Monday, October 15, 2012

म रोएको दिन

'' रोएको दिन, आँसु झार्ने छैन,
'सोँच्छु',
आँशु झरेका दिन '' हुने छैन,
किन ?  अरुलाइ पिरोल्ने,
यी अधर्मि हातहरु, मलाई धुनु छैन,
'सुकिला' बना, 'छुनु' कसलाइ छैन,
...

'' रोएको दिन, आँसु झार्ने छैन,
'सोँच्छु',
आँशु झरेका दिन, '' हुने छैन,
किन ? अरुलाइ सराप्ने,
यी अधर्मि मुखहरु, मलाई पुछ्नु छैन,
मुकिला बनाइ, चुम्नु कसलाइ छैन,
...

'' रोएको दिन, आँसु झार्ने छैन,
'सोँच्छु',
आँशु झरेका दिन, '' हुने छैन,
किन? अरुलाइ सताउने,
यी अधर्मी रुपहरु, मलाइ सजाउनु छैन,
'नक्कलि' बनाइ, 'मनाउँनु' कसलाइ छैन,
...

म रोएको दिन, आँसु झार्ने छैन,
'सोँच्छु',
आँशु झरेका दिन, म हुने छैन,
...(सन्तु)...

Wednesday, October 10, 2012

म हारेको मान्छे

पछ्याउँदै, सुकेका आशहरु,
गाउँबाट 'शहर' हिँडेको मान्छे,
'ढुंगो' भइ फ्याकिएको,
'', टुंगो नलागेको मान्छे
'कटेरो'को गल्लीबाट,
एक मुठ्ठी साँस ओकल्न,
'गाँस' बटुल्न, हिँडेको मान्छे
टुटेका 'ज्ञात'हरु,
पुन: 'फुटाल्न' शहर फिरेको मान्छे,
'अक्षर चिनेका' ज्ञानी बज्रस्वाँठ अन्धाहरुमा
हजुर ! '' त गिरेको मान्छे,
'सम्भावना' खोस्रदै,
भर्खरै हिजो, शहर छिरेको मान्छे,
'जीत' खोज्दै शहरमा,
बर्षौ भौतारिएको मान्छे,
सबैको नजरबाट,
अझैँ रीत नपुगेको मान्छे,
किन सोध्छौँ?
पटक-पटक
दुनियाँबाटै
'
म हारेको मान्छे'

Friday, October 5, 2012

'नेट्लर'


जर्मनका प्रसिद्ध युद्ध नायक 'हिट्लर' संसार प्रख्यात छन् । 'साहसी' 'क्रुरता'को ट्याग उनमा झुण्डिएको छ । उनी युद्धका नायक हुन् संगै संसार जित्ने सपना बोकेका 'आटिला' खलनायक पनि ! प्रसंग 'हिट्लर'बाट यस कथाका नायक 'नेट्लर' तिर जान्छ । 'नेट्लर' 'हिट्लर' नाम उस्तै रहेता पनि 'काम' भने भिन्न छ । 'हिट्लर' युद्ध लड्थे संसार जित्ने सपना बोकेर । 'नेट्लर' लड्दैछन् देशका लागि लड्ने आफ्नै 'नायक' माथि हात बजारी गरिवी र अत्याचारको भोको पेट बोकेर । अचेल नेपालयमा 'नेट्लर' प्रख्यात छन् । 'हिट्लर' झैँ ।
...

