Sunday, June 29, 2014


आफ्ना
केहि प्रिय सपनाहरू 
मेटाएर

मैले उसकै
अप्रिय कहानी 
लेख्नु छ

 
फगत जिन्दगीमा
संयोगले भेटिएको
एक पात्र थियो
भनेर...

Saturday, June 28, 2014

आजभोलि
खुशिका क्षण 

हराउँदैछ 
शहरका प्रत्येक
गल्लि र चोकबाट

हैन अत्याउँदै  मुटु
दिनहुँ  लुटेर खुशी

शहरका
तीनै गल्लि र चोकबाट

बतास झैँ 
त्यो मोरी हराउँछे कता ?

Tuesday, June 24, 2014


बेलाबेला
समय एक बोरा खुशी बोकि
प्रत्येकको जिन्दगीमा
चुपचाप आउँछ

तर, अपशोच
समयको त्यहि चाल
 पत्तै नपाई

धेरैको जिन्दगी
आँशुमा डुब्छ