Wednesday, January 9, 2013

'अशीर्षक'

'क्वाप्प;'
प्रत्येकमा,
भागभण्डा,
र अंशमा,
भाइ~बन्धु,
अनि वंशमा,
सर्वत्र लुटी,
चुपचाप
६०१ जुटेपछी,
अनि,
तपाइ-हामी;
बोल्नु;नबोल्नुको,
कुनै औचित्य;
नरहेपछि,
नदेखेपछि,
नभेटेपछि,
लाग्दोरै’छ,
‘कोठि देश’,
‘र धन्दा राजनीति’

Friday, January 4, 2013

अँध्यारा साउती


‘कुराले न देश बन्छ, न बत्ति बल्छ, न खानै पाक्छ ।’ टुकि सल्काउँदै पोल्ने गरि बोल्यो । चसक्क । मन्द चिसोमा छाति जले झैँ भयो । जलोस् । जल्न दिए । पुतपुताउँदै जल्यो पनि । जाडोमा जलेकै राम्रो । दिनदेखि ह्वात्तै बढेको चिसोमा मन कठ्याङ्ग्रिएको थियो । कमसेकम तातो राप त पायो । रापमा मन जलिरहँदा सहन कठिन भएन । अन्तत्व, गल्ति मेरै थियो । ऊ फर्किसक्दा धेरै काम भ्याउनु थियो तर भ्याइन । बर्षौ पछि भेट भएको साथिको गफमा थिए । विर्सिएछु । अब उसंग क्षमा माग्नु सिवाय अरु विकल्प थिएन । तैपनि क्षमा माग्नु अगावै विर्सना विष्मृतिका कमजोरिलाइ ती डाइलगले एकपटक नराम्रैसंग झँस्काइ सकेको थियो ।
सिराक पल्टाउँदै साथि बोल्यो- ‘विद्यार्थी नेता हौँ कि क्या हो ? साहित्यमा राजनीतिक संवाद ढालेर बोल्यौँ ।’
जवाफ नपर्खिइ प्वाक्क मै बोले । र, जवाफ आएन पनि । ‘नेता होइन नेत्र चै हो’ । नेत्र पौडेल । यो भन्दा बढी उबारे वेलिविस्तारको जरुरत थिएन र गरिन पनि तर उ बढबाको छोरो अर्थात मेरो ‘भाइ’ थियो ।  
*****
सन्तु -‘म लागे ।’ पछि भेटम्ला है ! असजिलो पारामा बोल्दै, साथी कोठाबाट निस्कियो । ए ! एतै बस्दा भो नि ! गफ तुरिएकै थिएन । हतार किन ? – किचन कोठाबाट मुख खोले तर सुन्यो, सुनेन थाहा भएन । देखियो भने बोलाउने नियतले झ्यालबाँट मुन्टो निकालि नियाले तर देखिन ।
यता रिसले फन्फनिएर छेवैको खाटमा पल्टेको ‘भाइ’ मौन थियो । किन रिसायो ? थाहा छैन । यसअघि उ त्यसरी रिसाउँदैन थियो । म छक्क थिए । रिसाउनै पर्ने तेत्रो गल्ति कसैबाट भएको थिएन । काम ठुलो र तुर्नै पर्ने थिएन । केवल भाडा माझी खाना पकाउनु र कोठा मिलाउनु मात्र थियो । त्यो त आखिरी गरि नै हाल्थे ।
*****
‘फोन बज्यो’ 
उठाएन । 
कराए; फोन बजेको सुन्दैनस ।
‘मतलब भएन।’ - जुरमुर्रिएर बोल्यो ।
मतलब तलाई के को नै छ र । मतलब छ त केवल ‘चुरोट’ अनि ‘केटी’ । ती दुइ छाडेर बाँकी प्रत्येक कुरामा मतलब राख्दो होस त समस्यामा ती अनुहार कहिल्यै रिसले खुम्चिदैनथे । बरु उल्टै खुम्चिन्थे समस्या र निराशाहरु । अनि, चाउँरिदै सुक्थे । सुकेका धेरै कुरा राम्रा छन् । थोरै नराम्रा पनि । र राम्रै हुन्थ्यो तेरो जिन्दगी पनि - जवाफ पेलेरै फर्काए ।
कुन्नी के घत पर्यो । म तिर मुन्टो फर्काएर पुर्लुक्क आँखा पल्टायो मात्र तर जवाफ फर्काएन । केहि मिनेट सन्नाटा छायो । म मनमनै गमे । उ नबोल्नुमा ठुलै दुर्घट्ना छ । उ रिसाउनुमा त झँनै । ठुलै काम विग्रिएमा प्राय: उ मौन र रिस देखाउँथ्यो । यो उसको सानै देखिको बानी हो या टार्ने बाहान । मलाइ थाहा भएन र बुझ्नु पनि थिएन । खासमा समस्याको कुरो के थियो ? बुँझ्नु त्यो थियो । कतै, समाधान गर्न सक्थे कि ? यदि समधानै गर्न सकिने थियो भने उसले पहिल्यै सोधि सक्थ्यो तर सोधेन । उ खुशि भए रात जम्थ्यो तर आज नजम्ने भयो । चिन्ता मलाइ यस्मा थियो । हिजोको बाँकी रममा जीन्दगीका अँध्यारा साउती बाँकी नै थिए । जसरी मन्द हावाका झोक्कामा पालुवा पातले आफ्नै हाँगासंग फुर्र फुर्र साउती मारे झैँ ।
