै भैरे ट्वाल्ल भयौँ । अस्तिभर्खर
चन्द्रकला मिसले ३ एकान सोध्दा ठसठस कन्दै थियो । जाठ्ठाले कति चाँडो कण्ठ गरेछ ।
फुच्चे हाँस्दै बोल्यो ।
'आम्मा कसम यल्लाई आउदैन । बाजि ठोक्दिन्छु ।' फुच्चे फेरि कड्कियो
।
हामि खितखितायौँ । आश्विनी सर बम्किए । नपढ्ने ल्वादहरू । खिसी गर्छौँ । दुइ
तीन सिर्कना ढाडमा बज्रिए । कन्सिरीका रौँ ठाडा भए । कान राता । साँस एकछिन रोक्केलारोक्केला
जस्तो भो !
आश्विनी सर बोले— 'सुरू गर रबि'
रबि— '२ एकान २', २ दुना ४....', भन्दै २ दशन २० । २०
सम्मको दुनोट सकियो सर ।
फुच्चे हाँस्दै बोल्यो— 'भोलि कण्ठ गरेर भन्दे त सन्तोष ।'
आस्वीनी सरले ठुल्ठुला आँखाले निकैबेर मलाई हेरिरहे ।