Saturday, April 26, 2014

चमत्कार (Miracle)

एक साँझ म समुन्द्रको किनारमा हिड्दै थिए । केहिबेरको क्षणिक तटिय आनन्दपश्चात जब म तटबाट रोड क्रस गर्न बाटोमा निस्किए । एउटी केटी फोनमा कुरागर्दै हिडिरहेको निकै पर देखे ।

त्यो केटी रोड क्रस गर्नका लागि त्यहि ठिंग उभिइ । म छक्क परे । म जहाँ बाट रोड क्रस गर्न लागिरहेको थिए- 'त्यहाँ जेब्रा क्रसीङ्ग थियो ।' तर, उनी जहाँबाट रोड क्रस गर्न लागिरहेकी थिईन- 'त्यहाँ जेब्रा क्रसिङ्ग थिएन ।'

त्यही मार्ग हुँदै परबाट कारहरू पनि तीब्र गतीमा आउँदै थिए ।

म त्यँहाबाट बाटो काट्न हुन्न भन्ने मनसायका साथ चिच्याए । जोडजोडले चिच्याए । तर, उनले मेरो आवाज सुनिन । म सोच्दै थिए- 'अब दुर्घट्ना हुने भयो । कुनै वियोगान्त दुर्घट्ना ।

बडो गम्भिर मुद्रामा ठिंग उभिएर घट्नाको प्रत्यक्ष साक्षि झैँ नियाल्नु बाहेक म सँग अरू केही विकल्प थिएन । कुदेर उनी समक्ष पुग्न सकिने समय पनि थिएन । किनकी उनी निकै पर थिइन ।

जब बाटो काट्नका लागि उनले पाइला चाल्न शुरू गरिन । मेरो मुटुले ठाँउ छाड्यो । म जोडले पुन: चिच्याए तर उनले सुनीन ।

तत्क्षण: उनी रोकिइन । म पुन: छक्क परे । उनी बाटो नकाटी रोडको साइडमा थ्याच्च बस्दै हिलमा अड्किएको ढुंगा निकाल्न थालिन । कारहरू उनकै छेउबाट बेतोडले हुइकिदै गए ।

म मनमनै गमे- 'चमत्कार, जुन प्रत्येक दिन हाम्रो जिन्दगीमा भइरहेको हुन्छ ' । 

- Neel Potgieter
- अनुवाद: सन्तोष पौडेल 

Wednesday, April 16, 2014

भक्त

बर्षौसम्म;
ऊ सोध्छ- सबैलाई । जे सोधेको छ उसले- 'अवश्य एकदिन उत्तर पाउनेछ ।'

बर्षौसम्म;
ऊ खोज्छ- जताततै । जे खोजेको छ उसले- 'अवश्य त्यो एकदिन पाउने छ ।'

बर्षौसम्म;
ऊ ढकढकाउछ- सँधै जिन्दगी । र, 'एक दिन अवश्य ढोका खुल्नेछ' । भेट्टाउनेछ अनगिन्ती हिड्ने बाटाहरू । अनि, विश्वास गर्नेछ । र, भन्नेछ- 'यहाँ इश्वर छ' ।

कसैले सोचेको र खोजेको 'सच्चा ईश्वर भक्त' ? ऊ नै हो ।

होइन । ऊ हुँदै होइन । 'ऊ त एक साधारण मान्छे थियो, छ । र, ऊ आफै ईश्वर, ईश्वर जस्तै सच्चा भक्तको खोजिमा छ ।

तर, के था ?

उसले खोजि गरेको मान्छे (भक्त) तपाई पो हो कि !

अर्थात् ईश्वर ।

-  Matthew 7;7 -  "Ask, and What you ask will be given you. Search and you will find what you search for. Knock and the door will open to you." 

Sunday, April 6, 2014

हामी कति गरिब रहेछौँ ?

एकदिन धनाढ्य व्यापारीले आफ्नो छोरालाई देशका पहाडी दुर्गम गाउँतिर मानिसहरू कसरी गरिविमा बाचिरहेका छन ? देखाउन लगेछ ।

केहि दिन गाउँमा विताएर फर्कदै गर्दा बाउले छोरालाई सोधेछ- 'यात्रा कस्तो रह्यो ?'

'गज्जप' -छोराले उत्तर दियो ।

'मानिसहरू कसरी गरिवीमा बाँचिरहेका छन, देख्यौँ नी तिमीले'

'अँ, देखे' -छोराले जवाफ फर्कायो ।

त्यसो भए भन त मलाई- 'यो यात्राबाट तिमीले के सिक्यौँ ?'
तब छोराले भनेछ:
- मैल के देखे भने हाम्रो घरमा एउटा कुकुर छ जब कि उनीहरूसँग चार-चारवटा कुकुर थिए
- हाम्रो घरअगाडी सानो स्वीमिङपुल छ, जुन गार्डेन सम्म पुगेको छ तर उनीहरूसँग विशाल ताल नै थियो जुन धेरै टाढासम्म फैलिएको थियो
- हाम्रो बगैचा र घरलाई राती ल्याम्पोष्टका वत्तिहरूले उजिल्याउँछ तर तीनिहरूका घर, आँगन, खेत, बारी, बन, जंगललाई रातमा आकाशका तारहहरूले उजिल्याउँथे
- हाम्रो घर जाने बाटो रिंगरोडबाट एउटै छ जुन साँघुरो र भित्री चोक सम्मका लागि छ तर तीनिहरूको घर जाने बाटोहरू त जताततैबाट थिए
- हाम्रो घर थोरै जमिनमा बनेको तर तीनिहरूसँग कति धेरै जमिन थियो र घर कति धेरै जग्गामा बनेको थियो।  
- हामीले सँधै खाना किनेर खानुपर्छ तर तीनिहरूले आफै उत्पादन गर्थे
- परिवार र सम्पत्तिको सुरक्षाका लागि हाम्रो घर पर्खालले घेराबन्दी गरेको छ तर तीनिहरूका घर गाउँलेहरूका घरहरूबाट घेरिएका थिए । तिनीहरू संगोलमा थि, सुरक्षा, साथ र सहयोग उत्तिकै थियो ।

छोराको कुरा सुनेर बाउ एकछिन अलमल्लमा पर्यो पुन: छोरोले भन्यो- 'धन्यवाद, पीता ! 'हामी कति गरिब रहेछौँ' भन्ने कुरा देखाउनु भएकोमा ।  

- पाउलो कोइलो
- अनुवाद: सन्तोष