गुपचुपको शुन्यता चिर्दै म बोले । मुड खराव छ नी । दिनभरिको सवारी गतिलै ठाउँमा दुर्घटना पर्यो कि क्या हो ? कि केटि लफडामा परिस ?  – बोल्दै फिस्स मुँस्कुराए ।
‘ह्याँ, गिद्दि नगर !’ - पिटुला झैँ गरी बोल्यो । म शंकामा परे । बातचित बन्द भयो । छाटकाट नगन्य । तैपनि एक्लै भुतभुताए- नबोल, नभन केही छैन । भोलि त पक्कै भन्लास । फेरि गल्ति गरेकै छस वा समस्यामै परेको छस भने लुकाउँनै पर्ने कुरो त पक्कै पनि होइन होला ? अन्तत यहि कुराले रात नमिठो हुने भो र चिन्ता पनि । गुपचुपमा समस्या कहिल्यै समाधान हुँदैन । यति भनिरहँदा बोलचाल हुने केही छनक देखिएन र बोलेन पनि ! अनि सोँचे, उसलाइ डिस्ट्रब गर्नु छैन । सानोतिनो समस्यामा पर्दा मै रुन खोज्छु । मानसिक तनावमा मै रिसाम्छु । उसलाइ पनि म बोल्न खोज्दा त्यस्तै भैरहेको होला । खैर, बोल्ने मन हुँदा हुँदै बोल्न सकिन, मन भने खट्किरह्यो:
..."समस्यामा पर्दा बोल्नु नी ! अपितु, बोल्दा नै राम्रो हुने हो । रिसाम्दा वा खुशी हुँदा हृदय सँधै उदार र खुल्ला राखेकै राम्रो । खुल्ला हृदय भित्र जो कोहि छिर्न सक्छ तर बन्द हृदय भित्र कोहि छिर्न सक्दैन । बुद्धु, भित्रि व्यथालाई नजिकिएर बुझ्ने मौका नरहेपछि समस्यामा कहाँ साथ पाइन्छ, अनि अफ्ठ्यारोमा पर्दा साथ नमिलेपछि हृदय सँधै गह्रौँ हुन्छ । गह्रौँ हृदयमा सुख र खुशि कहिल्यै मिल्दैन । किन त ? ‘आकाश’ सँधै खुल्ला सुन्दर हुन्छ तर के आकाश हरक्षण, हरपल सँधै खुल्ला र सुन्दर रहन सक्छ ? सक्दैन । कहिलेकाही बादल झँगडा गर्न आउँछ । मडारिन्छ । त्यस्तै, बादल झैँ आफैसंग वा सहयोगिसंग हरक्षण मडारिएर पश्चताप गर्नुको कुनै औचित्य रहँदैन । त्यसैले आकाश जस्तै सङ्ग्लो, प्रितिकर र मिठार्यतामा धैर्य गर्न तैले प्रकृतिबाट धेरै सिक्नुपर्छ । ती जीन्दगी प्रथम हुँदैमा पाइन्छ, सिकिन्छ भन्ने होइन न हार्दैमा पाइन्न वा सिकिन्न भन्ने हुन्छ । हार्नु जित्नुका क्षणिक खुशी, दु:ख होलान तर पूर्ण खुशी र दु:ख भने होइन । त आफै सोच, बन्द आकाश भित्र सुन्दर आकाशको परिकल्पना गर्न सकिन्छ? सकिदैन । त्यहाँ भारिलो बाँदलले छेकेको हुन्छ । बादल मडारिन्छ । वर्षा हुन्छ । त्यस्तै, बन्द जिन्दगीमा पनि सुन्दर रहरका अनुभुत गर्न सकिदैन । ती भित्रभित्रै पिल्सिन्छन । चेतविहिन हुन्छन । भित्रै सुक्छन र अन्तरालमा आँशूका ढिंक्कामा परिणत भई वर्षा हुन्छन् । त्यसैले बुद्बु अझै भन्छु - ती अनुभुत गर्न जिन्दगी खुल्ला राख्नुपर्छ । खुल्ला खुलाउँन बोल्नुपर्छ । अनि आकाश जस्तै निलो कञ्चनका सादा पानामा समस्याको समाधान खोज्न सकिन्छ । समाधान भेट्न सकिन्छ । समस्या सल्झाउँन सकिन्छ । र त समस्या सल्टिएको मन बादल झैँ हंलुगो हुन्छ र उड्दै खुशि साट्न आकाशतिर उकालो लाग्छ ।  
........(क्रमश:)