समय अघि ऊँ साधारण 'नेपाली बर्फी' थियो । 'कसरी नेट्लर भएछ, मोरो लठेप्रो !' - साथिले जिब्रो नेपार्दै बोल्यो । उसो'भा नेपालयमा समयपछि धेरै 'नेट्लर' जन्मिने छाँट देखियो । खा'समा कुरो के रै'छ ! बुझाउँन कथाको बेलिविस्तार प्रारम्भ गर्नुपर्यो ।
...
को ? कहाँ? कस्ले? कस्लाइ? किन? के का लागि पिट्यो? म बुझ्दिन कारण म बोल्न र सुन्न नसक्ने 'बर्फि' झैँ छु तर देख्न सक्छु अनि 'नेट्लर'को कथा लेखिरहेको छु । आजका दिन सम्म 'म मात्र देख्न सक्छु' । र, त पछि पछि पानि झैँ अर्कैले बनाइएको बाटोमा कुदिरहेको छु । तर जुन दिन त्यो बाटो गन्तव्यहिन भएर हज्जारौँ 'नेपाली बर्फी'ले अर्कै बाटो बनाउँनु पर्ने हुन्छ, शायद त्यो दिन मेरो लागि पनि 'नेट्लर' बन्ने सुनौलो दिन हुनेछ र अरुका लागि पनि !
...
समय अघिदेखि नेपालयमा हज्जारौँलाइ सुन्न र बोल्न नपाइने बनाइएको थियो र अझै चलन चलायमान छ तर तीनका अंग बोल्न र सुन्न सक्ने थिए र छन् । र, पनि प्रताडित बनाइएको छ । शायद, त्यही समुह भित्रको प्रताडित सुन्न र बोल्न सक्ने तर बनाइएको एउटा 'नेपाली बर्फी' थियो । ऊँ मौनतामा आफैलाइ दशकौ देखि हुत्तिदै गएका प्रश्नको उत्तर खोजि गर्ने प्रयत्न गर्थ्यो ।  
...
'देश हुत्तिदै छ,
कता ?'
'हुत्याउँनेलाइ थाहा होला नी'
'हुँदो हो थाहा'
'अस्ति बाटोबिराएर चिलसंग एक्कासि ठोक्किएर मनोहरामा झरेको जहाज झैँ कतै 'झर्ने र मर्ने' दिन पक्का छ'
'हो, र ! कहिले अनि को-को ?'
'बाटो बिराउँदै सहमति खोज्ने जहाज हाक्ने चालकहरु' तर त्यो दिन एकिन छैन् । र, त कुरो अलिक गम्भिर छ'
'तर चालक मात्रै हो कि 'हामी सब्बै नेपाली बर्फि' प्यासेन्जर पनि !'
'खै, कुन्नी ! थाहा भएन',
...
दशकौँ देखि अनगिन्ती यस्ता अनुत्तरीत प्रश्नहरुले 'चालक र जहाज' घेरिएको थियो, र आज पनि घेरिएका छन् । प्रश्न त्यता ठडिएको छ जहाँ जहाज चालक आफ्नै प्यासेन्जरबाट असुरक्षित बनेका छन् । लगभग सुरक्षाको घेरा तोडिइसक्यो भन्दा पनि हुन्छ ।
'हो, र ! कस्ले तोड्यो?' जय ! जयकार ! त्यो 'धुन्दुकारीको'
'समयअघि जहाज चालककै त्यो धुन्दुकारी हुनसक्छ तर आज ऊँ महान 'नेट्लर' हो'
तर, कसरी ?
...
खतराको साइरनमा चलिरहेको जहाज हाक्ने कुनै एक पाइलटमाथि उस्ले 'खबरदारीको हात उठायो । त्यो कतै मज्जैले बजारियो । शायद, पाइलटमा एक किसिमको डरको तरंग फैलिएको हुनुपर्छ । त्यो तरंग पुन:उठ्न सक्ने डर पाइलटको मनमा उनिएको छ । अरु धेरै पाइलट संयमित र स्व:नियन्त्रित सान्त्वन्नाको लागि उन्मुक्तिको बाटो खोज्ने शुरमा छन् । यो चानचुने काम होइन । एक किसिमको 'संन्त्रास'को घण्टि बजाइदिएको 'महानता'को काम हो । र, ऊँ हेर्दा हेर्दै जहाज चालककै एक धुन्दुकारीबाट नेपालयमा 'नेट्लर' हुनपुगेको छ ।
...
लु, समयको अन्तरालमा सुन्न र बोल्न नसक्ने बनाइएको 'नेपाली बर्फी' धुन्दुकारी पनि 'नेट्लर' (नेपाली हिट्लर) बन्न चन्द्रमा दाहिने लागिरहनु पर्दो रहेनछ ।
...
सक्छौँ, बरु समय लगाएर एक छिन घोत्ल यस विषयमा, तिमीले पिट्ने, 'पिटिने' 'पिटाइने' तीन फरक तत्व भेट्न सक्छौँ । हामिले सोचे जस्तो 'नेट्लर' नभएर अर्कै खलनायक पात्रको 'नेट्लर' पनि त हुनसक्छ । साँच्चै हामीले सोचेको 'नेट्लर' हो रहेछ भने 'हुत्त्याइएका अनुत्तरित प्रश्न र सहमति'का अनगिन्ती उत्तरहरु भेटिन सक्छन् तर रहेनछ भने अर्को 'नेट्लर' पर्खनुको विकल्प वाहेक अरु उपाय छैन ।
...
एक व्यक्ति, एक नेपाली, एक नेता, एक व्यवसायि, एक पत्रकार...र 'एक' (जो कोहि) समयपछि पिटिएर के भो ? पिटाइपिच्छे एक 'नेट्लर'को जन्म हुन्छ भने ।... खैर, देश पिटिएको बेला, देश चुटिएको बेला, संस्कार, संस्कृति, सम्पदा र माटो पिटिएका बेला न्यायिक उपचार र सहायताको साथ नपाएर 'देश' का पात्रहरु नै 'अराजक' 'अन्याय'ले पिटिएको बेला स-साना घट्नाबाट 'नेट्लर'को जन्म हुनु जायज छ ।